हरिश्चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा 'सहयोगी हात, सहयोगी मुस्कान' नामक संस्था स्थापना गरिएको छ । बुधबार समाजमा सेवा पुर्याउने उद्देश्यका साथ बेलौरी नगरपालिका भित्र बसोबास गर्दै आइरहेका केही सक्रिय युवाहरूको समूहले बेलौरीमा 'सहयोगी हात, सहयोगी मुस्कान' नामक गैर नाफामूलक संस्था स्थापना गरेको हो ।
भेलामा उपस्थित मध्ये ज्येष्ठताको आधारमा लेखापढी व्यवसायी तारा बिष्टको अध्यक्षतामा बसेको भेलाले १७ सदस्यीय कार्यसमिति, ४ सदस्यीय सल्लाहकार समिति, १ जना कानुनी सल्लाहकार र ७ जना प्रेस सल्लाहकार चयन गरेको छ । कार्यसमितिको अध्यक्षमा सुरेश कुमार बडायक, उपाध्यक्षमा धर्मेन्द्र गिरी, भेषराज चौधरी र आइ.जङ्ग.कुँवर, सचिवमा शिशिर चापागाईँ, सहसचिवमा राजेन्द्र चन्द, कोषाध्यक्षमा उर्मिला चौधरी तथा सदस्यहरूमा रामसिंह बुडाल, मनोज चन्द, प्रविन कुँवर, लक्ष्मण सिंह साउँद, माधव ढकाल, वासु देव क्षेत्री, उपजङ्ग शाह, मञ्जु सुनार, नरेन्द्र सिंह नगारी र कनैया रानालाई चयन गरिएको छ ।
त्यस्तै लक्ष्मण सिंह दियाल, सुरज श्रेष्ठ, प्रेम सिंह थापा र विजयालक्ष्मी श्रेष्ठलाई सल्लाहकार समितिमा तथा कानुनी सल्लाहकारको रूपमा तारा बिष्टलाई चयन गरिएको छ । बेलौरीमा क्रियाशील सबै पत्रकारहरूलाई प्रेस सल्लाहकारको रूपमा हेरिएको छ । संस्थाले आगामी दिनहरूमा समाजमा घटिरहेका विकृत र विसङ्गति विरुद्ध आवाज उठाउने, भवितव्य घटनाहरूमा सहयोग गर्ने लगायतका कार्य गर्ने बताइएको छ ।