हरिश्चन्द्र बाग, कञ्चनपुर, ०२ माघ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १० स्थित श्री मधु सामुदायिक वन उपभोक्ता समूहका वन हेरालु ६० वर्षीय परी बिष्टलाई मङ्सिर २५ गते साँझ जङ्गली हात्तीले आक्रमण गर्दा गम्भीर चोट लागेर धनगढीको मायामेट्रो अस्पतालमा उपचार गराइएको थियो । आर्थिक अवस्था कमजोर भएका बिष्टको उपचारका लागि भारतका विभिन्न स्थानबाट सहयोगको अभियान चलाइएको थियो । उहाँको उपचार खर्च जुटाउनका लागि प्रवासमा बस्ने दुई जना खगेन्द्र बिष्ट (खगी) र खगेन्द्र बिष्टले उक्त अभियानमा सञ्चालन गर्नुभएको थियो ।
उक्त अभियानमा भारतका विभिन्न स्थानहरूमा रहेका सहयोगी प्रवासी नेपालीहरूले आर्थिक सहयोग जुटाउनु भएको छ । ५९ जनाबाट १ लाख २ हजार ५ सय नेपाली रुपैयाँ सङ्कलन गरिएको छ । सम्पूर्ण सहयोगीहरूलाई अभियन्ताद्वय खगेन्द्र बिष्टले योगदानका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता सहयोगको अपेक्षा गरिएको बताउनु भएको छ । उक्त सहयोग रकम आज पुनर्वास बस्ने बलबहादुर बिष्टमार्फत घाइते परी बिष्टलाई हस्तान्तरण गरिएको छ ।
मङ्सिर २५ गते साँझ बनमै हेरालुको काम गरिरहेको बेला एक्कासि हात्तीले आक्रमण गरी घाइते हुनु भएका बिष्टको छातीमा चोट लागेको थियो । अहिले परी बिष्टको स्वास्थ्य स्थितिमा सुधार आएको र उहाँ घर फर्किसक्नु भएको छ । उहाँको उपचारका लागि सरकारी राहत भने प्रक्रियामै रहेको छ । वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका २०८० बमोजिम घाइतेको हकमा अधिकतम रु. दुई लाख रकमसम्म राहत पाउने व्यवस्था रहेको छ । सोही निर्देशिका बमोजिम राहतका लागि डिभिजन बन कार्यालय कञ्चनपुरलाई सिफारिस गरिएको र त्यो प्रक्रियामै रहेको कुण्डा सबडिभिजन बन कार्यालय पच्कडियाका प्रमुख बन अधिकृत दिनेशकुमार यादवले जानकारी दिनुभयो ।
घाइते परि बिष्टको लागि आर्थिक संकलन अभियानमा सहयोग गर्ने दाताहरूको नामावली यस प्रकार रहेको छ ।
१. डम्मर बिष्ट रु. १०,०००/- (भारतको उडिसा)
२. तुलाराम बिष्ट रु. ६५०/- (भारतको उडिसा)
३. लाल बयाडी रु. ७००/- (भारतको राजस्थान)
४. डम्मर बिष्ट रु. ५००/- (भारतको चन्नई)
५. हेमराज उपाध्याय रु. २५१/- (भारतको दिल्ली)
६. गणेश थापा रु. ५,०००/- (भारतको चन्नई)
७. शिव बोहरा रु. २,०००/- (भारतको चन्नई)
८. धन बहादुर बयाडी रु. १,०००/- (भारत)
९. हरि बिष्ट रु. १,२५०/- (भारतको मुम्बई)
१०. दल बहादुर बिष्ट रु. १,२५०/- (भारतको बेङ्गलोर)
११. शेर थापा रु. ५०५/- (भारतको चन्नई)
१२. गणेश अधिकारी रु. ८००/- (भारतको बेङ्गलोर)
१३. किरण धामी रु. १,०००/- (भारतको बेङ्गलोर)
१४. नरेश बिष्ट रु. ५००/- (भारतको मुम्बई)
१५. राम खाती रु. २,०००/- (भारतको चन्नई)
१६. करी खाती रु. ५२०/- (भारतको मुम्बई)
१७. करण बिष्ट रु. ५००/- (भारतको मुम्बई)
१८. तिब्रे थापा रु. ७००/- (भारतको चन्नई)
१९. शेर बिष्ट रु. १,०००/- (भारतको मुम्बई)
२०. लाल ब खाती रु. ५००/- (भारतको चन्नई)
२१. चक्र बयाडी रु. ५५१/- (भारतको चन्नई)
२२. राम बिष्ट रु. १,०००/- (नेपाल)
२३. मान बहादुर बिष्ट रु. १,०००/- (भारतको मुम्बई)
२४. जयभान बिष्ट रु. १,०००/- (भारतको उडिसा)
२५. भरत रावल रु. १,०००/- (भारतको मुम्बई)
२६. गम्भीर बोहरा रु. ६२५/- (भारतको उडिसा)
२७. दिल बहादुर बिष्ट रु. २,५००/- (भारतको मुम्बई)
२८. जशि बिष्ट रु. ६५०/- (भारतको उडिसा)
२९. गगन बिष्ट रु. ६५०/- (भारतको चन्नई)
३०. अशीभान थापा रु. १,०१५/- (भारतको आन्ध्र प्रदेश)
३१. करण खाती रु. ५२०/- (भारतको मुम्बई)
३२. वीरेन्द्र बयाडी रु. ५५०/- (भारतको मुम्बई)
३३. पदम बिष्ट रु. १,०००/- (भारतको मुम्बई)
३४. बल बहादुर बिष्ट रु. १,२५०/- (भारतको बेङ्गलोर)
३५. कर्ण खाती रु. ६५०/- (भारतको मुम्बई)
३६. दिपक सुनार रु. ३,१५९/- (नेपाल)
३७. विरेन्द्र सिंह चाड रु. ३१९/- (नेपाल)
३८. परि बिष्ट रु. ५००/- (भारतको झारखण्ड, जगन्नाथ पुर)
३९. टिका बिष्ट रु. ५२०/- (भारतको झारखण्ड, जईत गड)
४०. अमर बिष्ट रु. १,२५०/- (भारतको बेङ्गलोर)
४१. नरी बयाडी रु. ५५०/- (भारतको चन्नई)
४२. भीम बयाडी रु. ६३७/- (भारतको बेङ्गलोर)
४३. रोहित बिष्ट (दडिमानी) रु. ५५०/- (भारतको उडिसा)
४४. कशी बिष्ट रु. ५५०/- (भारतको उडिसा)
४५. चक्र बयाडी रु. १,५००/- (भारतको मुम्बई)
४६. हरि खाती रु. ५००/- (भारतको मुम्बई)
४७. दल बहादुर बिष्ट रु. ७००/- (भारतको मुम्बई)
४८. दल थापा रु. ५०८/- (भारत)
४९. महेन्द्र ओली रु. ९००/- (नेपाल)
५०. मान बहादुर खाती रु. १,५००/- (नेपाल)
५१. गगन बयाडी रु. १,०००/- (भारतको उडिसा)
५२. हर्क बिष्ट रु. ६२५/- (नेपाल)
५३. भिम थापा रु. ५१०/- (भारतको उडिसा)
५४. सुदर शाकी रु. ३१२/- (नेपाल)
५५. दिपक ठकुल्ला रु. ५००/- (भारतको गुजरात)
५६. देव बिष्ट रु. १,०००/- (भारतको मुम्बई)
५७. अशी बिष्ट रु. ५००/- (भारतको मुम्बई)
५८. धन बहादुर बिष्ट रु. १,०५०/- (भारतको मुम्बई)
५९. खगेन्द्र बिष्ट (खगी) रु. २,५००/- (भारतको मुम्बई)
उल्लेखित रकम भारतीय रुपैयाँ हो ।