कालीको तिरमा अपिको शिरमा, तिङ्करका फेदिमा ।
स्वर्गको टुकुरा कैलास सरि यो, सौन्दर्यको वेदिमा ।।
बन्ला सुन्दर कुटि र आश्रमहरु, होला शयर जनको ।
सौन्दर्य चर्मचक्छूले नजर भै, हट्ला तनाव मनको ।।
ति छांगा छहरा सुन्दर पहरा, कैलासका पासमा ।
मन्त्र मुग्ध भइ स्वर्ग सरिभयो, एक रातका वासमा ।।
चिसो पानी कमन्डलु भरिकन, पीउदाको क्षणमा ।
अमृतैसरिको समीर शीरको, चल्दा खुसि मनमा ।।
चिराइतो र जडीवुटी अरु, पाखा भिरैमा भरी ।
भेटिन्छ रपो गिद्देदृष्टि जसमा, लाग्यो पछाडी परी ।।
सेतो हीम छ शीरमा छ चुचुरो, अपि सरिका धुरा ।
स्वर्गको टूकूरा खौज्छौ यदिभने, जाँउ लिम्पियाधुरा ।।
फीरन्तेहरुले झुक्याइ कन पो, छोड्नु परेको थियो ।
नालापानि कुंमाउ सहितै, काङ्गडा नि हाम्रै थियौ ।।
कालीको तिरमा अपिको शिरमा, तिङ्करका फेदिमा ।
स्वर्गको टुकुरा कैलास सरि यो, सौन्दर्यको वेदिमा ।।
-तारामणी न्यौपाने
उपाध्यक्ष : प्रगतिशील लेखक संघ कञ्चनपुर