शाब्दिक रुपमा पुस्तकालय शब्द ‘पुस्तक’ र ‘आलय’दुई शब्दहरु मिलि बनेको छ । पुस्तक भन्नाले पढ्ने तथा पढाइने लिखित वा मुद्रीत सामग्री र आलय भन्नाले घर बुझिन्छ । वस्त्रालय, औषधालय जस्तै पुस्तकालय पनि मानव जिवनका लागि महत्वपूर्ण कुरा हो । विविध विधा÷क्षेत्रका ज्ञानहरु एउटै ठाउँमा बसेर आर्जन गर्न सकिन्छ – पुस्तकालयबाट ।आफ्ना रुचिका हरेक प्रत्येकपुस्तकहरु किन्न खर्चिलो हुने परिपेक्ष्यमा पुस्तकालय बाट हामी निःशुल्क ज्ञानआर्जन गर्न सक्दछौँ, झन पुस्तकालयको सदस्यता लिएको खण्डमा निश्चित सर्तमा पुस्तकहरु घरमा लगेर पनि पढ्न सकिन्छ । वास्तवमाभन्ने हो भने, पुस्तकालय संसारका अनेकन क्षेत्रको ज्ञान हासिल गर्नका निम्ति एक महत्वपूर्ण केन्द्र हो । पुस्तकालयहरुको स्थापना, सञ्चालन तथा नियमनका सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केन्द्र स्तरमा पुस्तकालय केन्द्रीय व्यवस्थापन समिति नै बनाएको छ, जुन निम्नानुसार छ :
सचिव – शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालय, अध्यक्ष
सहसचिव – सूचना तथा सञ्चार मन्त्रालय, सदस्य
सहसचिव – स्थानीय विकास मन्त्रालय, सदस्य
सहसचिव – अर्थ मन्त्रालय, सदस्य
प्रमुख, त्रि.वि.वि पूस्तकालय तथा सूचना प्रविधि केन्द्रीय विभाग, सदस्य
प्रमुख, त्रि.वि. केन्द्रीय पुस्तकालय, सदस्य
प्रतिनिधि राष्ट्रिय योजनाआयोग,सदस्य
अध्यक्ष – नेपाल सामुदायिक पुस्तकालय संघ, सदस्य
अध्यक्ष – पुस्तक प्रकाशन तथा वितरण संघ, सदस्य
अध्यक्ष – नेपाल पुस्तकालय संघ, सदस्य
नेपाल सरकारले मनोनित गरेको पुस्तकालय विज्ञ–सदस्य
प्रमुख–नेपाल राष्ट्रिय पुस्तकालय, सदस्य
निर्देशक –अनौपचारिक शिक्षा केन्द्र, सदस्य
योजना महाशाखा – शिक्षामन्त्रालय, सदस्य सचिव
(समितिको बैठक तिन महिनामा १पल्ट बस्नेछ)
परिच्छेद– ४, शैक्षिक पुस्तकालय व्यवस्थापन समिति :
१. प्रत्येक सामुदायिक तथा जुनसुकै किसिमका संस्थागत शैक्षिक संस्थामा अनिवार्य रुपमा पुस्तकालयको स्थापना र सञ्चालन भएको हुनुपर्नेछ । यसरी व्यवस्थापन र सञ्चालन भएका शैक्षिक संस्थाका पुस्तकालय व्यवस्थापन समितिको गठन सम्बन्धित शैक्षिक संस्थाको व्यवस्थापन समितिले गर्नेछ ।
२. विद्यालय पुस्तकालय समिति :
क) सम्बन्धित विद्यालयको प्रधानाध्यापक – संयोजक
ख) शिक्षक अभिभावक संघको अध्यक्ष वा निजले तोकेको एक जना जनप्रतिनिधि–सदस्य
ग) विद्यालय व्यवस्थापन समिति अध्यक्षवानिजले तोकेको एक जना–सदस्य
घ) समूदायका प्रतिष्ठित व्यक्ति÷पुस्तकालय विज्ञमध्ये एक जना–सदस्य
ङ) सम्बन्धित वडाको वडाध्यक्ष–सदस्य
च) छात्र÷छात्रामध्ये एक एक जना जनप्रतिनिधि–सदस्य
छ) सम्बन्धित विद्यालयको पुस्तकालयध्यक्ष वा पुस्तकालय हेर्ने शिक्षक प्रतिनिधि–सदस्य सचिव
(विद्यालय पुस्तकालय समितिको पदावधि तिन वर्षको हुनेछ ।)
ऐतिहासिक सन्दर्भका कुरा गर्दा वि.सं. १९४१मा धनकुटामा शास्त्र विधान नामक पुस्तकालय स्थापना भएको प्रसंग आउने गर्दछ । वि.सं. २०१३ सालमा स्वर्गीय हेमराज शर्मा पाण्डेयको निजी पुस्तकालय सरकारले किनेर राष्ट्रिय पुस्तकालयका नाममा स्थापना भएको पाइन्छ । वि.सं. २०१६मा केन्द्रीय पुस्तकालयको विधिवत उद्धाटन भएको प्रसंगआउने गर्दछ । केशर पुस्तकालय, डिल्ली रमण रेग्मी पुस्तकालय पनि केन्द्र स्तरका पुस्तकालय हुन । हरेक देशका अधिकांश जिल्लामा सामुदायिक पुस्तकालयहरु स्थापित छन् । सू.प.को कैलालीको कुरा गर्दा प्रतिभा सामुदायिक पुस्तकालय .अत्तरीया, कैलाली जनपुस्तकालय (धनगढी), कञ्चनपुरमा सुजित स्मृति पुस्तकालय (महेन्द्रनगर), ज्योति पुस्तकालय (त्रिभूवनवस्ती, पूनर्वास), शहीद दशरथ पुस्तकालय (श्रीपुर,बेलौरी) आदि सक्रिय छन् ।
बुँदागत रुपमा पुस्तकालयको आवश्यकता एवम् महत्वलाई यस प्रकार प्रष्ट्याउन सकिन्छ :
१. विविध क्षेत्रका ज्ञानवद्र्धक कुराहरु एउटै ठाउँबाट प्राप्त गर्नु ।
२. बढि मुल्य पर्ने पुस्तकहरु पनि सहजै निःशुल्क पढ्न पाउने व्यवस्थाहुनु । सदस्यता प्राप्ती पश्चात तोकिएको अवधिका लागि घरमा लगेर समेत पढ्न पाइने व्यवस्था हुनु ।
३. फुर्सदको समयलाई सकारात्मक कार्य तर्फ उपयोग गर्ने अवसर प्राप्तहुनु ।
४. ‘ज्ञान नै शक्ति हो ।’ (Knowledge is power) भनेझैँ पुस्तकालयबाट विविध विधाको ज्ञान प्राप्त गरि व्यक्तिले आफूलाई बौद्धिक रुपमा बलियो (strong) ठान्ने अवस्था श्रृजनाहुनु ।
५. पुस्तकालयहरुमा राखिने दैनिक÷साप्तहिक÷मासिकलगायतका पत्रिकाबाट व्यक्तिहरुले समसामयिक विषयमा अद्यावधिक (Update) हुने अवसर प्राप्तगर्नु
६. पुस्तकालयहरुमा प्रायः जिज्ञासु व्यक्तिहरु आउनेहुदा नियमित अध्ययनगर्नेको हकमा विभिन्न व्यक्तिहरुसँग परिचयहुने अवसर समेत प्राप्त हुनु
७. विद्यालयीय÷विश्वविद्यालयीय तहका विद्यार्थीको हकमाआफ्नो पढाइ क्षेत्रका विषयहरुकोपनि ज्ञान विस्तार गर्न सहज हुने ।
समग्रतामाभन्दा, असल एवं चरित्रवान् व्यक्ति, समाजनिर्माणका लागि पुस्तकालयको भुमिका महत्वपूर्ण छ । शिक्षा नैव्यक्तिएवं समाज सुधारको प्रमूख कडी हो । अनौपचारिक तवरले पुस्तकालयबाट व्यक्तिले महत्वपूर्णशिक्षा (ज्ञान)हासिलगरि देश विकासको आधार स्तम्भ बन्न सक्दछ । वर्तमान समयमा नेपाल तिन तहको सरकारमा विभक्त छ । संघीय, प्रादेशीक र स्थानीयतह। तिनवटै सरकारले पुस्तकालय स्थापना, सञ्चालनकालागि आवश्यक व्यवस्थापकीय प्रबन्धगर्नु पर्दछ । विश्वविद्यालयहरुलाई संघीय र प्रादेशीकबनाउने प्रसङ्ग चलिरहेको परिपेक्ष्यमा पुस्तकालयहरु पनि यसै संरचनामा निर्माण गर्दा अतिउपयोगीहुने थियो । स्थानीय सरकारले गर्ने कार्य त झन महत्वपूर्ण छदैछ ।
स्थानीय सरकार सञ्चालन ऐनको आधारभूत तथा माध्यमिकशिक्षा अन्तर्गत १९ नं. मा पुस्तकालय तथा वाचनालयको स्थापना सम्बन्धी बुदाँ समेटिएको छ । यसको पूर्ण कार्यान्वयनगर्ने जिम्मेवारी देशका हरेक प्रत्येक स्थानीयतहले लिएका छन्। जतिजति पुस्तकालय,विद्यालय जस्ता ज्ञान प्रदान गर्ने संस्थाको निर्माण गरिन्छ, त्यति नै समाजमाहुने गलत क्रियाकलाप, सामाजिक समस्यामा कमि आइ असल समाजको निर्माणमा सघाउ पुग्दछ । केन्द्र एवं प्रादेशीक कार्यालयमा पुस्तकालयको स्थापना गर्ने कार्यलाई अब जिल्लाएवं इलाका स्तरका कार्यालयमा समेत खोल्ने प्रबन्ध मिलाउनु पर्दछ । पुस्तकालय विज्ञान (Library science) को अध्ययन अध्यापनका कार्यलाई व्यापक र विस्तृत बनाइनुपर्छ । अवसर बाँडफाँडमा समान सहभागिता कायम गरिनु पर्दछ । अन्ततः व्यवस्थीत तवरले अधिक भन्दा अधिक पूस्तकालयको स्थापनाबाट आदर्श समाज स्थापनामा महत्वपूर्ण टेवा पूग्ने कुरामा दुई मत छैन ।
समाप्त
अमित प्रसाद भट्ट
प्राविधिक सहायक (शिक्षा)
बेलौरी नगर कार्यपालिकाको कार्यालय
बसाइ : भीमदत्त न.पा. ७ हल्दुखाल, कञ्चनपुर
सम्पर्क : ९८४८७४४५३५