हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । देशको मध्य र पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहेको छ । देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेकोले चट्याङ्गबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
चैत्र १२ गते (बुधबार)
दिउँसोः देशको मध्य र पूर्वि भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलि रहनेछ।देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
रातीः देशको पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। पूर्वी पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ । पूर्वी र मध्य हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
चैत्र १३ गते (बिहिबार)
दिउँसोः देशको पश्चिमि भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलि हुने देखिन्छ। पश्चिमि पहाडी भू-भागका थोरै स्थानहरुमा र मध्य र पुर्वका एक दुइ स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।
रातीः देशको पश्चिमि भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलि हुने देखिन्छ। पश्चिमि पहाडि भू-भागका थोरै स्थानहरुमा र पुर्वका एक दुइ स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
चैत्र १४ गते (शुक्रबार)
दिउँसोः देशको पश्चिमि भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदलि रहनेछ। पश्चिमि पहाडी भू-भागका थोरै स्थानहरुमा र मध्य र पुर्वका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।पश्चिमी हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
रातीः देशको पश्चिमि र मध्य भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदलि रहनेछ। पश्चिमि र पूर्वी पहाडी भू-भागका एक-दुइ स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।पश्चिमी हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
#मौसम पूर्वानुमान महाशाखा
(जारी मितिः २०७६-१२-१२ बिहान ६:०० बजे)