कञ्चनपुर, २९ भदौ । कञ्चनपुरको माहाकाली नगरपालिकाका युवाहरुको समुह सनसेट भोलियन्टर्स गु्रपले राष्ट्रिय बाल दिवसको अवसर पारी सोमबार महाकाली अञ्चल बाल अनाथालयका बालबालिकाहरुलाई एक छाक खाना खुवाएको छ । सनसेट ग्रुपका अध्यक्ष रमेश भण्डारीले अनाथ बालबालिकाको समस्या अन्य बालबालिकाको जस्तो नभएकोले सामुहिक रुपमा खाना खुवाएको बताउनु भएको छ ।
सरकारी निकायले औपचारिक कार्यक्रम गरी बाल दिवस मनाए पनि सनसेटले अनाथालयमा रहेका बालबालिकाहरुलाई एक छाक मासु भात खुवाएको सनसेट गु्रपकी बरिष्ठ उपाध्यक्ष निर्मला सुनारले जानकारी दिनुभयो । सनसेटका युवाहरुले अनाथालयमै खाना पकाएर सबै बालबालिकालाई खुवाएको हुन् ।
बालबालिकालाई खाना खुवाउने कार्यक्रममा अध्यक्ष रमेश भण्डारी, वरिष्ठ उपाध्यक्ष निर्मला सुनार, उपाध्यक्ष खडक रावल, सचिव अमृत विक, सहसचिव भुपेन्द्र ओली, सदस्यहरु सन्दिप कुमार वस्नेत काजी, लक्ष्मी भट्ट, हेमा धामी, सनसटेका माहाकाली नगरपालिका १ का अध्यक्ष हरिश भट्ट, सहसचिव भोजराज अवस्थी लगायतको सहभागिता रहेको थियो ।
यसैगरी अधिकारकर्मी लक्ष्मी मल्ल, सनसेटका सल्लाहकार अमिर तिरुवा, लक्ष्मी कलौनी समेत सहभागी हुनुभएको पत्रकार रनि विवशले बताउनु भयो । अनाथालयका प्रमुख शंकर बहादुर चन्दले दोधाराचाँदनीबाट महेन्द्रनगर पुगेर युवाहरुले बालबालिकालाई खाना खुवाउनु सराहनीय कार्य भएको बताउनु भयो । सनसेट ग्रुपले दोधारा चाँदनीमा निरन्तर सामाजिक कार्यमा सकृयता जनाउँदै आएको सनसेट ग्रुपका सचिव अमृत विकको भनाइ छ ।