पहिलाद राना, कञ्चनपुर, २८ चैत्र । कोरोना रोकथाम तथा प्रतिकार्यका लागि बेदकोट नगरपालिकाले समेत राहत कोष स्थापना गरेको छ । बेदकोट नगरपालिकाले लकडाउनमा दैनिक ज्यालादारी गर्ने र भविष्यमा आईपर्ने महामारीको सामना गर्नका लागि स्थापना गरेको राहत कोषमा नगद, जिन्सी सामग्री सहयोग पाईएको छ । सातामै बेदकोट नगरमा ह्वात्तै राहत कोषमा दाताहरुले सहयोग गरेका छन् । बेदकोटमा व्यक्तिदेखि संस्थासम्मले राहत कोषमा नगदका साथै जिन्सी रकम जम्मा गरेका छन् । नेतादेखि गैरसरकारी संस्था, बैंक विद्यालयदेखि सहकारी, उद्योगी, राजनीतिक दल, निर्माण व्यवसायीले सहयोग गरेको बेदकोट नगरपालिकाले जनाएको छ । चैत्र २० देखि २७ सम्म बेदकोट नगरपालिकामा ५० व्यक्ति संघ संस्थाले राहत सहयोग गरेका छन् ।
बेदकोट नगरपालिकामा नेकपा सत्तारुढ दल क्षेत्र नम्बर २का सचिव चन्द्रकान्त भट्टले १० क्विन्टल चामल, नेकपा बेदकोट इन्चार्ज रामन्द्र रेग्मीले नगद १० हजार, नेकपा सुप प्रदेशका सदस्य ओम बिक्रम भाट(सरल)ले २० क्विन्टल चामल दिएका छन् । यस्तै काँग्रेस नेता हेमराज ओझाले ७ थान पिपिई सहयोग गरेका छन् । सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगका संचालक तेज चन्दद्धारा १०थान पिपिई, दिएका छन् । निड्स नेपालले हेण्ड सेनिटाईजर, एनएनएसडब्लुएले साबुन, मास्क, हेण्डसेनिटाईजर दिएका छन् ।
बेदकोट नगरका संस्थागत विद्यालयद्धारा चामल ५५० किलो, दाल १० किलो, १० पेटी तेल, ५ किलो नुन दिएका छन् । शिव नगर ईटा उद्योगबाट ५५ हजार, बैजनाथ, न्यु बेताल ईटा भट्ट ५०, र केदार ईटा उद्योगबाट ५०÷५० हजार, बेदकोट प्रशोधन केन्द्र ५० हजार ११५, बेदकोट निर्माण व्यवसायी संघ १ लाख ११ हजार, बेदकोट काठ व्यवसायी संघ एक लाख एक हजार, साना किसान कृषि सहकारी ४ क्विन्टल चामल, २ सय किलो नुन, २२० किलो दाल, ५० लिटर तेल, पुजा खाद्य उद्योग १० क्विन्टल चामल, १० किलो दाल, गोदाबरी एग्रो ५० किलो चामल, आधुनिक कृषि सहकारी ५५ हजार ५५५, बैतडा ग्रामिण विद्युत सहकारी १५ हजार सहयोग दिएका छन् ।
बाल ज्योति माविका प्रअ डम्बरराज जोशी ५ हजार, ईन्द्रेणी कृषि सहकारी २५ हजार, भाम्केश्वर कृषि सहकारी १० हजार, दैजी चुरे जैविक सहकारी १५ हजार, बाबा सिद्ध बैजनथा कृषि सहकारी ५ हजार ५ सय ५५, प्राश्रा बचत तथा ऋण सहकारी ५हजा ५ सय ५ सय , पिपलाडी कृषि सहकारी १० हजार, शिव शान्ति ग्रामिण विद्युत सहकारी ७ हजार ५सय, नेपाल रेडक्रस सोसाईटी दैजी उपशाखा २२ हजार, अपि ट्रक यातायात प्रालिक ११ हजार १११, नेपाल रेडक्रस सोसाईटी सुडा उपशाखा १० हजार नगद, १० हेण्डसेनिटाईजर, १८ सय ग्लोब्स, लाल ब. विष्ट ३ सय किलो चामल, २पेटी तेल र ५० किलो नुन दिएको छ ।
यस्तै नारायण गिरीले ५ हजार १ सय ५५, पदम कार्की ४ हजार, बेदकोट बहुउद्देश्यीय सहकारी संस्था २० हजार, कञ्चन विकास बैंक दैजी शाखा ३५ हजार, कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पिताम्बर जोशी १५ थान मास्क, उदयदेव बहुउद्देशीय सहकारी संस्था ४० हजार, धर्मराज जोशी÷गणेश दत्त जोशी १० क्विटल चामल, मेगा बचत तथा ऋण सहकारी संस्था २५ हजार ५ सय सहयोग दिएका छन् ।
निर्माण व्यवसायी निरन्जन प्रशाद भट्ट र उनका बाबु समाजसेवी टिकाराम भट्टले ६ सय २५ किलो चामल, महाकाली सिँचाई प्रणाली जल उपभोक्ता संघ गुूप डिद्धारा १० हजार, जल उपभोक्ता कृषि सहकारी संस्था ५ हजार, सुडा कृषि सहकारी संस्था ५ हजार १ सय ५५, सृजनशील सहकारी २१ हजार, बैतडा कृषि बहुउदेश्यीय सहकारी संस्था १० हजार, भारत रोकाया ५ हजार १सय, जयन केसी ५ हजार १ सय ५०, श्याम राज जोशी ७ हजार ५ सय, एनआईसि एसिया बैंक चामल ७ सय ७५ किलो, दाल १५० किलो, खानेतेल ९पेटी, नुन ७० किलो सहयोग गरेको छ ।
आएको खाद्यान्न राहत दैनिक ज्यालादारी गरि गुजारा चलाउने वर्गका लागि वितरण गरिने छ । भने नगद कोषमा जम्मा गरेर भविष्यमा आईपर्ने संकटका बेला खर्च गरिने छ । बेदकोट नगरपालिका प्रमुख अशोक कुमार चन्दले महामारीको समयमा अप्रत्यक्ष अप्रत्यक्ष नगद, भौतिक, अभौतिक नैतिक सहयोगी दाताहरुप्रति आभार प्रकट गरेका छन् । बेदकोट नगर प्रमुख चन्दले कोरोना महामारीसंग जित्नका लागि लकडाउन प्रभावकारी बनाउदै हातेमालो गर्न समेत अनुरोध गरेका छन् ।