हरिश्चन्द्र बाग, कञ्चनपुर, १७ मङ्सिर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली काँग्रेसका प्रकाश चन्द निर्वाचित हुनु भएको छ । उहाँले १ हजार १ सय ७ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित हुनु भएको मुख्य निर्वाचन अधिकृत लिलाराज अधिकारीले जानकारी दिनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बहादुर चन्दले जम्मा ४८७ मत प्राप्त गर्नुभयो । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सुशील कुमार भट्टले ३६९ मत प्राप्त गर्नुभयो ।
२०७९ को स्थानीय तह सदस्य निर्वाचनमा भीमदत्त नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली काँग्रेसका महेन्द्र बहादुर खड्का निर्वाचित हुनुभएको थियो । गत वर्ष मोटरसाइकल दुर्घटनामा उहाँको देहावसान भएपछि सो वडामा उपनिर्वाचन गरिएको हो ।
शान्ति निकेतन माविमा आइतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म भएको मतदान कार्यक्रम अन्तर्गत ५५ दशमलव ०४ प्रतिशत मतदाताले मात्रै मतदान गर्नुभएको थियो । कञ्चनपुरका जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीका अनुसार सो वडामा २ हजार ६ सय ६५ जना पुरुष र २ हजार ७ सय ६९ जना महिला गरी कुल ५ हजार ४ सय ३४ जना मतदाता हुनुहुन्छ । ती मध्ये २ हजार ९ सय ९१ जनाले मात्रै मतदान गर्नुभएको हो । वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा विभिन्न राजनीतिक दलबाट १० जना र स्वतन्त्र २ जना गरी १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।
उम्मेदवारहरूले प्राप्त गरेको अन्तिम मत परिणाम यस्तो छ ।
बहादुर चन्द (चुनाव चिन्ह : सूर्य)
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
४८७
प्रकाश चन्द (चुनाव चिन्ह : रुख)
नेपाली काँग्रेस
११०७
नाना राम कोली (चुनाव चिन्ह : हँसिया हथौडा)
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
१२२
राम दत्त भट्ट (चुनाव चिन्ह : घण्टी)
राष्ट्रिय स्वतन्त्र पार्टी
२१८
सुशील कुमार भट्ट (चुनाव चिन्ह : हलो)
राष्ट्रिय प्रजातन्त्र पार्टी
३६९
यादव बहादुर चन्द (चुनाव चिन्ह : माइक)
जनमत पार्टी
५
जितेन्द्र बहादुर चन्द (चुनाव चिन्ह : कलम)
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
२२५
हरिष डगौरा (चुनाव चिन्ह : ढकिया)
नागरिक उन्मुक्ति पार्टी
१२७
दल बहादुर बोहरा (चुनाव चिन्ह : मादल)
नेपाल मजदुर किसान पार्टी
१२
दिल बहादुर धामी (चुनाव चिन्ह : तीर)
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
२४
थानेश्वर लेखक (चुनाव चिन्ह : सिलिन्डर)
स्वतन्त्र
१४२
युवराज चन्द (चुनाव चिन्ह : हात मिलाएको)
स्वतन्त्र
९९
बदर मत : ५४