हरिश्चन्द्र बाग, कञ्चनपुर, १५ असार । नक्कली कागजात बनाएर मोटरसाइकल किनबेच गर्ने १२ जनाको गिरोहलाई पक्राउ गरी कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा सार्वजनिक गरिएका मध्ये यातायात व्यवस्था कार्यालय धनगढीमा कार्यरत दुई जना कर्मचारी जितेन्द्र राना र गणेश भट्टराई समेत रहेका छ्न् ।
त्यस्तै, अन्य दश जना मध्ये कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ४ बस्ने बहादुर राना र राम दयाल राना, लालझाडी गाउँपालिका वडा नम्बर १ बस्ने रामनिवास राना, वेदकोट नगरपालिका वडा नम्बर ६ बस्ने राजकुमार राना, हरेन्द्र राना, सुवेश राना, रामलाल राना, वेदकोट नगरपालिका वडा नम्बर ५ बस्ने प्रदीप राना र लक्ष्मी राना, शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ घर भई हाल धनगढी उपमहानरपालिका वडा नम्बर ३ मिलनचोक बस्ने श्याम रानालाई समेत कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको छ ।
नक्कली कागजात बनाएर मोटरसाइकल किनबेच भइरहेको भन्ने विशेष सूचनाको आधारमा लामो समय पहिलेदेखि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिनुभएको छ । प्रहरीले उनीहरुको साथबाट विभिन्न कम्पनीका आठ ओटा मोटरसाइकल सहित नक्कली ब्लु-बुकहरु बरामद गरेको छ । उक्त कार्यमा अन्य व्यक्तिहरु समेत संलग्न भएको हुनसक्ने भएकोले यश सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मरासिनीले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर
पत्रकार सम्मेलन
( २०७७।०३।१५ गते )
नक्कली सवारी दर्ता किताब सहित मोटर साईकल र मानिस पक्राउ
मोटर साईकल चोरी गरी नक्कली कागजात समेत बनाई त्यस्ता मो.सा.हरु किनबेच तथा प्रयोग गर्दै गरेको भन्ने बिशेष सुचनाको आधारमा प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयबाट सयुक्त रुपमा बिशेष अप्रेसन संचालन गरिए पश्रात उक्त गिरोहमा संलग्न निम्न ब्यक्तीहरु पक्राउ गरि थप अनुसन्धान भई रहेको । साथै बिभिन्न कम्पनीका मो.सा.र नक्कली बिलबुकहरु समेत बरामद गरीएको , उक्त कार्यमा अन्य ब्यक्तिहरु समेत संलग्न रहेको हुन सक्ने भएकोले सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।
निम्न
- जिल्ला कञ्चनपुर लालझाडी गाउपालिका वडा नं. ४ बस्ने बर्ष ३५ को बहादुर राना ............................१
- जिल्ला कञ्चनपुर बेतकोट नगरपालिका वडा नं. ६ बस्ने बर्ष ३५ को राज कुमार राना ............................१
- ऐ.ऐ.बस्ने बर्ष २५ को हरेन्द्र राना ..............................................................................................१
- ऐ.ऐ.१० बस्ने बर्ष ३० को सुबेश राना.........................................................................................१
- जिल्ला कञ्चनपुर लालझाडी गाउपालिका वडा नं. १ बस्ने बर्ष ४२ को रामनिवास राना ........................१
- जिल्ला कञ्चनपुर शुक्लाफाँटा न .पा. वडा नं.१२ घर भई हाल जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नं. ३ मिलन चोक बस्ने बर्ष २७ को श्याम राना .................................१
- जिल्ला कञ्चनपुर बेतकोट न.पा.६ बस्ने वर्ष २८ को रामलाल राना.......................................................१
- जिल्ला कञ्चनपुर बेतकोट न.पा.५ बस्ने वर्ष १८ को प्रदिप राना ............................................................१
- जिल्ला कञ्चनपुर बेतकोट न.पा.५ बस्ने वर्ष २७ को लक्ष्मी राना ..........................................................१
- जिल्ला कञ्चनपुर लालझाडी गा.पा.४ बस्ने वर्ष २४ को राम दयाल राना..................................................१
- यातायात ब्यवस्था कार्यालय धनगढीमा कार्यरत कर्मचारी वर्ष अ.३० को जितेन्द्र राना...................................१
- यातायात ब्यवस्था कार्यालय धनगढीमा कार्यरत कर्मचारी वर्ष अ.४५ को गणेश भट्टराई ................................१
बरामद भएका मोसाहरुको विवरण
- मोसा नम्बर :- से ६ प ६७४७, चेसिस नम्बर :- MBLJAR034J9A45202,ईन्जिन नम्बर :- JA05ECJ9A44504 लक्ष्मी राना
- मोसा नम्बर :- म २ प ७०५६,चेसिस नम्बर :- MD2A76AY9HRF58733,ईन्जिन नम्बर :- PF521022 रामबिलास राना
- मोसा नम्बर :- सु.प.प्र.००१०७ प. ३५१२,चेसिस नम्बर :- MBLJAK1095A9D59218,ईन्जिन नम्बर :- JA05EGK9007908 श्याम राना
- मोसा नम्बर :- सु.प.प्र.००१-००७ प. ३५७३ ,चेसिस नम्बर :- ME4X-658-KH7020945,ईन्जिन नम्बर :- JC65E-7-1298236 राज कुमार राना
- मोसा नम्बर :- से ६ प २५८३ ,चेसिस नम्बर :- ME4JC651HF7174222,ईन्जिन नम्बर :- JC65E-70259769 रामलाल राना
- मोसा नम्बर :- से २ प ३७६५ ,चेसिस नम्बर :- MD654KE43AZN37114,ईन्जिन नम्बर :- 0E4NA2204505 बहादुर राना
- मोसा नम्बर :- से ७ प ३२७१,चेसिस नम्बर :- MD634KE44G2E24140,ईन्जिन नम्बर :- 0E4EG2971550 प्रदिप राना
- मोसा नम्बर :- सु.प.प्र.०१००८ प ६७८२ ,चेसिस नम्बर :- MD637AE75J2F34990,ईन्जिन नम्बर :- AE7FJ2734201 राम दयाल राना
सूचना अधिकारी/कञ्चनपुर प्रहरी प्रवक्ता
प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्री
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर
सम्पर्क नं. ९८५८७५०९१७
Email- [email protected], [email protected]