कञ्चनपुर, ५ असार । कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर १ मा रहेको सरस्वती माध्यमिक विद्यालयको नव निर्मित भवन उद्घाटन गरिएको छ । बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश चन्द्र रानाले आइतबारका दिन दुई तले चार कोठे नव निर्मित भवनको उद्घाटन गर्नुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेत बहादुर शाहले जानकारी दिनुभएको छ । नवनिर्मित भवन उद्घाटन भएसँगै विद्यालयको दैनिक पठन पाठनमा सहज हुने गाउँपालिका अध्यक्ष रानाले विश्वास व्यक्त गर्नुभयो ।
उक्त विद्यालयका प्रधानाध्यापक विष्णु सिंह भण्डारीले थप कक्षाकोठा भवन निर्माणका लागि आवश्यक बजेटको माग गर्नुभयो । उक्त विद्यालयमा विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी कम हुँदा निजी स्रोतका शिक्षकहरूलाई न्यूनतम पारिश्रमिकमा काम गराउनु परिरहेको विद्यालयले जनाएको छ । कृषि जेटिए विषयमा समेत प्राविधिक सीपयुक्त शिक्षा अध्ययन गरेर ३२ जना विद्यार्थी डिप्लोमा गरेर गइसकेको र नयाँ विद्यार्थीको आगमन समेत भइरहेकोले विद्यालयको शैक्षिक, भौतिक प्रगतिमा सबैको सहयोग आवश्यक रहेको प्रधानाध्यापक भण्डारीले उल्लेख गर्नुभयो ।
बेलडाँडीका जनप्रतिनिधीलाई सम्मान ।।
कञ्चनपुरको बेलडाँडी गाँउपालिका नव निर्वाचित जनप्रतिनिधीलाई सम्मान गरिएको छ । आइतबार एक कार्यक्रमका विच बेलडाँडीको सरस्वती माध्यामिक विद्यालयले जनप्रतिनिधीलाई सम्मान एव स्वागत गरेको हो । बेलडाँडी गाँउपालिका १ झर्नासागरको सरस्वती माध्याम विद्यालयले स्वागत गरेको छ । साथै विद्यालयको बृद्धि विकासका लागि अपिल गरिएको छ ।
सरस्वतीका संस्थापक शिक्षक विष्टको विदाई ।।
बेलडाँडी गाँउपालिका १ झर्नासागरमा रहेको सरस्वती माध्यामिक विद्यालयका संस्थापक शिक्षक लाल सिह विष्टको विदाई गरिएको छ । आइतबार विद्यालयले एक कार्यक्रमका विच संस्थापक शिक्षक विष्टको विदाई गरेको हो । विस २०४८ सालमा स्थापना गरिएको विद्यालयको संस्थापक शिक्षक विष्टले शिक्षण गरेका थिए । निरन्तर तीन दशक शिक्षण सेवा गरेका विष्ट उमेर हदका कारण सेवानिवृत भएका हुन । शिक्षक, अभिभावक, विद्यार्थीबाट शिक्षक विष्टलाई मायाको चिनो प्रदान गरिएको थियो ।
विदाई कार्यक्रममा संस्थापक शिक्षक लाल सिह विष्टले बालबालिको भविष्य बनाउने विषयमा सबै शिक्षकले ध्यान दिनुपर्नेमा जोडदिएका छन । कार्यक्रममा विद्यालयका पुर्व प्रअ एव अध्यक्ष दिर्घ बहादुर शाहले विद्यालयले बृद्धि विकासका लागि संस्थापक शिक्षक विष्टको महत्वपूर्ण योगदान रहेको बताएका छन । प्रअ विष्णूसिह विष्टले संस्थापक शिक्षक विष्ट विद्यालय समाजका लागि ईतिहास रहेको बताए । बेलडाँडी गाँउपालिका १ का वडाध्यक्ष जग बहादुर विष्टले शिक्षक विष्टको योगदानको कदर गर्नुभयो । कार्यक्रमका बिशिष्ठ अतिथि समेत रहेकी बेलडाँडीकी उपप्रमुख शान्ति नाथले समाजलाई अन्धकारबाट उज्याँलोतर्फ धकेल्ने शिक्षक विष्टको योगदान सरानिय रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले विद्यालयको बृद्धि विकासका लागि योगदान पु¥याएका शिक्षक विष्टप्रति आभार प्रकट गर्नुभयो । बेलडाँडीको शैक्षिक बृद्धि विकासका लागि शिक्षक विष्टको योगदान पु¥याएको भन्दै आगामी आर्थिक बर्षभित्रै ५१ हजार १२५ रुपैयाका साथ सम्मान गरिने घोषणा गरिने गाँउ प्रमुख रानाले घोषणा गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेत बहादुर शाहको अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिका पुर्व पदाधिकारी, जनप्रतिनिधी, राजनीतिक दलका प्रतिनिधी, विद्यार्थी, अभिभावकको सहभागिता रहेको थियो । शिक्षक, अभिभावक, विद्यार्थीबाट शिक्षक विष्टलाई मायाको चिनो प्रदान गरिएको थियो ।