हरिश चन्द्र बाग, कञ्चनपुर, २८ चैत्र । कञ्चनपुरको बेलौरी नगरपालिकाले कोरोना भाइरसको संक्रमण रोकथाम र न्युनीकरणका लागि स्थापना गरेको विपद् व्यवस्थापन कोषमा शुक्रबार पनि थुप्रै व्यक्ति तथा संघसंस्थाबाट सहयोग रकम प्राप्त भएको नगरपालिकाले जनाएको छ । बेलौरी नगरपालिकाका नगर प्रवक्ता विनोद नेपालीका अनुसार, उदयदेव बहुद्देश्यीय सहकारी संस्था लिमिटेड, कञ्चनपुरका तर्फबाट बेलौरी नगरपालिकाको विपद् व्यवस्थापन कोषमा रु. ४० हजारको चेक प्राप्त भएको छ । त्यस्तै, कञ्चनपुर इसाइ समाज, उपशाखा बेलौरीका तर्फबाट रु. २८ हजार ५ सय रकम प्राप्त भएको उहाँले बताउनु भयो ।
शुक्रबार नै श्री सिद्धार्थ बोर्डिङ्ग हाईस्कुलका संस्थापक गणेश बहादुर थापाको तर्फबाट रु. २१ हजार, झरनासागर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका तर्फबाट रु. २१ हजार, सृजनशील सहकारी संस्था लिमिटेड बेलौरीका तर्फबाट रु. २१ हजार, गोकुलपुर ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेड, गोकुलपुरका तर्फबाट रु. १५ हजार, दलित बहुद्देश्यीय सहकारी संस्था लिमिटेड बेलौरीका तर्फबाट रु. १० हजार, समता मुलक समाज, बेलौरीका तर्फबाट रु. १५ हजार ५ सय ५५ र समाजसेवी मोहन कुमार क्षेत्रीको तर्फबाट रु. ३ हजार ५ सय रकम प्राप्त भएको बेलौरी नगरपालिकाका प्रवक्ता विनोद नेपालीले जानकारी दिनुभएको छ ।
यसैबीच, शुक्रबार बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले विभिन्न निर्णय गरेको छ ।
यस्ता छन्, शुक्रबारको बैठकले गरेका निर्णयहरु :