राजकुमार साउँद, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले व्यावसायिक रुपमा पशुपालन गरिरहेका कृषकहरुलाई अनुदान वितरण गरेको छ । आईतबार नगरप्रमुख कर्ण बहादुर हमालको सभापतित्वमा एक कार्यक्रमको आयोजना गरी नगरभित्र रहेका व्यवसायीक रुपमा कृषि गरिरहेका किसानहरुलाई अनुदान वितरण गरिएको हो । नगरका विभिन्न वडामा व्यावसायिक रुपमा कृषि पेशा अंगालेका किसानहरुका लागी नगरपालीकाले विभिन्न कृषि सामग्रीहरु अनुदान दिएको छ ।
नगरपालीकाले निशुल्क अनुदान र ५० प्रतिशत अनुदान अन्र्तगत नगरपालीका भित्रका ६५ जना कृषकलाई विभिन्न कृषी सामग्रीहरुका साथै अनुदान वाफत नगद सहयोग गरेको छ । निःशुल्क अनुदान अन्र्तगत नगरपालीकाले २५ जनालाई बुटिङ्गहिटर, ४ जनालाई बिबिकिंग मेसिन र १३ जनालाई मिल्क क्यान वितरण गरेको र ५० प्रतिशत अनुदान वाफत ६ जनालाई माछापोखरी मर्मतका लागी, ८ जनालाई माछापोखरी निर्माणका लागी, ५ जनालाई मासुपसल सुधारका लागी तथा ४ जनालाई डेरी पसल सुधारका लागी नगद अनुदान वितरण गरिएको नगरप्रमुख कर्ण बहादुर हमालले बताए । उनले किसानहरुलाई आत्मनिर्भर बनाई रोजगारीसँग जोड्नका लागी अनुदान दिईएको बताए । ‘कृष्णपुरलाई कृषिमा आत्मनिर्भर बनाई यसको विकाश गर्ने सोचका साथ यहाँका किसानलाई व्यवसायीक रुपमा अगाडी बढाई रोजगारीको सिर्जना गर्ने हामीले लक्ष्य लिएका छौ’ उनले भने ‘व्यवसायीक रुपमा कृषि पेशा अंगालेका किसानहरुको मनोबल उच्च पार्न र उनिहरुलाई कृषिक्षेत्रमा थप पे्ररित हुने हौसला प्रदान गर्न नगरपालीकाले अनुदान दिएको हो ।’ नगरपालीकाले किसानहरुलाई दामाशाही हिसाबले नभई किसानहरुको व्यवसायको उत्पादनको अनुगमन गरी र व्यवसायीक रुपमा कृषि गर्ने किसानहरुको सम्भाव्यता अध्ययन गरी समान तबरले अनुदान वितरण गरेको नगरप्रमुख हमालले बताए । कृष्णपुर नगरपालीकालाई कृषीमा नमुना नगरपालीकाको रुपमा विकाश गर्न विभिन्न क्रियाकलापहरु गरिरहेको उनले बताए ।
कार्यक्रममा बोल्दै उपप्रमुख रमिता राना बडायकले कृषिलाई रोजगारीसँग जोड्न जरुरी रहेको बताईन । कृषिलाई व्यवसायीक रुपमा अगाडी बढाए रोजगारीको सिर्जना हुने र नगरपालीका पनि आत्मनिर्भर बन्ने उनले विश्वास व्यक्त गरिन । ‘यहाँका करिब ९० प्रतिशत नागरिक कृषि कार्य गर्दै आईरहेका छन’ उनले भनीन ‘यस्तो परिस्थीतिमा कृषिमा व्यवसायीकरण गर्न सके सिँगो नगर नै विकाशमा फड्को मार्ने निश्चित छ ।’ किसानहरुलाई कृषि पेशाप्रति लगाव सिर्जना गर्न नगरपालीकाले अनुदान दिदै आएको उनले् बताईन । कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष तेज बहादुर रावल, वडा नं. ६ का वडाध्यक्ष नथ्थु चौधरी, वडा नं. ९ का वडाध्यक्ष छत्र महरा लगायतको सहभागीता रहेको थियो । वडा नं. २ का वडाध्ययक्ष जयनारायण जोशीको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन नगरपालीकाको पशु सेवा शाखाका कर्मचारी गोपाल सिंह बोहराले गरेका थिए ।
मेलमिलाप सम्बन्धी आधारभुत प्रशिक्षण तालीम सुरु : कृष्णपुर नगरपालिकामा मेलमिलापकर्ताहरुलाई मेलमिलापसम्बन्धी आधारभुत प्रशिक्षण तालीम सुरु भएको छ । २८ गतेसम्म सञ्चालन हुने तालीमको आईतबार उद्घाटन गरिएको छ । नगरपालिकाको न्यायीक समतिले आयोजना गरेको कार्यक्रमको नगरप्रमुख कर्ण बहादुर हमालले उद्घाटन गरे । उद्घाटन पश्चात बोल्दै नगर प्रमुख हमालले समुदायस्तरमा घट्ने स–साना घट्नाहरुको समान तबरले मेलमिलापकर्ताहरुले समाधान गर्दे आईरहेको बताए ।
‘आजकल प्रायजसो समुदायका सानातिना घट्नाहरु अदालत वा प्रहरी समक्ष पुग्ने गरेका छैनन’ उनले भने ‘स्थानिय सरकारआएसँगै नगरमा न्यायीक समितिको गठन भएपश्चात र प्रत्येक वडामा मेलमिलापकर्ताहरुको सक्रियताले त्यस घट्नाहरु समुदायस्तरमै समाधान हुने गरेका छन ।’ मेलमिलापकर्ताहरुलाई समुदायस्तरमा हुने गरेका विवादको समाधानमा अझै सहजता होस भन्ने हेतुले तालीमको आयोजना गरिएको उनले बताए । तालीममा उपप्रमुख रमिता राना बडायक, वडा नं. ६ का वडाध्यक्ष नथ्थु चौधरी, नगरपालिकाका सुचना प्रविधि अधिकृत मदनराज पाण्डेय लगायत सबै वडाका मेलमिलापकर्ताहरुको सहभागीता रहेको थियो । तालीमको प्रशिक्षकका रुपमा नगरपालीकाका कानुनी सल्लाहकार पुष्प विक्रम शाही रहेका थिए । कार्यक्रमको सञ्चालन नगरपालिकाका सुचना अधिकारी प्रेम बोगटीले गरेका थिए ।