विकास सिंह महता, कञ्चनपुर, १८ भदौ । कञ्चनपुरका पत्रकार डिबी बोहरामाथि प्रहरीले जानीजानी नाङ्गो दुर्व्यवहार गरेको छ । अभियान दैनिकका उपसम्पादक पत्रकार बोहरा कागज प्लेट पु¥याउन कार्यालयदेखि जगदम्बा छापाखाना गइरहेका बेला बजारमा प्रहरीले उनलाई रोकेर दुर्व्यवहार गरेको हो । कोरोना कहरका कारण रातिको समयमा प्रहरीले कुनैपनि नागरिकलाई देखेपछि रोकेर सोधपुछ गर्नु स्वभाविक हो । तर, पत्रकार हुँ सर, हातमा कागज प्लेट छ, भन्दाभन्दै पनि त्यहाँ खटिएका एक सई सहितका प्रहरीले नाङ्गो दुर्व्यवहार र अपशब्द प्रयोग गर्दै उनलाई धम्की समेत दिएका छन् । ‘म काम सकेर प्लेट कागज पु¥याउन साईकल चढेर छापाखाना जाँदै थिए, पत्रकार बोहराले भने, ‘गल्ली नम्बर ३ मा यूनिफर्म रहित ६÷७ जना प्रहरी खटिएका थिए, मलाई रोकेर कहाँ जाँदै हुनुहुन्छ, भन्यो, मैले जवाफ दिए, छापाखाना जाँदै छु, सर ।’
त्यहीबाट शुरु भयो, पत्रकार र वकिलले गर्नु गरेको छ, अनावश्यक मुद्दा उछाल्छन्, भनेर एकोहोर होच्याउँन थाले । बोहराले भने, ‘प्रहरीहरु घरको नम्बर माग्न थाले, मैले छैन भने, अनि त यहाँ कहाँ बस्छस्, को को बस्छन, भनेपछि मैले श्रीमती बालबच्चा बस्छन् भने, उनीहरुले तेरी श्रीमतीको नम्बर दे भनेर यतिसम्म समाजिक रुपमा होच्च्याउने र पत्रकारमाथि दुर्व्यवहार गर्ने काम गरेका छन् । सिबिलमा भएकाले आफुलाई प्रहरी हुन कि अरु नै भनेर शंका लागेर तपाईहरु प्रहरी हो भने के प्रमाण छ ? देखाउनुस् त भनेँ, एक जनाले म सई हुँ, यो भन्दा बढी प्रमाण के चाहियो, भनेर धम्क्याउँदै हामीले चाहे जस्तोसुकै केशमा मुद्दा चलाएर फसाइदिन्छौँ भन्दै कानुनको खिल्ली उडाए ।’
बोहरामाथि प्रहरीले धान खाने मुसो, चुटाई पाउने बिरालो जस्तो कतैको रिस साँध्नका लागि दुर्व्यवहार गरेको देखिन्छ । तर प्रहरीले भने पत्रकारमाथि दुर्व्यवहार नभएको दाबी गरिरहेको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता केशब बहादुर थापाले शुरुमै पत्रकारले परिचय पत्र देखाएको भए समस्या नै नआउने बताए । उनले घटना बारे थप बुझ्ने बताएका छन् । पत्रकार बोहरामाथि भएको दुर्व्यवहारको पत्रकारहरु, विभिन्न संघसंगठनहरु, पत्रकार महासंघ लगायतका संघसंस्थाले भत्र्सना गरेका छन् । पत्रकार महासंघले समेत घटना भत्र्सनायोग्य भएको जनाएको छ ।
प्रेस संगठन नेपाल कञ्चनपुरका संयोजक राजेन्द्र प्रशाद अवस्थीले पत्रकार माथि भएको घटना दुखद भएको बताए । पत्रकार हुँ भन्दाभन्दै पनि प्रहरीले गरेको दुर्व्यवहार गलत भएको संयोजक अवस्थीले टिप्पणी गरे । घटनाको छानबिन गरेर दोषी प्रहरी उपर कार्बाहीको माग अघि सारेर पीडित पत्रकारलाई न्याय दिनुपर्ने उनले बताएका छन् । प्रेस यूनियन कञ्चनपुरका सचिव मनोज भट्टले प्रहरीको दादागिरीशैलीले पत्रकारमाथि दुर्व्यवहार भएको बताउदै यस्ता गतिविधि तत्काल रोकिनु पर्नेमा जोडदिए । स्वतन्त्र पत्रकार संघ कञ्चनपुरका अध्यक्ष पुष्कर भट्टले पत्रकारमाथि भएको दुर्व्यवहार रोक्नुपर्ने बताउदै प्रहरी मेरो साथी कि दुस्मनको संज्ञा दिए ।
पत्रकार महासंघले घटना भर्त्सना योग्य भएकोले दोषी माथी कार्बाहीको माग अघि सारेको छ । पत्रकार महासंघ कञ्चनपुरले एक प्रेस विज्ञप्ती जारी गर्दै प्रहरीबाट भएको दुर्व्यवहार प्रति पत्रकार महासंघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । कार्यालयबाट न्यूज प्रिन्ट सहित प्लेट बोकेर जगदम्बा छापाखाना गइरहेको बेला प्रहरीले रोकी चोरकै संज्ञा दिएर अपशब्द प्रयोग गर्दै सिङ्गो पत्रकार जगतको अपमान हुने तरिकाले गरेको व्यवहारप्रति महासंघले खेद प्रकट गरेको छ । कोरोना महामारीकै बीच सञ्चार क्षेत्रले नागरिक सुसूचित गराउन भूमिका निर्वाह गरिरहेका बेला सुरक्षा निकाय जस्तो जिम्मेवार निकायबाट यस्ता घटना हुनु दुखद् भएको जनाइएको छ ।
पत्रकार हुँ, भनेर परिचयत्र पत्र सहितका पत्रिका छपाउने कागज प्लेट देखाउँदा देखाउँदै प्रहरीबाट भएको दुर्व्यवहारको घटनाले जो नागरिकको रक्षक, उही भक्षक भएको महासंघको ठहर छ । राज्यकै जिम्मेवारी संस्थाका व्यक्तिबाट प्रेसमाथि भएको यो घटनाले सिङ्गो सञ्चार क्षेत्रकै अपमान र मनोबल गिराउने कामले आम पत्रकारलाई दुखिद तुल्याएको छ । अब उपरान्त यस्ता घटना नदोहो¥याउन समेत पत्रकार महासंघले सम्बन्धित पक्षलाई आग्रह गरेको छ । पत्रकार महासंघ कञ्चनपुरका सचिव अमर बहादुर चन्दद्वारा हस्ताक्षरित विज्ञप्तीमा घटनाको छानबिन गरी दोषी प्रहरी उपर कार्बाही नगरिए संघर्षमा उत्रिन बाध्य हुने चेतावनी दिइएको छ । पत्रकार बोहरामाथि प्रहरीले गरेको दुर्व्यवहारप्रति नागरिक समाजले समेत प्रहरीको उदन्डताको पराकाष्ठा भएको जनाएको छ ।