डोटी, २९ फागुन । स्थानीय तहमा महिलाको पहुँचको अबस्था, सिकाइ, चुनौती र समाधानका उपायका विषयमा दुई दिने कार्यशाला गोष्ठीको एक कार्यक्रमका बीच सिलगढिमा उद्घाटन गरिएको छ। बिहीबार उद्घाटनमा सत्रमा बोल्दै दिपायल सिलगढिमा नगर प्रमुख मन्जु मलासिले न्यायिक समितिमा तलबी कर्मचारी राखे न्याय सम्पादन प्रभावकारी हुने बताए । न्यायिक समिलाइ सघाउन राखेका कर्मचारीलाइ पारिश्रमिक दिएर राखे समयमा न्याय दिन सजिलो हुने बताए ।
न्यायिक समितिमा आएका मुद्दाको तत्काल फैसला नहुनुको अर्को कारण मुद्दा फैसला गर्न डराउनु पनि रहेको प्रमुख मलासिले बताए । त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला अदालत डोटीका न्यायाधीश बिदुर काफ्लेले डोटीका ८ वटा स्थानीय तहमा आफुले अनुगमन निरीक्षण गर्दा जोरायल गाउपालिका बाहेक स्थानीय तहमा सन्तोष जनक काम नरहेको बताए । संविधानले दिएको जनता नैसर्गिक अधिकारलाई खेलवाडका रुपमा नलिन सुझाव समेत दिएका थिए ।
न्यायीक समितिलाई क्षेत्रा अधिकार दिए पनि खास्सै महत्त्व नदिएकाे न्यायाधीश काफ्लेले बताए । त्यस्तै कार्यक्रममा बोल्दै डोटीका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले कार्यशाला गोष्ठिमाले जनताको नजिक रहेको सरकारले कसरी न्याय सम्पादन गरिरहेको छ भन्नेबारेमा स्पष्ट थाहा हुने बताए । त्यस्तै गैसस महासंघका सह सचिव लक्ष्मी देउवा यस्ता गोष्ठीले महिलाका क्षेत्रमा ठुलो सहयोग पुग्ने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ डोटीका सह- सचीव प्रकाश बमले गोष्ठीले आगामी दिनमा कार्यसम्पानमा थप बल पुग्ने बताए । बार्सिक रूपमा यस्ता कार्यक्रम गर्न सके अझै राम्रो हुने बताएउदै न्यायिक समितिले निस्पक्ष रूपमा न्याय दिए समितिको गरिमाम बच्ने बमले बताए । स्वागत मन्तव्य तथा कार्यक्रम उदेश्यका बारेमा सम बिकास डोटीका अध्यक्ष अधिराज बिसिले जानकारी गराएका थिए ।
उद्घाटन सत्रको अध्यक्षता जिल्ला सम्वनय समितिका डोटीका उप संयोजक शशी शाेपले गर्नु भएको थियो । जिल्ला सम्वनय समिति डोटी को आयोजना तथा समबिकास केन्द्र डोटीको सहयोगमा दुई दिने कार्यशाला गोष्ठी सञ्चालन गरिएको हो। उक्त दुई दिने गोष्ठीमा डोटीका ९ वटा स्थानीय तहका न्यायक समितिका संयोजक ,सदस्य , न्यायिक समिलाइ सहयोग गरिरहेका कर्मचारी , सरोकारवाला लगायत उपस्थिती रहेन जनाएको छ।