विकास सिंह महता, काठमाडौँ, २१ असार । नेपालमा खेलकुद क्षेत्रको विकासका लागि एकाएक चहलपहल बढ्ने गरेको यो पछिल्लो समयमा अपाङ्गता भएका व्यक्तिहरूले खेलिने एम्पुटी फुटबलले काठमाडौँमा रौनक ल्याएको छ। “स्वास्थ्यका लागि खेलकुद ,राष्ट्रका लागि खेलकुद ” भन्ने मूल नाराका साथ पारा राष्ट्रिय खेलकुद मा आबद्ध संस्था एम्पुटी खेलकुद समाज, नेपालको व्यवस्थापनमा राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा पारा तथा विशेष खेलकुद प्रतियोगिता-२०८० अन्तर्गत एम्पुटी फुटबल राष्ट्रिय प्रतियोगिताको उद्घाटन भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा र एम्पुटी खेलकुद समाज, नेपालको व्यवस्थापनमा र च्यासल रङ्गशाला ललितपुरमा असार २१ गते शुक्रबार बाट एम्पुटी फुटबल राष्ट्रिय प्रतियोगिता -२०८० को आयोजना गरेको हो ।
आज भएको पहिलो खेलमा नेपाल आर्मीले पिस युनाइटेड क्लबलाई ४–० ले हराएको छ । आजै भएको दोस्रो खेलमा सगरमाथा क्लब र राइजिङ यूथ क्लब २–२ गोलको बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । जसमा सगरमाथा क्लब १-० गोलले विजयी भयो । अब भोलि तेस्रो स्थानका लागि पिस युनाइटेड र राइजिङ फुटबल क्लब बिच बिहान ९ बजे प्रतिस्पर्धा हुने छ। उपाधिका लागि सगरमाथाले नेपाल आर्मीसँग फाइनल खेल्ने एम्पुटी खेलकुद समाज नेपालका अध्यक्ष मदन मान सिंह रोकायाले बताउनु भएको छ । खेलाडी खेलप्रति आकर्षण हुँदा साङ्ग व्यक्तिले खेल्ने फुटबल खेलाडी भन्दा एम्पुटी फुटबल खेलाडीले खेल्दा सारै गाह्रो हुन्छ , त्यसैमा खेलाडीको खेलकुद विकासको लागि राष्ट्रले थोरै लगानी लगाएको छ, त्यो सकारात्मक पनि हो ।
"बिगत तीन वर्ष अगाडिसम्म खेलाडीलाई बल हान्न पनि आउँथेन, पछिल्लो तीन वर्षमा (अभ्यास) प्रशिक्षण निरन्तर गर्दा राम्रो भएको छ" फुटबल प्रशिक्षक चक्र बहादुर तामाङले भन्नुभयो, "आगामी आउँदा दिनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा खेल्नको लागि सरकारले आर्थिक रूपमा मोडिभेट गर्दा राम्रो हुन्थ्यो । एसियामा नेपालको टिमले फाइनल पुग्ने सम्मको बलियो रहेको छ । अब आउँदा दिनमा काठमाडौँ बाहिर रहेका खेलाडीलाई प्रशिक्षणमा ल्याउन आर्थिक रूपमा कमजोर रहेको हुँदा सरकारले बजेट विनियोजन गर्दिदा प्रतियोगिताहरू आयोजना गर्न सजिलो हुने छ।"
प्रतियोगिता खेल्नको लागि अन्तर्राष्ट्रिय प्रतियोगिता त सोच्नु मात्रै हो, नेपालमै राष्ट्रिय स्तरका प्रतियोगिताको आयोजना हुँदा आफूहरूलाई सहज हुने खेलाडीहरूको भनाइ छ । तेस्रो पटक प्रतियोगिता जो आज च्यासल रङ्गशालामा खेल्न पाउँदा सबै जना हर्षित भएका छन् । राष्ट्रिय खेलकुद परिषद् सदस्य एवम् पारा तथा विशेष खेलकुद प्रतियोगिता संयोजक पेमा लामा श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । सन् २०१८ मा स्थापना भएको एम्पुटी खेलकुद समाज नेपालको व्यवस्थापनमा प्रतियोगिता आयोजना गरिएको हो । समाजले गरेको यो तेस्रो फुटबल प्रतियोगिता हो ।