तर्कराज भट्ट, डडेलधुरा, १३ भदौ । जिल्ला प्रहरी कार्यालय डडेलधुरामा एक महिनाको अवधिमा १७ मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डडेलधुराले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक महिनाको अवधिमा विभिन्न घटनामा १७ मुद्दा दर्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार आर्थिक वर्ष २०८०।८१ को पहिलो साउन महिनामा सार्वजनिक हित स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताको विरुद्ध कसुर सम्बन्धी २ मुद्दा दर्ता भएका छन् । रुखबाट लडी मृत्यु÷भवितव्य ज्यान अन्तरगतको एउटा, झुण्डिएर आत्महत्याका ३ , लागु औषध खैरो हिरोइन र चरेस सम्बन्धीका ३ ओटा मुद्दा दर्ता भएका छन् । जबरजस्ती करणी पश्चात् कर्तव्य ज्यान सम्बन्धीको एउटा मुद्दा दर्ता भएको छ । ज्यान सम्बन्धी २ ओटा मुद्दा दर्ता भएका जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले बताए ।
उनका अनुसार शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था विरुद्ध एक हजार पाँच सय ४४ वटा निवेदन परेका छन् । यस्तै डडेलधुरामा एक महिनाको अवधिमा तीन सय ओटा सवारी साधन कारबाहीमा परेका छन् । कारबाहीमा परेका सवारी साधनबाट एक लाख ६५ हजार राजश्व सङ्कलन भएको छ । ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ लाई पनि तीव्रता दिएको प्रहरीले जिल्लाका विभिन्न स्थानमा एक महिनामा ट्राफिक जनचेतनाका २, बहु–विवाह÷बाल विवाह सम्बन्धीका २० ओटा जनचेतनामूलक कार्यक्रम गरेको छ ।
लागु औषध रोकथाम तथा न्यूनीकरणका १३, आत्महत्या रोकथाम तथा न्यूनीकरणका ७, जबरजस्ती करणी सम्बन्धीका ६, महिला हिंसा सम्बन्धीका ६, घरेलु हिंसा सम्बन्धीका ४, बाल यौन दुर्व्यवहार सम्बन्धीका ३, सामाजिक सञ्जालको दुरुपयोग सम्बन्धीका ५, अन्तर्राष्ट्रिय मानव बेचबिखन तथा ओसारपसार सम्बन्धीका ३, महिला हिंसाका १० तथा लैङ्गिक हिंसा विरुद्ध ३ ओटा जनचेतनामूलक कार्यक्रम गरिसकेको छ । जिल्ला प्रहरी कार्यालयमा एक महिनाको अवधिमा घरेलु हिंसा सम्बन्धी चार ओटा उजुरी परेकोमा एउटा फर्छ्यौट भएको, २ ओटा सम्बन्धित निकायमा पठाएको र बाँकी एउटाको अनुसन्धान भइरहेको छ । महिला हिंसा सम्बन्धीका ४ ओटा मुद्दा परेकोमा सबै फर्छ्यौट भएका जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।