कञ्चनपुर, ०२ असार । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बेलौरीले तेस्रो नगर परिषद् गरेको छ । बेलौरीको पर्यटकीय क्षेत्र शोभातालमा शनिबार आयोजित तेस्रो नगर परिषद्मा पेसागत र साङ्गठनिक विषयवस्तुमा चर्चा गरिएको छ । सङ्गठनका नगर सचिव परमानन्द जोशीले प्रस्तुत गर्नुभएको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष इन्द्रदेव भट्टद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनमाथि छलफल गरी परिषद्ले पारित गरेको छ । यसका साथै बेलौरी नगर क्षेत्र भित्रका समसामयिक शैक्षिक समस्या र समाधानका लागि समसामयिक प्रस्ताव पारित गरेको सङ्गठनका नगर अध्यक्ष दीपेन्द्र कुमार चौधरीले बताउनु भयो ।
कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बेलौरी नगर अध्यक्ष दीपेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कञ्चनपुरका अध्यक्ष वेद प्रसाद उपाध्याय रहनुभएको थियो भने विशिष्ट अतिथि नेकपा (एमाले ) कञ्चनपुरका सचिव पल्लवराज भट्ट र बेलौरी नगर उप–प्रमुख जोगराम चौधरी रहनुभएको थियो । त्यसै गरी अन्य अतिथिहरूमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला सह–सचिव सत्या रोकाया, केन्द्रीय प्रतिनिधि हरि प्रसाद रिजाल, जिल्ला समिति सदस्य हरिश प्रसाद ओझा, गीता रेग्मी, खडग रेग्मी, कुल बहादुर खड्का, लेखा समिति सदस्य नन्दलाल चौधरी, नेपाल बुद्धिजीवी परिषद् कञ्चनपुर जिल्ला सदस्य लाल बहादुर चौधरी, पेसागत महासङ्घ नेपालका केन्द्रीय सदस्य जयन्ती पन्त, नेकपा एमाले बेलौरी नगर अध्यक्ष बाबुराम न्यौपाने, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन प्रदेश प्रतिनिधि राम सिंह विष्ट र रामदत्त भट्ट रहनुभएको कार्यक्रमको सहजीकरण नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बेलौरी नगर सचिव परमानन्द जोशी र सदस्य लाल बहादुर शाहीले गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य नगर समिति सदस्य दुर्गा शर्मा खनालले राख्नुभएको थियो भने सङ्गठनका प्रदेश प्रतिनिधि रामसिंह बिष्ट, जिल्ला समिति सदस्य गीता रेग्मी, जनजागृति पुष्पलाल स्मृति माविका प्रधानाध्यापक वृषलाल विश्वकर्मा, नेपाल बुद्धिजीवी परिषद्का जिल्ला सदस्य लाल बहादुर चौधरी, पेसागत महासङ्घ नेपालका केन्द्रीय सदस्य जयन्ती पन्त, केन्द्रीय प्रतिनिधि हरि प्रसाद रिजालले समसामयिक शैक्षिक समस्या र पेसागत हकहितका बारेमा धारणा राख्दै परिषद्को पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । त्यसै गरी नेकपा (एमाले) बेलौरी नगर कमिटी अध्यक्ष बाबुराम न्यौपाने, विशिष्ट अतिथि द्वय बेलौरी नगर उप–प्रमुख जोगराम चौधरी र नेकपा(एमाले ) जिल्ला कमिटी सचिव पल्लवराज भट्ट तथा प्रमुख अतिथि सङ्गठनका जिल्ला अध्यक्ष वेद प्रसाद उपाध्यायले समसामयिक शैक्षिक विषयमा आ–आफ्नो धारणा सहित शुभकामना मन्तव्य राख्नुभएको थियो ।