हरिश्चन्द्र बाग, कञ्चनपुर, १५ पुस । सुदूरपश्चिमेलीहरूको मौलिक पर्व पुसे पन्ध्रका अवसरमा कञ्चनपुरको बेलडाँडीमा आयोजित पुसे पन्ध्र विशेष सांस्कृतिक कार्यक्रमले नयाँ आशा जगाएको छ । बेलडाँडी पर्यटन प्रवर्द्धन समिति र बेलडाँडी युवा समाजको सहकार्यमा सोमबार 'पौष १५ विशेष सांस्कृतिक कार्यक्रम' सुसम्पन्न भएको दाबी गरिएको छ । स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्दै मौलिक पहिचान झल्किने संरचना निर्माणका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको आयोजक बेलडाँडी पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष गोकर्ण जोशीले जानकारी दिनुभयो ।
बेलडाँडी गाउँपालिका वडा नम्बर २ चवन्नी बजार पछाडिको खुला मैदानमा सोमबार दिउँसोदेखि सञ्चालन गरिएको सांस्कृतिक कार्यक्रम साँझसम्म जारी रह्यो । ज्येष्ठ नागरिक कल्याण शाहको करकमलबाट उद्घाटन गरिएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न पेसाकर्मी र सर्वसाधारण नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा समितिका सल्लाहकार संयोजक जनक सिंह धामीले स्वागत मन्तव्य राख्नुभएको थियो । सांस्कृतिक कार्यक्रमको सहजीकरण बेलडाँडीकै स्वास्थ्यकर्मी निलम भट्ट चन्दले गर्नुभएको थियो ।
कार्यक्रममा स्थानीय कलाकारहरूले आफ्ना प्रतिभा प्रदर्शन गर्नु भएको थियो । यसले उहाँहरूलाई थप प्रोत्साहन र पहिचान दिलाउने अपेक्षा गरिएको छ । गायन तर्फ लोकगीत, देउडा र आधुनिक गीतहरू, नृत्य तर्फ डोटेली र थारु संस्कृतिलाई झल्काउने आकर्षक प्रस्तुति तथा मौलिक संस्कृति र मौलिकतालाई उजागर गर्ने विविध सांस्कृतिक गतिविधिहरू गरिएको बताइएको छ । कार्यक्रमले सांस्कृतिक धरोहरको संरक्षण र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउन थप जोड दिएको छ ।
संस्कृतिक कार्यक्रम आय/व्यय विवरण :
टेण्ट साउण्ड(अमृत टेण्ट हाउस-सहयोग सहित) -५०००/-
स्थानीय कलाकार:न्यू आरधना कला मन्दिर ३०००
कलाकार (*****)-३०००(गोपनियता कायम )
ब्यानर: ६*६-१८००
टोकन अप लभ-९५०
निमन्त्रणा कार्ड-७००
जनरेटर डिजेल-४००
स्टेजमा बिद्धुत जोडेको-५००
कलाकारका लागि खाना(लिटिल गृन पार्क)-३०००
खाजा-५००
ट्राभल-१०००
अन्य:५००
जम्मा:-२०३५०/-
--------------------------------------
प्राप्त सहयोग:४७१५
अध्यक्ष
बेलडाँडी पर्यटन प्रवर्द्धन समिति
बेलडाँडी