कलेज जीवन प्रत्येक व्यक्ति को जीवनमा हुने महत्त्वपूर्ण चरण हो । कलेज का यी चार वर्ष केबल किताबी ज्ञान मा मात्र सीमित छैनन् । बरु यतिका वर्षमा आफूलाई अब्बल तथा उत्कृष्ट बनाउने अवसर पनि हुन्छ । यो समयमा विद्यार्थीहरूले जीवनलाई कसरी अगाडी बढाउने भन्ने र विविध सीपहरूको ज्ञान बटुल्न मा महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ ।
कलेज चार वर्षलाई प्रभावकारी बनाउन कक्षा कोठामा पाठ्यसामग्री, पाठ्यबस्तु, पाठ्यक्रममा मात्र सीमित रहनु हुँदैन । आफूलाई कलेजमा हुने अतिरिक्त क्रियाकलापमा सहभागी गराई राख्नु पर्दछ । यसले गर्दा आफूमा व्यक्तित्व विकासका साथै आफ्नो पहिचान पनि बन्ने गर्दछ । साथीभाइहरूसँग बिताएको पलले जीवनको महत्त्व बुझ्न पाइन्छ । साथीहरूसँग बाहिर घुम्न जाँदा होस् या क्यान्टिन जाँदा, फिल्म हेर्न जाँदा, साथीहरूसँग कुराकानी गर्दा एक अर्कालाई बुझ्न, समस्याहरू परेको बेला सुल्झाउन र जीवनका विविध पक्षहरूसँग परिचित हुन पाइन्छ । यसले गर्दा विद्यार्थीहरूलाई सामाजिक सीप र आत्मविश्वास बढाउनमा मद्दत गर्दछ । साथीहरूसँगको संवादले विद्यार्थीहरूको सोच दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन छ । कलेज जीवनमा कलेज र प्राध्यापक हरूले किताबी ज्ञान मात्र दिन्छन् भन्ने सोचाई हाम्रो गलत हो हामीले बिताएका कलेजमा यी चार वर्षमा जीवनका महत्त्वपूर्ण पाठहरू सिकाउँछ । कलेजमा सिकेको ज्ञानका कुरा या व्यवहारिक अनुभवले हामी विद्यार्थीहरूलाई भविष्यमा आत्मनिर्भर, आत्मविश्वासी व्यक्तित्व विकास गर्नमा मद्दत गर्दछ ।
कलेजको पहिलो वर्ष हामीहरू लक्ष्य बोकी विभिन्न विद्यालयहरूबाट १२ पास गरी नयाँ ठाउँ, नयाँ परिवेश भएको कलेजमा पढ्न आएका हुन्छौँ । कोही पुराना साथीहरू भने धेरै जसो नयाँ कहिले अनुहार नदेखिएका साथीहरूसँग आफू पढ्ने कक्षाकोठामा देख्छौँ र खुसी पनि हुन्छौँ, नयाँ साथीहरू भेट्दा । तर हामीहरू सबै साथीहरूसँग महिनौँ बित्दा पनि एक अर्कासँग परिचित हुँदैनौँ, दुई चार साथीहरू बाहेक । कलेजको पहिलो वर्ष हामीहरू बिना मनसुनको आँधितुफान जस्तै हुन्छौँ । यो जीवन नै हो, एकदम सुन्दर जस्तो लाग्छ । त्यो रमाइलो पलहरूमा त्यो आँधीतुफानमा पनि साथीहरू विभिन्न लक्ष्यका साथ कलेजमा आएर पढेको पाइन्छ । कलेज जीवन सुनौलो भविष्य कोर्ने समय हो । यो समय विभिन्न चुनौती र अवसरहरूको मिश्रण हो । विद्यार्थीहरूले यी चुनौतीहरूलाई सामना र अवसरहरूलाई सदुपयोग गरेर अगाडि बढ्नुपर्छ । यस क्रममा साथीहरूको साथ आफूलाई पढाउने गुरुहरूको समर्थन हुन आवश्यक पर्दछ । कलेज जीवनमा समय व्यवस्थापन पनि महत्त्वपूर्ण हुन्छ । अध्ययन, अतिरिक्त क्रियाकलाप र सामाजिक जीवन बिच सन्तुलन राख्न आवश्यक हुन्छ । यसले विद्यार्थीहरूलाई जिम्मेवारीको बोध र अनुशासन सिकाउँछ । कलेजमा विभिन्न सामूहिक कार्य र परियोजनाहरूमा सहभागी हुँदा विद्यार्थीहरूको क्षमताको विकास हुन जान्छ । जसले गर्दा विद्यार्थीहरूको नेतृत्व क्षमताको विकास हुन्छ । यसरी उनीहरूलाई भविष्यमा सफल नेतृत्वकर्ता बन्नमा मद्दत गर्दछ ।
कलेज जीवनले विद्यार्थीहरूलाई स्वतन्त्र र आत्मनिर्भर बनाउँछ । आफ्नो निर्णय आफैँ गर्न सक्ने समस्या समाधान गर्न र जिम्मेवारी बहन गर्न सिकाउनमा मद्दत गर्दछ । कलेजका यी चार वर्षले विद्यार्थीहरूलाई भविष्यका लागि सक्षम, लगनशील, कर्मठ बन्न मद्दत गरेको देखिन्छ । यी चार वर्षमा सिकेका अनुभवले हामी विद्यार्थीहरूलाई जीवन भरी मार्गदर्शनको चित्रण वा रूपरेखा कोर्नमा मद्दत गर्दछ । कलेजले नै सफल नेता, समाज तथा व्यवस्था परिवर्तन गर्ने हक्की आँटिला सफल नेतृत्वकर्ताहरू उत्पादन गरेको हुन्छ ।
कलेज जीवनमा प्रेमको पनि उतिकै महत्त्वपूर्ण भूमिका रहेको छ । विशेष गरी ब्याचलर पढ्ने विद्यार्थीहरूका लागि कलेजका चार वर्षमा पहिलो प्रेममा परेका विद्यार्थीहरूलाई जीवन रङ्गिन र रोमाञ्चक बनाउँछ । यसले गर्दा विद्यार्थीहरूलाई भावनात्मक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउनमा मद्दत गर्दछ । कलेज जीवनमा प्रेमले विद्यार्थीहरूलाई संवेदनशील, जिम्मेवार र दिवा सपना तिर अग्रसर गराउँछ । कलेज जीवनमा परेको प्रेमप्रति जब दुई व्यक्ति पूर्ण बफादार र समर्थनशील हुन्छन् भने उनीहरूले एकअर्कालाई शैक्षिक लक्ष्यहरूमा सहयोग पुर्याउनमा मद्दत गर्दछन् । एकअर्कालाई प्रोत्साहन दिने, कठिनाइमा साथ दिने, सफलतामा खुसी साट्ने, अनुभवहरूलाई एक आपसमा साटासाट गर्ने जस्ता क्रियाकलापहरूले गर्दा एक आपसमा प्रेम अझ गाढा प्रगाढ हुने गर्दछ । पढाइमा नकारात्मक प्रभाव नपर्ने गरी प्रेमको लागि समय व्यवस्थापन गर्न एकदम आवश्यक पर्ने गर्दछ । यसरी प्रेम सम्बन्धले पनि शैक्षिक यात्रालाई सफल पार्न सकिन्छ । प्रेममा सफलता प्राप्त गर्दा आत्मसम्मान बढ्छ; जसले भविष्यमा अन्य चुनौतीहरू एक आपसमा मिलेर सामना गर्न सजिलो हुन्छ । प्रेम सम्बन्धले भावनात्मक बुद्धिमत्ताको विकास गर्नमा मद्दत गर्दछ । एकअर्काको भावना बुझ्न, सहानुभूति देखाउन र संवेदनशील बन्ने प्रक्रियाले नै विद्यार्थीहरूलाई परिपक्व बनाउनमा मद्दत गर्दछ । कलेजको प्रेम सम्बन्धले भविष्यमा दीर्घकालीन सम्बन्धको आधारशिला निर्माण गर्दछ । कलेजमा बिताएको चार वर्षको समय र अनुभवले सम्बन्धलाई गहिरो र दिगो बनाउँछ । यी सम्बन्धहरूले भविष्यमा विवाहित जीवन, परिवार र जीवनका अन्य महत्त्वपूर्ण पक्षहरूमा सकारात्मक प्रभाव पार्ने गर्दछन् ।
अतः कलेज जीवनलाई जीवनका महत्त्वपूर्ण अनुभव र व्यक्तित्व विकासको अवसरको रूपमा लिऔँ । यसरी नै जीवनलाई सफल रूपमा सार्थक बनाउन सकिन्छ । धन्यवाद ।
...................
नीरज भण्डारी
(स्ववियु सभापति)
महाकाली बहुमुखी क्याम्पस
बेलौरी, कञ्चनपुर