कञ्चनपुर, १० माघ । अष्ट्रेलियामा रहेका नेपाली समुदायले त्यहाँ फालिएका खाली बोतल संकलन गरेर नेपालमा शिक्षा क्षेत्रमा सहयोग गरिरहेका छन् । कलेक्टिङ एण्ड एजुकेट नामक अभियान सञ्चालन गरेर नेपालीहरुले अष्ट्रेलियाका सार्वजनिक क्षेत्रमा फालिएका बोतल संकलन गरेर नेपालमा शिक्षा क्षेत्रमा सहयोग गरेका हुन् ।
त्यहाँको सरकारले स्वच्छ वातावरण कायम गर्न खाली बोतल संकलन गरेर सरकारलाई बुझाए बाफत रकम दिने घोषणा गरेपछि नेपाली समुदायले अभियान सञ्चालन गरेको पाइन्छ । यसैबीच, कलेक्टिङ एण्ड एजुकेट अभियानले शुक्रबार कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १२ ओदाली स्थित विपि कोइराला आधारभूत विद्यालयमा स्टेशनरी वितरण गरेको छ ।
विपन्न, गरिब समुदायका बालबालिकाको शैक्षिक क्षेत्रमा पहुँच पु¥याउने उद्देश्यले उक्त विद्यालयमा स्टेशनरी वितरण गरिएको हो । विद्यालयमा रहेका गरीब, विपन्न, दलित समुदायका बाल विकास र कक्षा १ मा अध्ययनरत बालबालिकाहरुलाई कापी, कलम, पेन्सिल वितरण गरेको छ । कलेक्टिङ एण्ड एजुकेट संस्थाका कार्यकारी निर्देशक मोहन भट्टले अष्ट्रेलियन सरकारले जथाभावी फालिएका बोतल संकलन गरेपछि एक बोतल बाफत नेपाली ८ रुपैँया दिने घोषणा अनुसार सन् २०१७ देखि नै त्यहाँ बस्ने नेपाली समुदायले अभियान संचालन गरेको बताउनु भयो ।
आफुहरुको संस्था विशुद्ध सामाजिक अभियान भएकोले कुनै एनजिओ आइएनजिअो नभएको स्पष्ट पार्नुभयो । उहाँका अनुसार भुकम्प गएको सिन्धुपलान्चोक जिल्लाको एक सामुदायिक विद्यालयमा मिस नेपाल अनुष्का श्रेष्ठ मार्फत शिक्षकलाई तलब दिइएको थियो ।
को हुन्, भट्ट ?
पोखरा ईन्जिनियरिङ्ग कलेजबाट एमई गरेका भट्ट भीमदत्त नगरपालिका ६ ऐठपुरका स्थानीय हुन् । उनले अष्टे«लियामा नर्सिङ्ग आरएन समेत गरेका छन् । भट्टले नेपालमा पढाईबाट बञ्चित हुने समुदायका बालबालिकाको शिक्षामा सहयोग गर्ने उदेश्यले कलेक्टिङ एन एजुकेटका संस्थापक हुन् । आगामी दिनमा समेत यस्तै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि सहयोग गरिने भट्टले प्रतिबद्धता जाहेर गरे ।
खाली बोतल संकलन गरेर त्यहाँ वातावरणमा समेत सुधार हुने, यता नेपालमा गरिब तथा विपन्न समुदायको शिक्षाका लागि सहयोग दुवै देशका लागि कार्यक्रमबाट फाईदा भएको छ । विद्यालयका प्रअ बिरुराम सार्कीले ९१ प्रतिशत गरिब, दलित समुदायका बालबालिका अध्ययनरत विद्यालयमा शैक्षिक समाग्री वितरणबाट केही राहत पुग्ने बताए । ‘कक्षाकोठामा विद्यार्थी पुग्छ, ‘प्रअ सार्कीले भने, ‘उ संग न कापि न कलम हुन्छ ।’
सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न समुदायका बालबालिकाको शैक्षिक सुधारका लागि अष्टे«लियामा रहेरपनि नेपाली विद्यार्थीको लागि गरेको काम सरानिय भएको प्रअको भनाई छ । कलेक्टिङ एन एजुकेट नेपाल(कञ्चनपुर)का संयोजक कर्णदेव भट्टले आगामी दिनमा कञ्चनपुरको दक्षिण ग्रामीण भेगका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, विपन्न, दलित आदिवासी समुदायका बालबालिकालाई सहयोग गरिने बताए ।
स्थानीयले नियमित आफ्नो काम बाहेकको समयमा खाली बोतल संकलन गरेर आफ्नो मातृभूमीका लागि गरेको प्रयास सरानिय भएको प्रसंसा गरेका छन् । भीमदत्त नगरपालिका १२का वडा सदस्य डम्बर दत्त भट्टको प्रमुख आथित्यमा सम्पन्न भएको कार्यक्रमको संचालन विद्यालयका शिक्षक गणेश महरले गरेका थिए । कार्यक्रममा जनप्रतिनिधी, विद्यार्थी, अभिभावक, शिक्षक लगायत स्थानीयको उपस्थिति रहेको थियो ।