काठमाडौँ । बङ्गलादेशमा हुने एसियाली एम्पुटी फुटबल प्रतियोगितामा सहभागी हुन नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्दै छ । फेब्रुअरी ५ देखि १२ तारिखसम्म बङ्गलादेशको ढाकामा हुने प्रतियोगितामा सहभागी हुन १३ पुरुष खेलाडीसहित २० सदस्यीय टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।
प्रतियोगितामा डिल्लीबहादुर बिष्ट, प्रकाशकुमार बस्नेत, राजु श्रेष्ठ, विक्रम योङहाङ, मुकुन्दबहादुर ढुङ्गाना, सुजन कार्की, भीमबहादुर कुमाल, चेतनारायण खनाल, धनबहादुर महता, लक्ष्मीप्रसाद अधिकारी, सुदीप चापागाईँ, राज पौडेल र प्रकाश सिंहले सहभागिता जनाउने छन् ।
प्रशिक्षकमा चित्रबहादुर तामाङ, व्यवस्थापकमा मदनमान सिंह रोकाया तथा अफिसियलमा कल्पना खड्का, श्यामबहादुर रावल, प्रकाश चिलुवाल, सुरेश थापा र विपिन पौडेल छन् । प्रतियोगितामा नेपालसहित इन्डोनेसिया, बङ्गलादेश, इरान, इराक र उज्बेकिस्तान गरी ६ राष्ट्रको सहभागिता रहने छ ।