कञ्चनपुर, १३ असार । युवा अवस्थामै व्यापार र व्यवसायको सफल बागडोर सम्हाल्दै सामाजिक क्षेत्रमा पनि लोभलाग्दो परिचय बनाएका युवा व्यवसायी दिनेश मल्ल आसन्न कञ्चनपुर उद्योग वाणिज्य सङ्घको वरिष्ठ उपाध्यक्ष पदमा चुनावी प्रतिस्पर्धामा होमिँदै छन् । कञ्चनपुरको महेन्द्रनगरलाई व्यवसायको केन्द्र बनाएर मुलुकका विभिन्न भागमा निर्माण व्यवसायका साथै ट्रेडिङ्ग सँगै हाइड्रोमा पनि लगानी गरेर व्यवसायलाई विस्फोटक रूपमा अघि बढाएका मल्ल महेन्द्रनगरमा सफल मध्येका व्यापारीमा पर्छन् ।
यसअघि कञ्चनपुर उद्योग वाणिज्य सङ्घको कार्यसमितिमा दुई पटक काम गरिसकेका मल्ल दुई पटक मुलुकमा कोरोना महामारीमा धेरैका लागि जीवनदाता बने । उनलाई महेन्द्रनगरमा कोभिड हिरोका रूपमा परिचय दिँदा कसैलाई अमान्य हुँदैन । युवा पिँढीमाझ सबैसित सुमधुर सम्बन्ध बनाएका मल्ल उद्योग वाणिज्य सङ्घलाई राजनीतिक दलको रूपमा हेर्न नहुने बताउनु हुन्छ । परिस्थिति जस्तो सुकै भए पनि जहिल्यै व्यापारमा सक्रिय मल्लले विगतमा सामान्य व्यापारबाट यस क्षेत्रमा आएको बताउँछन् ।
निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थामा निजी क्षेत्रमा लामो समय सक्रिय पात्र नेतृत्वमा आउनुपर्नेमा उहाँको जोड छ । “हाम्रो काम नेतृत्वमा गएर यहाँ औद्योगिक क्षेत्रको विकासदेखि बामेसरेको सुख्खाबन्दरगाह बनाउन सकरात्मक दबाब दिने र लगानीमैत्री वातावरण तयार गर्ने हो ।”उनले भने– “व्यक्तिगत परिचय बनाउन मात्रै संस्थामा जान तछाममछाड गर्दा नीजि क्षेत्रको संस्थाको गरिमा साघुरिदैछ ।” अबौंको कारोबार गरिरहेका मल्ल सामाजिक भूमिका कहिल्यै पछि नहट्ने व्यक्तिमा पर्छन् ।
कोरोनाको पहिलो लहरमा कञ्चनपुरको गड्डाचौकी नाकाबाट पानीको प्यास नपाएर छटपटिएर स्वदेश फर्किरहेका नेपालीहरूलाई निःशुल्क भोजनको व्यवस्थापनमा मल्लको भूमिका नेतृत्वदायी रह्यो । दर्जनौँ युवा, व्यापारी, व्यवसायीहरूलाई मल्लले दश दिन भन्दा बढी समयसम्म निःशुल्क भोजनको पुण्य काममा हातेमालो गरेर भोक मार्न सक्रिय रहे । “तीन दिनसम्म स्वदेश फर्किनेहरू पानीसम्म नपाएर तड्पिएर भूमि प्रवेश गर्दै थिए ।” विगत सम्झिँदै मल्लले भने–“त्यहाँ कहाली लाग्दो अवस्थामा हामी कोरोनालाई बेवास्ता गरेर भोजनको व्यवस्थापनमा लाग्यौँ ।”
युवाहरूको उक्त टिमलाई मुलुक बाहिर रहेकाहरूबाट पनि सहयोग आउन थाल्यो । बचेको रकमले यहाँ स्थित महाकाली अञ्चल बाल अनाथालयलाई सहयोग गरेर आर्थिक हरहिसाब रफादफा भयो । नाकाबाट भित्रिने २२ हजार भन्दा बढीलाई खाना खुवाएर सबैको मनमष्तिष्कमा पसेका मल्लसहितको टिम कोरोनाको दोस्रो कहरमा पनि चुप लागेर बसेनन् । दोस्रो लहर झन् कहालीलाग्दो थियो । मृत्युदर बढी अस्पतालमा अक्सिजन सिलिण्डरको चरम अभाव भइरहँदा मल्ल परिवार नै कोरोनाको चपेटामा प¥यो । महाकाली अस्पतालमा मात्रै दर्जन बढी स्थानीयहरू अक्सिजन नपाएर छटपटाएको देखेर कोरोना सङ्क्रमण भएका मल्लले अस्पताललाई निःशुल्क अक्सिजन उपलब्ध गराउने हिम्मत गरे ।
“अस्पतालमा परीक्षणका लागि जाँदा सङ्क्रमितहरू मृत्युसित लडिरहेको दृश्य अहिले पनि सम्झिन्छु ।” उनले भने–“ त्यसपछि सक्दो सहयोग गर्नुपर्छ भनेर दैनिक ५० देखि १०० सिलिन्डर आफ्नै सवारीबाट ढुवानी गरेर अस्पताललाई दिन थाले ।” महाकाली प्रादेशिक अस्पतालमा त्यो बेला मुस्किलले दैनिक बढीमा १० वटा अक्सिल रि–फ्युल हुन्थ्यो । मल्लसहितको टिमले अक्सिजन वितरण थालेपछि बिरामीहरूमा आत्मबल बढ्नुका साथै धेरैले जीवन जिउने आधार पनि पाए ।
अक्सिजनको माग बाहिर जिल्लामा पनि बढ्ने थाल्यो । ४५० थान भन्दा बढी अक्सिजन महाकाली अस्पताललाई दिएका मल्लको चर्चा मुलुकका राष्ट्रिय सञ्चार माध्यमले महत्त्व दिए ।
“समस्या पर्दा सबैले हातेमालो गरेर अघि बढ्ने हो ।” मल्लले भने–“हामीले जति पनि समाजका लागि काम गरेका छौँ, त्यो सबैले आत्म सन्तुष्ट भने प्रशस्तै भयो ।” उनले आफूले कुनै सम्मान र चर्चाका लागि कोभिडमा ज्यानलाई हत्केलामा राखेर काम भने नगरेको बताउँछन् । पछिल्लो समय वाणिज्य सङ्घको चुनावी दौडमा रहेका मल्ललाई बदमासीको औला ठड्याउने ठाउँ भने कहिकतैबाट अन्य प्रतिस्पर्धीलाई छैन । सङ्घमा आए आफूहरूले मास्टर प्लान बनाएर निजी क्षेत्र माथि उकास्न सकिनेमा मल्ल ढुक्क छन् । ”व्यापारी÷व्यवसायीहरूको हकहितका लागि अझै धेरै गर्न बाँकी छ ।” उनले भने–“ भारतसित सीमा जोडिएको जिल्ला भएकाले पनि निजी क्षेत्र सक्रिय भए आर्थिक गतिविधि बढाउन सकिन्छ ।”
यहाँको आर्थिक, पर्यटकीय क्षेत्रको विकास र विस्तारमा पनि निजी क्षेत्रको सहकार्य र भूमिका आवश्यक रहने उनको भनाई छ । “वाणिज्य सङ्घका व्यक्ति भन्दा टिम सक्रिय भएर काम गर्ने हो ।” उनले भने–“सामूहिकतामा बल हुन्छ ।” स्वास्थ्य प्रतिस्पर्धाबाट वाणिज्य सङ्घको नेतृत्व आउनु हुने बताउँदै उनले प्रतिस्पर्धीलाई सामान्य रूपमा दिनुपर्नेमा जोड दिए । ”चुनावपछि सबै व्यापारी, सबै मित्रवत् सम्बन्ध भएका व्यक्ति हौँ ।” उनले भने–“यसमा आत्तिने र मात्तिने प्रवृत्ति देखाउन सन्देशमूलक हुँदैन ।” कुनै पनि संघ÷संस्थामा दोहो¥याएर नेतृत्व लिन त्यति ठिक नहुने उनको भनाई छ । “ दशकौंपछि पनि चुनावका बेला म नेतृत्व गछौं भन्नु ठिक कुरो होइन ।” उनले भने–“सबैलाई त्यो अवसर व्यापारी÷व्यवसायीले यो पटक दिनेमा आशावादी पनि छु ।”