इतिहासको नयाँ मुलुक कालि कर्णाली बीचको मैदानी भाग कैलाली र कञ्चनपुरको पुरानो सदरमुकाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्ला दक्षिणी भेगमा बेलौरी नगरपालिकाको केन्द्र प्रस्तावित नमुना सहरमा सुचिकृत गरेको बेलौरी बजार को स्थापना २०२९ साल माघ २६ अर्थात सन १९७३ फर्वरी ८ कादिन भएको हो । बिक्रम सम्वत २०७६ मा निर्माणधीन नगरपालिका भवन आसपास अन्दाजि ६०० वर्गमीटर (लगभग २ कट्टा) जमिनको खुला चौर खुल्ला आकास मुनि सञ्चालित महाकालि निम्न माध्यमीक विद्यालयमा उपस्थित जनप्रतिनिधि अभिभावक शिक्षकहरुले सरस्वती पुजाको प्रसाद ग्रहण गरीरहेकै बेला अपारान्ह १ वजे तिर अञ्चलाधीस चन्द्र मान थकाली र प्रमुख जिल्ला अधिकारी वीर बहादुर शाही तथा जिल्ला बनकार्यालयको गाडी आइपुग्यो । उक्त उपस्थिति सभामा परिणत भयो ।
“पुरानो सदरमुकाम भएर आयौं पूर्व पश्चिम राजर्माग नवने सम्म धनगढी महेन्द्रनगर आउ जाउ गर्ने वाटो बेलौरी नै हो । पूर्व तर्फ पुरैना लालझाडी वनक्षेत्रमा पुर्नवास वस्ती बसाल्ने क्रमचलिरहेछ । पश्चिम तर्फ बेलडाडी क्षेत्रमा सट्टाभर्ना वस्ती बसाउने कार्यक्रम छ । यो ठाउँ दक्षिणाभेगको केन्द्र बन्ने सम्भावना छ । यहा एउटा बजारको आवश्यकता छ । नुन, तेल, एक बटा सलाई, एउटा कापि कलम किन्न समेत भारत जानु पर्दो रहेछ । वरीपरीको वन कुकाठको जङ्गल जस्तो छ । बेलौरी क्षेत्रमा उखुखेती राम्रो हुने सम्भावना छ । यँहा चिनि मिल खुल्न सक्छ । सीडियो साप, डिएफओ साप, इन्जिनियर साप, वाट आवश्यक सहयोग पाउनु हुन्छ । विद्यालयएका लागि पनि जग्गा खोज्नोस विकासकोष वाट ३० हजार रुपैया निकासा गरीनेछ” ।
प्रमुख अतिथिको यस्तो सल्लाह सुझाब सुने पछि एउटा कापिमा हस्ताक्षर गरी प्रपं तौला रानाको अध्यक्षयतामा बेलौरी नगर निर्माण समिति गठन भैे पूर्व रिछाहा गाँउ, पश्चिम खैराना उतर हात्तिबोझा दक्षिण सुकमबासि टोल बिचको भागमा बजार बनाउने र त्यसका लागि जिल्ला भवन निर्माण शाखा लाई प्राविधिक पठाइ दिन अनुरोध गर्ने निर्णय भयो । बिद्यालयको लागि जग्गा सम्बन्धमा त्यहा उपस्थित प्रपं तला राना, पूर्व प्रपं भजौरा राना, रिछाहा गाउका भलमन्सा छेदि राना सचिव डम्बर लाल चौधरी अभिभावक एवम शिक्षा प्रेमि कुल प्रसाद खनाल, यज्ञ प्रसाद पन्त (अग्नि बाजे), राजा राम जैसी, बिर चन्द बडायक, बिद्यालयका प्रधानाध्यापक आनन्द राज ढुङगाना सहित शिक्षकहरु र स्थानिय किसान दल बहादुर धिताल बिच छलफल हुदा दल बहादुर धिताल नजिकैमा सट्टामा अरु जग्गा फडानि गर्न पाउने भए आवाद गरेको जग्गा बिद्यालय लाई दिन मन्जुर भए । यसरी बेलौरी बजार र बिद्यालयका लागि जग्गाको व्यवस्था हुने शुभ साइत जुरेको दिन माघ २६ बन्न गयो ।
समितिको माग अनुसार केहिदिन पछि भवन निर्माण शाखाका ई जय देव भट्ट नेतुत्वमा आएको टोलिले हाल बेलौरी बजार रहेको पूर्वमा राजमार्ग लाइन पश्चिममा बिद्यालय क्षेत्र उत्तरमा पानि टंकि दक्षिणमा खुल्ला मञ्च अस्पताल र साँझा सस्था भवन तथा कार्यालय क्षेत्र चौहद्धी भित्रको अन्दाजि २० बिघा जति क्षेत्रफल भएको त्रिभुजाकार वनक्षेत्रको भित्रिभागमा २४ फिट मोहडा चौडाई, ४८ फिट पछाडी गल्ली तर्फको लम्बाई भएका चार वटा लाइनमा वीचको मुल सडक ५० फिट चौडा र २ वटा गल्ली सडक १३ फिट चौडा २ वटा क्रस रोड २५ फिट चौडा गरी ९४ वटा घडेरी पलटको नक्सा कोरी चारैतर्पmको सिमाना खु्ल्ला राखी बजारको प्रारमभिक नक्सा तयार गरी समितिलाई उपल्बध गरायो । समितिले प्रति घडेरी रु २०० मुल्य राखी घडेरीहरु वितरण ग¥यो ।
२०३८ सालमा थप २०० ओटा घडेरी किता काट गरी समपुर्ण लाई ४ श्रेणिमा बर्गिकरण गरेर रु ११२५, रु १५७५, रु २८८० र ३६०० मुल्य निर्धारण गरी गोला प्रथा द्वारा अधिकांस घडेरी एकै दिनमा वितरण गरीए । बचेका २ ओटा घडेरी प्लट लिलाम बढाबढ र बचेका केही घडेरी निवेदनका आधारमा बिक्री भए । २०३९ मा रुख कटान गरी प्राविधिकको साहायताले घडेरी प्लट, सडक तथा गल्ली सडक रेखाङ्कन सिमाङ्कन गरीयो । २०४२ मा अस्पताल चोक (सविधान चोक) देखि पूर्व धनगढी रोड मञ्च चोक सम्म खडन्जा इटा पटान गरी सडक पक्कि बनाउने काम भयो । २०४७ चैतमा अन्तरीम सरकारले बेलौरी नगरबिकास समिति लाई कानुनी मान्यता दियो र गजेटेड समिति बन्यो ।
सरकार परिवर्तन संगै मन्त्रि स्तरीय निर्णय बाट समिति पूनर्गठन हुदै गए । तत्कालिन जि.वि.स कञ्चनपुरको बजेट बाट बजार क्षेत्रका तिन ओटा सडकहरु पक्कि बने भिम चोक (पिपल चौतारा)मा दुइ ओटा सडक मिलान भई शान्तिपुर सम्म पनि पक्कि सडक बन्यो । २०४७ र २०५३को बिचमा ब्म्द्य( एसियाली बिकास बैक) को सहयोगमा खाने पानि टंकी निर्माण भयो । २०७१ बैसाख २५ मा तिनओटा गाबिस (लक्ष्मीपुर,श्रीपुर,रामपुर बिलासिपुर) मिलेर बेलौरी नगर पालिका बन्यो । २०७२मा मालपोत र नापि कार्यालय स्थापित भए । २०७३ मा हुलाकी सडक (झापा–कञ्चनपुर) आसपासका प्रस्तावित १० ओटा नमुना शहरमा बेलौरी बजार पनि सुचिकृत भयो । २०६९ देखि २०७४को अवधिमा एस.डि.सि (स्र्वीस डेबलपमेन्ट कर्पोरेसन ) को अनुदान सहयोग मा बैशाखा नालामा पक्कि पुल बन्यो । २०७३÷०७४ मा निर्वाचन क्षेत्र पुर्वाधार बिकास कोषको रकम बाट बैशाखा पुल देखि बजार सम्म र शान्तिपुर देखि मैनाहा सम्मको सडक पक्कि बन्यो ।
कञ्चनपुर जिल्लाको दक्षिण भेगलाई पूर्व पश्चिम राजर्माग र भारत सिमा सम्म जोडने ३१ कि.मि लामो यस क्षेत्रको जिवन रेखा मानिएको उद्योग, व्यापार, कुषि, पर्यटन, धर्म सस्कृति, सुरक्षा र बिकासको लागि महत्वपुर्ण ठानिएको बेलौरी कलुवापुर राजमार्ग २०३४÷०३५ मा सुरु भई हाल २०७६ आइपुग्दा ४२ बर्ष सम्म पनि निमार्णधिन रहुनु निमार्णमा ढिला सुस्ति लापरवाहि बेवास्ता हुनु निर्माण कार्य अस्तव्यस्त हुनु अलपत्र पर्नु भैरहेको रफतार लिरहेको छ भनिएपनि राजमर्गको मापदण्ड अनुकूल नभएको अवस्था यस क्षेत्रको दुर्त र दिगो बिकासका लागि बाधक बनेको छ भने नेतुत्व पङतिको क्षमता र इमान्दारी प्रति गम्भीर प्रश्नहरु खडा भएका छन ।
बेलौरी क्षेत्रको भौगोलिक ऐतिहासिक राजनैतिक औधोगिक कृषि व्यापार र पर्यटकीय सम्भावनाहरुको जगमा दुर्त र दिगो विकासार्थ बृहत उद्देश्यहरु निमार्ण गरी तत्कालिन अल्पकालिन र दिर्घकालीन योजना बनाई सरोकार वाला सबैको सहभागितामा बिकासे अभियान चलाउन नितान्त आवश्यक देखिन्छ । बिभिन्न बिधाका अभियानहरुको सफलता सरोकारवाला बिच फराकिलो सोच दृढ निश्चय ठोस कार्यक्रमका साथ छलफल र अनतरक्रियाको निरन्तरता बाट मात्र सम्भव हुने भएकाले स्थानीय सरकार (बेलौरी नगरपालिका) सरोकारवाला संघ सस्था र सचेत नागरिक प्रतिबद्ध समर्पित क्रियासील रहनको बिकल्प देखिदैन ।
(पंक्तिकार केशब राज जोशी, महाकाली माध्यमिक विद्यालय बेलौरीका पूर्व प्राचार्य हुनुहुन्छ ।)