दिनहुँ हुने हत्या र बलात्कार
तीन वर्षे बहिनी देखि
त्रियानब्बे वर्षिया हजुरआमासम्म
सिकार बनिरहेका यी समाचार हेर्दाहेर्दै
म डराउन थालेकी छु बाबा ।
बलात्कार पछि हत्या भनेको के हो बाबा ?
अचानक फेरि दुधे ओठको तोते बोली
हजारौं नानीहरू यस्तै प्रश्न गर्दै छन् ।
बुझ्ने छोरीहरू समाचार सुन्दै अन्तालिए,
दाजुभाइको आँखाले साच्चै अचेल
दिदीबहिनी देख्नै छोडेको छ ।
म डराउन थालेकी छु बाबा ।
हेर्नुस न बाबा,
विहान ब्युिझदैँ डर लाग्छ
सुनौलो विहानी पनि अँध्यारो रात लाग्छन।
किनकी,
समाचारले मलाई डराउछ बाबा,
हजुरले मलाई धर्तीमा पाईला टेकाउनु भयो,
पढाउनु भयो र संसार चिनाउनु भयो,
मलाई मेरो बाबा नै मन पर्छ।
बिन्ती है त बाबा,
हजुर मेरो बाबा भन्दा अन्य पुरुष नबन्नुस।
सानोमा हजुरमाले सुनाउनु हुन्थ्यो ,
भुतका डर लाग्दा कथाहरु
जसका लामा-लामा नङग्रा चिर्थोने गर्छ।
आजकाल त्यहीँ भुत झै नजरभरि,
नाचिरहन्छन यी पुरुष ।
पुरुष देखि कता-कता डर लाग्छ।
किनकी,पुरुषले बलात्कार गर्छ बाबा
खै हेर्नू त बाबा फेरि,
तीनवर्षे बालिकाको समाचार आयो
बाबा मलाई अति डर लाग्यो ।
⇒ इन्द्रा धामी 'इन्दु', भीमदत्त १८, कञ्चनपुर