बहर :- मुतकारिब मुसम्मन सालिम
अर्कान् :- १२२ १२२ १२२ १२२
काफिया :- अन
रदिफ :- जिन्दगीको
म खोज्दै छु मेरै लगन जिन्दगीको
नटिप्दै हरायो रतन जिन्दगीको
छ आलाप मनभित्र झन् तान उनकै
नहोस् चाहे रागीयपन जिन्दगीको
वदन आज मेरो सुकी काठजस्तै
भयो प्रेम साह्रै जलन जिन्दगीको
निभेको छ धिपधिप गरी दिलको बाती
हरायो निशामैँ अमन जिन्दगीको
अचानक छोड्यौ सत्यलाई त्यसैले
भयो प्रेम सस्तो कफन जिन्दगीको
✍️ सत्यराज जोशी 'पङ्कज'
बेलौरी न.पा. १० शिवनगर, कञ्चनपुर