हाल नेपालमा पश्चिमि वायूको आंशिक प्रभावका साथै स्थानिय वायूको समेत प्रभाव देखिएको छ । देशको पश्चिमि भू-भाग लगायत अन्य पहाडि भु-भागमा आंशिक बदली रहि वांकि भु-भागको मौसम सामान्यतया सफा रहेको छ । पहाडी भू-भागका थोरै स्थानहरूमा र तराईका १-२ स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको संभावना रहेकोले चट्याङ्गबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।
चैत्र ०८ गते (शनिबार):
दिउँसोः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ | पहाडी भू-भागका थोरै स्थानहरूमा र तराईका १-२ स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको छ ।
रातीः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ । देशको पूर्वी र मध्य भू-भागका १-२ स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको छ ।
चैत्र ०९ गते (आईतबार):
दिउँसोः देशको पूर्वी र मध्य भू-भाग लगायत पश्चिमकि पहाडि भु-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पूर्वी र मध्य भू-भागका थोरै स्थानहरूमा र पश्चिमी १-२ स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
रातीः देशको पूर्वी र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी र मध्य भू-भागका १-२ स्थानमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
चैत्र १० गते (सोमबार):
दिउँसोः देशभर आंशिक बदली रहनेछ । पहाडि भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
रातीः देशको पश्चिमि भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको पश्चिमी भू-भागका १-२ स्थानमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
#मौसम पूर्वानुमान महाशाखा
(जारी मितिः २०७६-१२-०८ बिहान ६:०० बजे)