कञ्चनपुर, १० असार । कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष एव उद्योगी व्यवसायी पीताम्बर जोशी आङ्काक्षी देखिएका छन् । वाणिज्य संघको १७ औँ कार्यकारिणी समितिको नेतृत्वका लागि निवर्तमान वरिष्ठ उपाध्यक्ष जोशी अध्यक्षका लागि आङ्काक्षी देखिएका हुन् । जोशीले वाणिज्य संघमा सदस्यदेखि वरिष्ठ उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन् । प्राकृतिक न्यायको सिद्धान्त अनुरूप पनि वरिष्ठ उपाध्यक्षले अध्यक्षमा दाबी गर्नु, आंकाक्षा राख्नु र चुनावमा होमिनु स्वाभाविक भएको भन्दै आम व्यवसायीले यस पटक वरिष्ठ उपाध्यक्षको समेत जिम्मेवारी सम्हाली सकेका जोशीलाई सर्वसम्मतको पक्षमा देखिएका छन् ।
२०७६ देखि ०७८ सम्म लगातार कोरोना महामारीका कारण धराशायी बनिरहेको व्यापार व्यवसाय क्षेत्रलाई समेत उकास्नका लागि कुशल नेतृत्वको पक्षमा व्यवसायी देखिएका छन् । वाणिज्य संघको नयाँ नेतृत्वका लागि २५ असारमा निर्वाचनको मिति तय गरिएको छ । १४ असारमा उम्मेदवारी दर्ताको मिति तय गरिएको छ । अधिकांश पूर्व अध्यक्ष, पदाधिकारी एवं सदस्य लगायतका व्यवसायी सहमतिको प्रयासमा जुटेका छन् । कोरोना महामारीले व्यापार व्यवसाय क्षेत्र र आम व्यवसायी उद्योगी मारमा परेको अवस्थामा सहमतीय आधारमा नेतृत्व टुङ्ग्याउने पक्षमा देखिएका छन् । चालु आर्थिक वर्ष सकिने बेला अधिकांश व्यवसायी काममा व्यस्त रहेको अवस्थामा समेत सहमतीय आधारमा नेतृत्व टुङ्ग्याउने पक्षमा देखिएका छन् ।
निर्वाचन गर्दा फजुल खर्च हुनेदेखि समय बरबाद हुने भएकाले यस पटक सबै व्यवसायीले आलोपालो पु¥याउने उद्देश्यले सहमतिको अधिकतम प्रयासमा व्यवसायी लागेका छन् । यस पटक वाणिज्य संघको अध्यक्षमा देखिएका जोशी परिवार पहिल्यैदेखि व्यवसायमा जुटेका थिए । पीताम्बर जोशी किशोरावस्थादेखि व्यापार व्यवसाय क्षेत्रमा काम गर्दै आएका थिए । दुई दशकदेखि जोशीले आफै प्रत्यक्ष व्यवसाय सम्हालेका छन् । उनले वाणिज्य संघको नेतृत्वका लागि आङ्काक्षा राखेपछि अधिकांश व्यवसायीले साथ समर्थन दिइरहेका छन् ।
महासचिवका लागि युवा व्यवसायी खगेश्वर बोहराको चर्चा ।।
कञ्चनपुरका युवा उद्यमी व्यवसायी खगेश्वर बोहरा वाणिज्य संघको महासचिवका लागि आङ्काक्षी देखिएका छन् । वाणिज्य संघको १७ औँ कार्यकारिणी समितिको महासचिव पदका लागि युवा व्यवसायी बोहरा देखिएका हुन् । कञ्चनपुर उद्योग वाणिज्य संघको नयाँ कार्य समिति चयनका लागि २५ असारमा हुने निर्वाचनमा बोहराको चर्चा चलेको छ । झण्डै दुई दशकदेखि खाद्य व्यवसायमा रहेका बोहराले यस पटक पनि महासचिव पदमा आकाङ्क्षी देखिएका छन् । यस अघि युवा व्यवसायी बोहरा वाणिज्य संघमा सदस्य हुँदै कोषाध्यक्षमा निर्वाचित भएका थिए । सुरुवातमै सदस्यमा निर्वाचित भएका बोहरा दोस्रो पटक कोषाध्यक्षमा निर्वाचित भएका थिए ।
तेस्रो पटक १६ औँ कार्यकारिणी समितिका लागि भएको निर्वाचनमा महासचिव पदमा चुनावमा होमिएका बोहरा असफल भएका थिए । फेरी बोहराले यस पटक पनि महासचिव पदमा देखिएका हुन् । २०६२ सालदेखि खाद्य व्यवसायमा रहेका बोहरा चर्चित युवा व्यवसायी हुन् । वाणिज्य शास्त्रमै स्नातक तह उत्तीर्ण गरेका बोहराले कञ्चनपुरको व्यापार व्यवसायी एवं आर्थिक विकासका लागि भिजन भएका व्यवसायीका रूपमा चिनिन्छन् । उनको चर्चासँगै कञ्चनपुरका आम व्यवसायी उत्साहित भएका छन् ।