हराएका व्यक्ति: शंकर आउजी
कैलाली जिल्ला, गोदावरी नगरपालिका-१२, गौडीका लछी आउजीका छोरा तथा देव नेपालीका दाजु शंकर आउजी मानसिक अपांगता (बौद्धिक अपांगता) भएका व्यक्ति हुनुहुन्छ । विगतमा उहाँलाई अत्तरियास्थित उग्रतारा सुधार केन्द्रमा राखिएको थियो । आंशिक सुधार भएकोले ४ महिना अगाडि उहाँलाई घर ल्याइएको थियो ।
तर मिति २०८१ साल चैत २९ गते राति ११:४५ बजेतिरको समयमा उहाँ घरबाट अचानक हराउनुभएको छ । परिवार तथा आफन्तजनले सबै सम्भावित स्थानहरूमा खोजी गर्दा पनि हालसम्म फेला पार्न सकिएको छैन ।

प्राप्त जानकारी अनुसार, मिति २०८१ साल चैत ३१ गते उहाँलाई नेपाल-भारत सिमाना गौरीफन्टामा देखिएको भन्ने जानकारी आएको छ । केही व्यक्तिहरूको भनाइअनुसार, उहाँले "म मुम्बई जाँदैछु" भनेको सुनिएको थियो ।
यस सन्दर्भमा, भारततर्फ रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, साथै नेपालमा रहनुहुने सबै नागरिकहरुलाई विनम्र अनुरोध छ, यदि तपाईँले शंकर आउजीलाई देख्नुभएको छ भने, निम्न नम्बरहरूमा तुरुन्त सम्पर्क गरी सहयोग गर्नुहोस् :
सम्पर्क नम्बरहरू:
भारतका लागि: +91-7738847716
नेपालका लागि: +977-9848451532 / +977-9848767329
उहाँलाई सकुशल फेला पार्न सहयोग गरिदिनु हुन सम्पूर्ण महानुभावहरूप्रति हामी हार्दिक अनुरोध गर्दछौँ ।
अनुरोधकर्ता
शंकर आउजीका परिवारजन