कविता
'विद्यार्थी जीवन'
पढ्ने उद्देश्यले आई शहरमा बस्नेहरूको कथा
गाह्रो साह्रै अभाव झेल्न लौ यहाँ गोजी छ रित्तो सदा ।
छाकै टार्ने साँझ बिहान कसरी चिन्ता छ है जब्बर
पाइँदैन खोज्दा जागिर कतै खै धायो हजारौँतिर ।।
पुग्ने सामल, पैसा, किताब, कपडा सारा जुटेका दिन
चिन्ता कुनै नभई स्वच्छ मनले पढ्दै गरेका क्षण ।
छैनन् याद रमाइला क्षण यहाँ निश्चितताका कुनै
भोक, दुःख,अभावले हृदयमा डेरा बसाए सधैँ ।।
देखिन्छन् नौला वस्त्रहरू पसलमा लोभिन्छ साह्रै मन
खानाका भिन्न भिन्न थरी अहा! बास्ना चलेका झन् ।
गाह्रो धान्नै छ पढाइ खर्च कपडा फेरौँ यहाँ के गरी
बाटो केही छैन कमाउने तर अझै बढ्दो छ खाँचो अति ।।
हुन्छन् चिज अनेक सुन्दर अहा! के गर्नु पैसा बिना
हेर्ने मात्रै सब यथेष्ट दिलले सामर्थ्य भोग्ने कहाँ ।
मुर्झाए त्यसै चाहना र सपना केही नयाँ जन्मिए
हाँसो रोदन सब भोगिए रहरका घाँटी सयौँ रेटिए ।।
-माहेश्वरी भट्ट, भीमदत्त नगरपालिका-१८, कञ्चनपुर