प्रकाश बम, डोटी, १२ पुस । शिखर नगरपालिका र गन्यापधुरा गाउपालिकाको धार्मिक क्षेत्रको रुपमा रहेको गन्याप शिखर जाने वाटोको संयुक्त रुपमा शनिवार सिलान्यास भएको छ । शिखर नगरपालिकाका प्रमुख सिताराम जोशी र गन्यापधुरा गाउपालिकाका अध्यक्ष नवल वहादुर मल्लले संयुक्त रुपमा उद्घाटन गरेका हुन । गन्यापधुरा गाउपालिकाको वडा नं ५ मा एक कार्यक्रमको आयोजना गरि सिलान्यास गरिएको हो ।
पवित्र स्थल सेती नदीको डिपिआर भएको र वरिपरिका स्थानिय तह मिलेर जानू पर्ने शिखर नगरपालिकाका प्रमुख सिताराम जोशीले वताए । " हाम्रा यी धार्मिक स्थलको महत्व आफैमा गौरभ लाग्ने छ । हामीले काफली शिखर र गन्याप शिखरलाई वाटो निर्माण गर्न सके भौगोलिक रुपमा जोडिने छ । हाम्रा वाटाहरु अब धनगढी जोडिने वाटो सम्म जोडिने छन । विकासका लागि सवै मिलेर अगाडी वढे शिखर नगरपालिका सधै अग्र पथमा लाग्ने छ ।"
त्यसैगरी गन्यापधुरा गाउपालिकाका प्रमुख नवल वहादुर मल्लले दुवै स्थानिय तह धार्मिक महत्वका स्थलको विकासका लागि लागेमा सुन्दर हुने विश्वास व्यक्त गरे । " हामीले धार्मिक तथा पर्यटकिय हिसावले गुरु योजना वनाउन खोजेका छौ । धार्मिक , पर्यटन र भौगोलिकका साथै मितेरीका हिसावले अगाडी वढाउन खोजेका छौ ।"
त्यसैगरी शिखर नगरपालिकाका उपप्रमुख धौली देवी रावल, गन्यापधुरा गाउपालिकाका उपाध्यक्ष कमला देवी ठगुन्ना, शिखर नगरपालिका वडा नं १० का अध्यक्ष मीन वलायर, गन्यापधुरा गाउपालिका वडा नं २ का अध्यक्ष इन्द्र वहादुर कार्की, गन्यापधुरा गाउपालिका वडा नं ३ का अध्यक्ष चक्र वहादुर देउवा, गन्यापधुरा गाउपालिका वडा नं ४ का अध्यक्ष चेतराज भट्ट, दुर्गा फुलाराले मन्तव्य राखेका थिए । गन्याप शिखर धार्मिक हिसावले निकै प्रख्यात ठाउ हो ।