प्यारे ,
ए प्यारे ,
केही त रिप्लाइ गर न
मैले बिहानै उठ्दा
तिमिलाइ पठाएका
राती सुत्दा खेरी पठाएका ,
खाना खादै गर्दा पठाएका
यी मेरा मेसेजहरु ,
मेरो मेसेन्जर बक्समा
केही त रिप्लाइ आउँछ कि
केही त पठाउछौ कि भन्ने
प्रतीक्षा गरिरहेका छन
म के भनेर सम्झाउ यिनलाई
तिमी आफै भनन ।।
ए सुनन प्यारे ,
तिमी अनलाईन भएको बेला
मैले पनि त तिमिलाइ
मेसेज पठाउने गर्छु ,
मैले मेसेज पठाउदा
तिम्रो मेसेन्जरको
घण्टी नै बज्दैन कि
मेरा मेसेज नै आउदैनन
भनन प्यारे ए प्यारे भनन ।।
प्यारे ,
समय भएको बेला त
मेरा ती मायारुपी मेसेजहरु
पढन एकचोटि ,
दु:ख त त्यति बेला लाग्छ
जति बेला तिमी मेरो
मेसेज हेरेर या नहेरेरै
छोडिदिन्छौ ,
समय भएको बेला त
मेरा ती घृणारुपी मेसेजको
जवाफ त फर्काइदेउ प्यारे ।।
म त ,अरु कसैको
मेसेज आए पनि
तिम्रै मेसेज हो भनेर
झट्ट मेसेन्जरमा हेर्ने गर्दछु
गर न प्यारे म पहिले देखि
तिम्रो मेसेज आउँछ कि भनेर
कुरिरहेको छु कति खेर गर्छौ हँ
कि मलाइ मेसेज गर्न ति
तिम्रा हातका औंला नै
चल्दैनन ,।।
प्यारे ,तिमी त मेसेज नलेखौला
तर मेरा हातका औंलाहरु,
उसलाइ पनि सम्झ भन्छन ,
उसलाइ पनि केही त लेख भन्छन ,
अनि यो सिसाको प्रखाल मा
कुन अक्षर कहाँ छ भनी लरबराउछन ,
तिमी आफै भन प्यारे,
म के भनेर सम्झाउ यिन लाइ ।
प्यारे,
म हरेक समय तिमीलाइ
मेसेज गर्न सक्दिन होला ,
किनकी मेरा हात का औंलाहरु
मेसेज गर्दा गर्दै ,
थाकी सकेका हुन्छन,
यदि मिल्छ भने कुनै बेला
तिमी पनि त मेसेज गर न है ,
रोकिएका ती औलाहरु ,
एक चोटि मेरो लागि भए पनि
चलाइदेउ न त है प्यारे ।।
बढि नभए नि मलाइ ,
सन्चो बिसन्चो त सोध्ने गर न ,
हुन त फुल जस्तै फुलेको तिमी ,
म त खडेरी पर्दा झरेको पात ,
जुन जस्तै उदाएको तिमी ,
पर्दा पछाडिको उज्यालो म ,
तिमी मौसमी फुल हौ भने
म त , म त बेमौसमी फुल
तर एकचोटि आउन प्यारे
ए प्यारे ,आउन
अरु नभए पनि बेमौसमी फुलको
सुगन्ध कस्तो छ भनेर
थाहा पाएर त जाउ ,
केही अलिकति तिम्रो लागि
उपहार लिएको छु ,लगेर त जाउ ,।।
प्यारे ,
यी मेरा अन्धा अँखाहरु
यति सम्म अन्धा भइ दिएकी ,
बाटोमा हिड्ने जो कोहिलाई पनि ,
तिमी जस्तै देखिन्छन भनेर
चस्मा लगाउने गर्दछ्न ,
मैले मेसेन्जर खोल्नु भन्दा पहिलै
तिम्रो मेसेज हेर्ने पुग्छन ,
तर तिम्रो त जवाफ नै हुदैन ,
एक चोटि त गर प्यारे
मलाइ तिमी सङ्ग
धेरै बोल्न मन छ,
झगडा गर्न मन छ
तिमीले खाना खायौं खाएनौ
तिमीलाई कस्तो छ ?
सन्चो छ कि बिसन्चो छ
यी सबै कुरा सोध्न मन छ,
तिम्रो काखमा रुन मन छ ,
एक चोटि त रिप्लाइ गर न प्यारे ।।
प्यारे ,
यदि मेसेजको जवाफ दियौ भने
छिट्टै शुभरात्री नभनी दिनु ,
किनकी मैले अझै कुरा गर्नु छ ,
तिमीले शुभरात्री भन्दा ,
मेरा अन्धा अँखा पनि कतै
निद्राका प्यारा बनिदिन्छ कि ,
हरिश चन्द 'बब्लु'
महेन्द्रनगर, कञ्चनपुर