किशोर तमाङ्ग, कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा दोस्रो नगर स्तरीय तथा बाह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता एक कार्यक्रमका बीच उद्घाटन भएको छ । पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाको सभापतित्व र सुदुर पश्चिम प्रदेशका उधोग ,बन तथा वातावरण पर्यटन मन्त्री माया भट्टको प्रमुख आतिथ्य तथा नगर उपप्रमुख शारदा बिष्टको विशिष्ट अतिथ्यता रहेको कार्यक्रममा जनप्रतिनिधिहरु राजनीतिक दलका प्रमुखहरु, विभिन्न बिद्यालयहरु का प्र.अ. तथा विद्यार्थीहरु, सुरक्षा निकाय, पत्रकार एवं विभिन्न संघ- संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथ्यिका लागि पुनर्वास पुग्नुभएकी सुदुर पश्चिम प्रदेशका उधोग ,बन तथा वातावरण पर्यटन मन्त्री माया भट्टले दोस्रो नगर स्तरीय तथा बाह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको पानसमा बत्ति बालेर र ब्यानर बाचन गरी उद्घाटन गर्नुभएको थियो । प्रमुख अतिथिको तर्फबाट बोल्नु हुँदै मन्त्री भट्टले स्वच्छ रुपमा प्रतिस्पर्धा गरेर खेलको बिजेता बन्न बिद्यार्थीहरुलाई शुभकामना दिनुभएको थियो । यस क्षेत्रको पर्यटन बिकास नै नगरपालिकाका बिकास हुने हुँदा पर्यटन विकासमा सबैलाई लाग्न अनुरोध गर्दै प्रदेशबाट पर्यटन विकासका लागि आफुले पनि पहल गरि सहयोग गर्ने बताउनुभयो ।
सभाध्यक्षको तर्फबाट बोल्नुहुदै नगर प्रमुख तथा नगर खेलकुद बिकास समितिका संयोजक जिवनराज थापाले पुनर्वासको खेलकुद विकास र पर्यटन विकासमा प्रदेश सरकारले सहयोग गर्नुपर्ने भन्दै मन्त्री भट्टको ध्यानाकर्षण गराउनुभएको थियो । पुनर्वास नगरपालिका ६ स्थित पुनर्वास जनता माध्यामिक बिधालयको खेल मैदानमा सञ्चालन भइरहेको दोस्रो नगर स्तरीय तथा बाह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा पुनर्वास नगरपालिका अन्तर्गतका २३ ओटा निजि तथा सामुदायिक बिधालयहरुको सहभागिता रहेको सो दोस्रो नगर स्तरिय तथा बाह्रौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि आठ लाख बजेट बिनियोजित गरिएको छ ।
प्रतियोगिता माघ ७ गतेबाट सुरु भइ माघ ११ गते सम्म सञ्चालन हुने प्रतियोगितामा ज्याम्लिन थ्रो , सटपट , लङजम्प , हाईजम्प ,लामो तथा छोटो दुरिको दौड ,भलिबल ,कबड्डी र मार्सल आर्ट्स जस्ता खेलहरु खेलाइने सचिवालय संयोजक भरत बोहराले जानकारी दिनुभयो । पुनर्वास नगर खेलकुद बिकासका सदस्य तथा दोस्रो नगर स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका संयोजक खडक बिक्रम थापाको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमलाई नगर खेलकुद बिकास समितिका सचिव लालमन तामाङले सञ्चालन गर्नुभएको थियो ।