कञ्चनपुर । कञ्चनपुर उद्योग वाणिज्य संघको नयाँ कार्य समिति चयनका लागि असार २५ गतेका दिन हुने निर्वाचनका लागि पीताम्बर जोशी प्यानलले शनिबार महेन्द्रनगरमा पत्रकार सम्मेलन मार्फत एजेन्डा घोषणा गरेको छ । एजेन्डा घोषणा कार्यक्रममा अध्यक्षका प्रत्याशी जोशीले निजी क्षेत्रको संस्थागत विकास गर्दै जिल्लाका आम उद्योगी व्यवसायीका साझा समस्या समाधान गर्दै, व्यापार उद्योग प्रवर्द्धनको संस्थागत विकास गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । अधिकांश पूर्व अध्यक्ष एवम् पदाधिकारीहरूको साथ समर्थन पाएका जोशीको प्यानलका चार पदाधिकारी यस अघि नै निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा दिनेश मल्ल, उद्योग उपाध्यक्ष सुरेश गुरुङ, सचिव राहुल भट्ट र कोषाध्यक्षमा चेतराज जोशी निर्विरोध निर्वाचित भएका हुन् । अब अध्यक्षका लागि पीताम्बर जोशी सहित उनको प्यानलबाट वाणिज्य उपाध्यक्ष धर्मसिंह रावल र महासचिव खगेश्वर बोहरा चुनावमा होमिएका छन् ।
पत्रकार सम्मेलनमा वाणिज्य संघका केही पूर्व अध्यक्ष एवम् पदाधिकारीहरूले पीताम्बर जोशी प्यानललाई साथ समर्थन रहेको घोषणा गरेका छन् । पूर्व अध्यक्ष माधव प्रसाद भट्टले संस्थागत विकास र संस्कारका लागि एक पटक वरिष्ठ उपाध्यक्ष भइसकेका युवा उद्यमी व्यवसायी पीताम्बर जोशीलाई जिताउन आव्हान गरेका छन् । वाणिज्य संघका वर्तमान अध्यक्ष जङ्ग बहादुर मल्लले अहिलेको आवश्यकता अनुरूप पीताम्बर जोशीको टिम निर्माण भएकाले संस्थाको विकासका लागि पीताम्बर जोशीको प्यानललाई बहुमतका साथ निर्वाचित गराउन आव्हान गरेका छन् । पत्रकार सम्मेलनमा महासचिव खगेश्वर प्रसाद बोहराले प्यानलले अघि सारेको घोषणा पत्र सार्वजनिक गर्दै साना, ठुला सबै उद्योगी व्यवसायीको हकहितका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । पीताम्बर जोशी प्यानलमा अब्बल पदाधिकारी आएको भन्दै उनले सहयोगका लागि अपिल समेत गरेका छन् ।
वाणिज्य संघमा चार पदाधिकारी सहित एघार जना निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा दिनेश मल्ल, उद्योग उपाध्यक्षमा सुरेश गुरुङ, सचिवमा राहुल भट्ट र कोषाध्यक्षमा चेतराज जोशी निर्विरोध निर्वाचित भएका छन् । त्यसै गरी कार्यकारिणी समितिको सात जना सदस्य समेत निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरूमा भोजराज अवस्थी, प्रदीप पाल, मीनराज भट्ट, प्रेमप्रकाश पाठक, विशाल सोनार, गोपालसिंह बुडापाल, नरेन्द्र प्रसाद जोशी र संस्थागत सदस्यतर्फ चन्द्र बुडा निर्वाचित भएका छन् । अध्यक्ष, वाणिज्य उपाध्यक्ष र महासचिव पदका लागि असार २५ गते निर्वाचन हुनेछ । अध्यक्ष पदका लागि पीताम्बर जोशी र गणेश जोशी चुनावी प्रतिस्पर्धामा उत्रिँदै छन् । त्यस्तै वाणिज्य उपाध्यक्षमा धर्मसिंह रावल र विनोद जोशी बिच प्रतिस्पर्धा हुनेछ भने महासचिव पदमा निर्मला सापकोटा भट्ट र खगेश्वर बोहरा चुनावी मैदानमा उत्रिएका छन् । उद्योग वाणिज्य संघमा जिल्ला भरी छरिएर रहेका तीन हजार दुई सय भन्दा बढी व्यापारी÷व्यवसायी निर्वाचनमा मतदाता रहेका छन् ।
यस्ता छन् पीताम्बर जोशी प्यानलका एजेन्डाहरू ः