हरिश्चन्द्र बाग, कञ्चनपुर, ०१ भदौ । कञ्चनपुरमा नागरिक उन्मुक्ति पार्टीको २३ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ । बुधबार नागरिक उन्मुक्ति पार्टीका जिल्ला अध्यक्ष नन्द कुमार रानाको अध्यक्षतामा बैठक बसी जिल्ला कमिटी गठन गरिएको बताइएको छ । प्राप्त जानकारी अनुसार, नागरिक उन्मुक्ति पार्टीको कञ्चनपुर जिल्ला अध्यक्षमा नन्द कुमार राना, उपाध्यक्षमा बन्दिराम डगौरा, सचिवमा पीताम्बर चौधरी, सहसचिवमा पतिराम चौधरी र कोषाध्यक्षमा सम्झना चौधरीलाई सर्वसम्मत चयन गरिएको छ ।
त्यस्तै, सदस्यहरूमा जगदीश निरौला, लक्ष्मण डगौरा, रामकुमारी राना, बिन्दु प्रसाद चौधरी, हेमन्त राज उपाध्याय, विष्णु चौधरी, खेमराज बडू, विमल चौधरी, पार्वती चौधरी, सुरेश चौधरी, सुगम चौधरी, डुठ्ठा राना, पल्टु राना, राजमान चौधरी, कलावती चौधरी, तिलक चौधरी, इतवारी राना, सुग्रीव चौधरीलाई निर्विरोध चयन गरिएको पार्टीका जिल्ला सचिव पीताम्बर चौधरीले जानकारी दिनुभएको छ ।