हरिश्चन्द्र बाग, कञ्चनपुर, २३ जेठ । कुमारी बैङ्क लिमिटेड एक प्रसिद्ध राष्ट्रिय स्तरको 'क' वर्गको वाणिज्य बैङ्क हो । यसले देशभर आफ्ना ३०२ शाखा, ४९ वटा एक्सटेन्सन काउन्टर, ६७ शाखारहित बैङ्किङ इकाईहरू मार्फत आधुनिक बैङ्किङ प्रविधि मार्फत बैङ्किङ सेवा प्रदान गर्दै आएको छ । काठमाडौँ उपत्यका भित्र र बाहिर ३१४ एटिएम राखिएको छ । ईशान मेमोरियल अस्पताल कञ्चनपुरको बेलौरी बजारमा अवस्थित छ । यसले उक्त क्षेत्रमा एक उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
अब कुमारी बैङ्क लिमिटेडले ईशान मेमोरियल अस्पतालसँग गठबन्धन गर्ने समझदारी गरेको छ । ताकि कुमारी बैङ्क लिमिटेडका सबै कर्मचारीहरू र उनीहरूको नजिकका परिवारका सदस्यहरू, खातावालाहरू, डेबिट/क्रेडिट कार्ड धारकहरू र मोबाइल बैङ्किङ प्रयोगकर्ताहरूले विशेष छुट दरहरूमा सेवाहरू प्राप्त गर्न सकुन् । त्यसैका लागि कुमारी बैङ्क लिमिटेड र ईशान मेमोरियल अस्पताल बिच समझदारी भएको हो । ईशान मेमोरियल अस्पतालबाट Echo, Pathology, X-Ray, USG, Endoscopy, Normal Bed, HDU Bed, A/C Cabin, Surgery, Colonoscopy र ICU/NICU मा २० प्रतिशत र Medicine मा ८ प्रतिशत छुट सुविधा दिने समझदारी पत्रमा उल्लेख छ ।
उल्लिखित छुट सुविधाहरू प्राप्त गर्नको लागि कुमारी बैङ्क लिमिटेडका कर्मचारी सदस्यहरू र डेबिट/क्रेडिट कार्ड धारकहरूले अनिवार्य रूपमा आफ्नो मान्य डेबिट/क्रेडिट कार्डहरू देखाउनु पर्ने छ भने छूट सुविधा प्राप्त गर्न कर्मचारीहरूले आफ्नो कर्मचारी परिचयपत्र प्रस्तुत गर्नुपर्ने भनिएको छ । उक्त सम्झौता बमोजिम छूटहरू प्रदान नगरिएको सम्बन्धमा विवाद वा गुनासोहरू सौहार्दपूर्ण रूपमा समाधान गर्न दुवै पक्ष सहमत छन् ।
यो व्यवस्था बारे सबै कुमारी बैङ्क लिमिटेडले आफ्ना कर्मचारी सदस्यहरू, खाता धारकहरू, डेबिट/क्रेडिट कार्ड धारकहरू र मोबाइल बैङ्किङ प्रयोगकर्ताहरू समक्ष प्रचारात्मक उपकरणहरू मार्फत, जस्तै प्रेस विज्ञप्ति, वेबसाइटहरू, फेसबुक पृष्ठहरू, सामान्य सूचना, ब्रोशर आदिका माध्यमबाट जानकारी प्रदान गर्ने छ । बैङ्कले आतिथ्य साझेदारको रूपमा आफ्नो विवेकमा सबै प्रचार सामग्रीहरूमा ईशान मेमोरियल अस्पतालको लोगो लगाउने छ ।
समझदारी पत्रमा बैङ्कको तर्फबाट कुमारी बैङ्क लिमिटेड बेलौरी शाखाका शाखा प्रबन्धक रवीन्द्र के.सी र सम्बन्ध अधिकारी शिवराज पन्तले हस्ताक्षर गर्नु भएको छ भने ईशान मेमोरियल अस्पतालको तर्फबाट प्रबन्ध निर्देशक पूजा भट्टले हस्ताक्षर गर्नु भएको ईशान मेमोरियल अस्पतालका अध्यक्ष आई जङ्ग कुँवरले जानकारी दिनुभयो ।