मोहन बिष्ट, कञ्चनपुर, १२ पुस । कञ्चनपुरको भीमदत्त नगरपालिकामा हुने जैविक धार्मिक पर्यटन मार्ग दोस्रो म्याराथन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । भीमदत्त नगरपालिकाको आयोजनामा यही पुस १५ गतेका दिन हुन लागेको दोस्रो म्याराथन प्रतियोगिता २०७६ को तयारी अन्तिम चरणमा पुगेको हो । नगरको समृद्धि एव खेलकुद क्षेत्रको विकासका लागि स्थानीय तहको निर्वाचन पछि जनप्रतिनिधिहरुको सकृयतामा निर्माण भएको उक्त जैविक धार्मिक पर्यटन मार्गमा म्याराथन प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
प्रतितियोगिताको सबै तयारी पुरा भएको भीमदत्त नगरपालिका समाजिक विकास समितिले जनाएको छ । समाजिक विकास समितिका संयोजक हरकसिह धामीले हाफ म्याराथन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताए । सयोजक धामीले धावन मार्ग विस्तार, खेलाडीका लागि भेष्ट छपाइ लगायतका सबै तयारी पुरा भएका छन् । सयोजक धामीका अनुसार भीमदत्त नगरपालिका क्षेत्रका सामुदायिक तथा निजी विद्यालयका १८ बर्ष मुनीका छात्र छात्रा ५ किलोमिटर, महिला १५ किलोमिटर र खुला तर्फ २१.१ किलोमिटर दुरीमा प्रतिस्पर्धा गराईने बताए । सयोजक धामीले छात्र तर्फ ११०, छात्रा १०५ गरि २१५, महिला २५ र खुला तर्फ १५० जना गरि ३ सय ९० जनाले नाम दर्ता गराएको बताए ।
खुला प्रतियोगिताका लागि महेन्द्रनगरको खुलामञ्चदेखि बजार भीनपा ४, ६, ३ तिकलपुर हुँदै ब्रम्हदेब र छात्रछात्रा र महिला तर्फ भीनपा ३ तिलपुरको बैजनाथ मन्दिरदेखि छात्रछात्राका लागि भीनपा ८ तिलाचौरको चिल्ड्रेन पार्कसम्म र महिलाका लागि भीनपा ९ ब्रम्हदेबसम्मको दुरी तोकिएको छ । अघिल्लो बर्ष प्रतियोगिता सहित मार्च गरिएको थियो । यस बर्ष प्रतियोगिता मात्रै गरिएको संयोजक धामीले बताए । प्रतियोगितामा सहभागिताका लागि सामुदायिक, निजी विद्यालयका छात्रछात्रा, महिला, खुला तर्फ आयोजक भीमदत्त नगरका नगर प्रहरी सहित विभागिय नेपाल प्रहरी सशस्त्र बल र नेपाली सेनाबाट सहभागिता हुने छ । अघिल्लो बर्षको म्याराथन प्रतियोगिताको उपाधी सशस्त्र प्रहरी बलका सन्तोष विष्टले जितेका थिए ।
भीमदत्त नगरपालिकाले उत्तरी चुरे रौटेला हुँदै ब्रम्हदेवसम्मका सम्पूर्ण धार्मिक जैविक मार्ग जोड्ने हिसाबले दुई वर्ष अघि उक्त मार्ग विस्तार गरिएको थियो । गत वर्षदेखि भीमदत्त नगरपालिकाले नगरको भौतिक विकास र खेलकुद विकासमा जनसहभागिता वृद्धि गराउने उद्देश्यले प्रथम जैविक धार्मिक पर्यटन मार्ग म्याराथन प्रतियोगिता आयोजना गरेको थियो । भीमदत्त नगरका प्रमुख सुरेन्द विष्टले नगरको सम्बृद्धिका साथै खेलकुदको विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए । मेयर विष्टले यस बर्ष अघिल्लो बर्षको प्रतियोगिताको पुरस्कारको तुलनामा राशी बृद्धि गरिएको बताए । उनका अनुसार खेल र खेल क्षेत्रको विकासलाई प्रोत्साहन गर्नका लागि भीमदत्त नगरपालिकाले ह्यद्गमन गर्दै पुरस्कारको राशी बृद्धि गरिएको बताए ।
१८ बर्ष मुनी तर्फका विद्यालय छात्रछात्राका लागि अघिल्लो बर्ष क्रमस प्रथम १०, द्वितिय ७, तृतिय ५, चतुर्थ ३ र पाँचौँ १५ सय र छैटौँलाई हजार रुपैया पुरस्कार दिएको थियो । भने यस बर्ष प्रथम १५, द्वितिय १२ तृतिय १०, चतुर्थ ८ र पाँचौँ ६५ सय र छैटौँलाई ४ रुपैया पुरस्कार दिएको तोकिएको छ । महिला तर्फ अघिल्लो बर्ष प्रथम १५, द्वितिय १० र तृतिय ७ हजार थियो, भने यस बर्ष प्रथम २०, द्वितिय १५ र तृतियलाई १२ हजार रुपैया निर्धारण गरिएको छ । खुला तर्फ अघिल्लो बर्ष प्रथम ३० हजार, द्वितिय २० र तृतियलाई २० हजार पुरस्कार थियो, भने यस बर्ष प्रथम ४०, द्वितिय ३० र तृतियलाई २० हजार निर्धारण गरेको छ । गत वर्ष भन्दा यस वर्ष थप पुरस्कृत गरिने बताइएको छ ।
मेयर विष्टले उद्घाटनका लागि नेपाल सरकारका सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटा सहित खुलकुद क्षेत्रका शीर्ष व्यक्तिहरुबाट उद्घाटन गरिने बताए । राष्ट्रलाई नयाँ उपाई र दौड एक्लैले होईन सबैले दौड्मा सहभागि हुनुपर्ने धारणा अनुरुप भीमदत्त नगरपालिकाले दोस्रो सस्करणमा म्याराथन प्रतियोगिता गर्न लागेको मेयर विष्टले बताए । उद्घाटन खुलामञ्च र तिकलपुरको बैजनाथ माविबाट शुरुवात गरिने भएपनि समापन भने ब्रम्हदेबमा गरिने छ । धावन मार्ग व्यवस्थित बनाइने र आर्थिक पारदर्शिता समेत हुने उद्घोष गरिएको छ । प्रतियोगिताको विषयमा शनिबार समेत आयोजकले सरोकारवाला एव सल्लाहकारसंग छलफल गरेको छ । पत्रकार सम्मेलनको भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले संचालन गरेका थिए । कार्यक्रममा नगरका विभिन्न वडाअध्यक्ष, कार्यपालिका सदस्य सहितको सहभागिता रहेको थियो ।