हरिश्चन्द्र बाग, कञ्चनपुर, २७ फागुन । नेपाली काँग्रेस निकट नेपाल शिक्षक सङ्घ कञ्चनपुरको नयाँ कार्यसमिति चयन गरिएको छ । नेपाल शिक्षक सङ्घ कञ्चनपुरको शनिबार महेन्द्रनगरमा भएको ९ औँ जिल्ला अधिवेशनको बन्द सत्रबाट जिल्ला अध्यक्षमा बेलौरी नगरपालिका वडा नम्बर २ गोकुलपुरमा रहेको लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरेन्द्र सिंह भण्डारीलाई सर्वसम्मत चयन गरिएको छ ।
उपाध्यक्षमा ईन्द्रा साउद र नवीन सिंह धामी, सचिवमा विष्णुदत्त जोशी, अर्थ सचिवमा धर्मराज पण्डित, सहसचिवमा चक्र बहादुर महरा, महिला सहसचिवमा ज्योति बोहरा, अर्थ महिला सहसचिवमा गीता रावल, समावेशी सहसचिवमा राम बहादुर राना र वीर बहादुर विक तथा सदस्यहरूमा गणेशदत्त शर्मा, दानसिंह सावद, विष्णुदत्त पाण्डेय, महावीर चन्द, देवी शाह (चन्द), हर्का बोहरा र ईश्वरी भट्टलाई चयन गरिएको छ ।
यस्तै ९ औँ जिल्ला अधिवेशनको बन्द सत्रबाट सङ्घीय प्रतिनिधिमा यज्ञराज पण्डित, टेकराज अवस्थी, पुष्पराज भट्ट, दुर्गा प्रसाद शर्मा, नेत्र बहादुर पनेरु, राधिका कोइराला र जानकी जोशी (भट्ट) तथा प्रदेश प्रतिनिधिमा विष्णु सिंह भण्डारी, मीन बहादुर कठायत, करण सिंह धामी, अम्मर बहादुर बुढा, नारायण प्रसाद अर्याल, पदमा भण्डारी (साउँद), वसुन्धरा खत्री र ज्ञानु ऐरलाई सर्वसम्मत रूपमा चयन गरिएको बताइएको छ ।