हरिश्चन्द्र बाग, कञ्चनपुर । बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत कञ्चनपुर जिल्लाका ९ वटै स्थानीय तहहरूमा मत गणना सम्पन्न भइसकेको छ ।
भीमदत्त नगरपालिका
भीमदत्तको मेयरमा काँग्रेसका पदम बोगटी र उपमेयरमा निलम जोशी निर्वाचित ।।
हरिश्चन्द्र बाग, कञ्चनपुर, ०९ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका पदम बोगटी निर्वाचित हुनु भएको छ । मेयरमा निर्वाचित बोगटीले १५ हजार ८ सय ८२ मत प्राप्त गर्नुभएको भीमदत्त नगरपालिकाका मुख्य निर्वाचन अधिकृत मदन बहादुर धामीले जानकारी दिनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश प्रसाद पन्तले ८ हजार १ सय ७९ मत प्राप्त गर्नुभयो । त्यस्तै, भीमदत्त नगरपालिकाको उपमेयरमा नेपाली काँग्रेसका निलम जोशी निर्वाचित हुनु भएको छ । उहाँले १२ हजार २ सय १६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कृष्ण दत्त जोशीले १० हजार ५ सय ९६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत धामीले बताउनु भएको छ ।
पुनर्वास नगरपालिका
पुनर्वासको मेयरमा काँग्रेसका तोय प्रसाद शर्मा र उपमेयरमा भुलिया राना निर्वाचित ।।
हरिश्चन्द्र बाग, कञ्चनपुर, ०९ जेठ । कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तोय प्रसाद शर्मा निर्वाचित हुनु भएको छ । मेयरमा निर्वाचित शर्माले १० हजार ६ मत प्राप्त गर्नुभएको पुनर्वासका निर्वाचन अधिकृत किरण जोशीले जानकारी दिनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदम बहादुर पुजाराले ४ हजार ६ सय ७४ मत प्राप्त गर्नुभयो । त्यस्तै, पुनर्वासको उपमेयरमा नेपाली काँग्रेसका भुलिया कुमारी राना निर्वाचित हुनु भएको छ । उहाँले ७ हजार ३ सय ४५ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका धोखे रानाले ५ हजार ४ सय ९२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत जोशीले बताउनु भएको छ ।
शुक्लाफाँटा नगरपालिका
शुक्लाफाँटाको मेयरमा एमालेका महरा र उपमेयरमा काँग्रेसका जोशी निर्वाचित ।।
हरिश्चन्द्र बाग, कञ्चनपुर, ०८ जेठ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका रण बहादुर महरा निर्वाचित हुनु भएको छ । नगर प्रमुखमा निर्वाचित महराले ६ हजार ७ सय ७३ मत प्राप्त गर्नु भएको शुक्लाफाँटाका निर्वाचन अधिकृत तारा प्रसाद जोशीले बताउनु भयो । महराका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका चिन्तामणि भट्टले ६ हजार २ सय ६४ मत प्राप्त गर्नुभयो । त्यस्तै, शुक्लाफाँटा नगरपालिकाको उपप्रमुखमा नेपाली काँग्रेसका कल्पना कुमारी जोशी निर्वाचित हुनु भएको छ । नगर उपप्रमुख जोशीले ६ हजार ५ सय १९ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका माधव प्रसाद पन्तले ५ हजार ३ सय ६० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत तारा प्रसाद जोशीले जानकारी दिनुभयो ।
कृष्णपुर नगरपालिका
कृष्णपुरको मेयरमा काँग्रेसका हेमराज ओझा र उपमेयरमा द्रोपती राना निर्वाचित ।।
हरिश्चन्द्र बाग, कञ्चनपुर, ०८ जेठ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका हेमराज ओझा निर्वाचित हुनु भएको छ । मेयरमा निर्वाचित ओझाले १० हजार ३ सय ३४ मत प्राप्त गर्नुभएको कृष्णपुरका निर्वाचन अधिकृत नरेन्द्र बहादुर बुढाले जानकारी दिनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जोगराम चौधरीले ८ हजार २ सय मत प्राप्त गर्नुभयो । त्यस्तै, कृष्णपुरको उपमेयरमा नेपाली काँग्रेसका द्रोपती राना निर्वाचित हुनु भएको छ । उहाँले ९ हजार ६ सय ७५ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रमिता कुमारी रानाले ७ हजार ३ सय १६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत बुढाले बताउनु भएको छ ।
वेदकोट नगरपालिका
वेदकोटको नगर प्रमुखमा काँग्रेसका बोहरा र उपप्रमुखमा जोशी निर्वाचित ।।
हरिश्चन्द्र बाग, कञ्चनपुर, ०५ जेठ । कञ्चनपुरको वेदकोट नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका भोजराज बोहरा निर्वाचित हुनुभएको छ । नगर प्रमुख बोहराले ८ हजार ७८ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका सुशीला सिंहले ४ हजार ७ सय ४०, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनबाट समाजवादीका रामचन्द्र रेग्मीले ३ हजार ८ सय ९८ तथा राप्रपाका बम बहादुर बमले १ हजार ७ सय ५१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, वेदकोट नगरपालिकाको उपप्रमुखमा नेपाली काँग्रेसकै श्रीमती तुलसी देवी जोशी निर्वाचित हुनुभएको छ । उपप्रमुख जोशीले ७ हजार २ सय ५४ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी एमालेका पार्वती कुमारी भट्टले ५ हजार ७ सय २७ मत तथा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनबाट माओवादी केन्द्रका हिरा जैसीले ३ हजार ६ सय ५२ मत प्राप्त गर्नुभएको वेदकोटका निर्वाचन अधिकृत जयन्ती अवस्थी भट्टले जानकारी दिनुभयो ।
दोधारा चाँदनी नगरपालिका
दोधाराचाँदनीको नगर प्रमुखमा एमालेका किशोर कुमार लिम्बु निर्वाचित ।।
हरिश्चन्द्र बाग, कञ्चनपुर, ०४ जेठ । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका किशोर कुमार लिम्बू निर्वाचित हुनुभएको छ । लिम्बूले ७ हजार १ सय ४ मत प्राप्त गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोपाल दत्त भट्टले ६ हजार १ सय ७२ मत प्राप्त गर्नुभयो । त्यस्तै दोधारा चाँदनी नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसका गङ्गा देवी जोशी निर्वाचित हुनुभएको छ । जोशीले ६ हजार ३ सय ६५ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका खीमा चन्दले ५ हजार ८ सय २६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बेलौरी नगरपालिका
बेलौरीको मेयरमा माओवादीका पोतीलाल चौधरी र उपमेयरमा एमालेका जोगराम चौधरी निर्वाचित ।।
हरिश्चन्द्र बाग, कञ्चनपुर, ०३ जेठ । कञ्चनपुरको बेलौरी नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका पोतीलाल चौधरी निर्वाचित हुनु भएको छ । उहाँले ८ हजार ७ सय ८७ मत प्राप्त गर्नु भएको बेलौरीका निर्वाचन अधिकृत तारासिंह धामीले जानकारी दिनुभयो । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका कुमारी कमला बोहराले ६ हजार ८ सय ३, नेपाली काँग्रेसका हरेन्द्र सिंह बिष्टले ६ हजार ३ सय १२ राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदत्त जोशीले ७५४, राष्ट्रिय जनमोर्चाका रङ्ग बहादुर चौधरीले २०४ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका बुझौना चौधरी थारुले ५८ मत प्राप्त गर्नुभयो ।
त्यस्तै, बेलौरी नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेका जोगराम चौधरी निर्वाचित हुनु भएको छ । उहाँले ७ हजार ५ सय ८३ मत प्राप्त गर्नुभयो भने प्रतिद्वन्द्वीहरू नेकपा माओवादी केन्द्रका मञ्जु शाहले ६ हजार ८ सय ३५, नेपाली काँग्रेसका खिना भण्डारीले ६ हजार ६ सय १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालमति वडायक रानाले ७८५, नेकपा एकीकृत समाजवादीका नन्द कुमार रानाले ७०९, राष्ट्रिय जनमोर्चाका लक्ष्मी देवी चौधरीले २०६ र जनता समाजवादी पार्टी नेपा पार्वती रानाले ५६ मत प्राप्त गर्नु भएको छ ।
नेकपा माओवादी केन्द्रबाट बेलौरी नगरपालिका वडा नम्बर १, ५, ८ र १० मा पुरै प्यानल तथा वडा नम्बर २ मा ४ जना सदस्यहरू निर्वाचित हुनु भएको छ । त्यस्तै, नेकपा एमालेबाट बेलौरी नगरपालिका वडा नम्बर ३ र ४ मा पुरै प्यानल, वडा नम्बर ६ मा वडा अध्यक्ष र ३ जना सदस्य तथा वडा नम्बर २ मा वडा अध्यक्ष निर्वाचित हुनु भएको छ । नेपाली काङ्ग्रेसबाट बेलौरी नगरपालिका वडा नम्बर ७ र ९ मा पुरै प्यानल तथा वडा नम्बर ६ मा एक जना सदस्य निर्वाचित हुनु भएको निर्वाचन अधिकृत धामीले बताउनु भयो ।
बेलडाँडी गाउँपालिका
बेलडाँडी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका हरिश चन्द्र राना निर्वाचित ।।
हरिश्चन्द्र बाग, कञ्चनपुर, ०२ जेठ । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका हरिश चन्द्र राना निर्वाचित हुनु भएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अकल बहादुर बिष्टलाई १ हजार ८ सय २ मत अन्तरले पराजित गर्दै काँग्रेसका हरिश चन्द्र राना गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भएको बेलडाँडीका निर्वाचन अधिकृत सुरेन्द्र केसीले जानकारी दिनुभयो । निर्वाचित अध्यक्ष रानाले ४ हजार १ सय ३ मत प्राप्त गर्नुभएको छ भने प्रतिद्वन्द्वी नेकपा एमालेका अकल बहादुर बिष्टले २ हजार ३ सय १, नेकपा माओवादी केन्द्रका ईश्वरी दत्त भट्टले १ हजार ७ सय ६३, राप्रपाका प्रेम सिंह साउँदले २६७ र स्वतन्त्र उम्मेदवार एकेन्द्र शाहले ३० मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बेलडाँडी गाउँपालिकाको उपाध्यक्षमा नेपाली काँग्रेसका शान्ति नाथ निर्वाचित हुनु भएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका फुलदेवी रानालाई ४४६ मत अन्तरले पराजित गर्नुभयो । गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित नेपाली काँग्रेसका शान्ति नाथले ३ हजार ६ सय ७३ मत प्राप्त गर्नुभयो भने प्रतिद्वन्द्वीहरू नेकपा एमालेका फुलदेवी रानाले ३ हजार २ सय २७, नेकपा माओवादी केन्द्रका कल्पना गिरीले ९ सय ७१, स्वतन्त्र उम्मेदवार पुष्प कमल पण्डितले २९२ र राप्रपाका बसन्ती चौधरीले २३० मत प्राप्त गर्नुभयो । बेलडाँडी गाउँपालिका वडा नम्बर १, २, ३ र ५ मा नेपाली काँग्रेस तथा वडा नम्बर ४ मा नेकपा एमालेको पुरै प्यानल निर्वाचित भएको बेलडाँडीका निर्वाचन अधिकृत सुरेन्द्र केसीले बताउनु भयो ।
लालझाडी गाउँपालिका
लालझाडी गाउँपालिकाको अध्यक्षमा एमालेका निर्मल राना निर्वाचित ।।
हरिश्चन्द्र बाग, कञ्चनपुर, ०२ जेठ । कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका निर्मल राना निर्वाचित हुनु भएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मदन सेन वडायकलाई १ हजार ६ सय ५८ मत अन्तरले पराजित गर्दै एमालेका निर्मल राना गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भएको लालझाडीका निर्वाचन अधिकृत चेतराज पन्तले जानकारी दिनुभयो । निर्वाचित अध्यक्ष निर्मल रानाले ४ हजार ५ सय १६ मत प्राप्त गर्नुभएको छ भने प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मदन सेन वडायकले २ हजार ८ सय ५८, नेपाली काँग्रेसका श्रीकृष्ण रानाले २ हजार ४ सय ६८ मत प्राप्त गर्नुभयो । राप्रपाका जय बहादुर बिष्ट ४८, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका केशव वडायक १७ मत र जनता समाजवादी पार्टी, नेपालका बल राम राना (थारु) १३ मतमा सीमित रहेका छन् ।
लालझाडी गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेका सपना चौधरी राना निर्वाचित हुनु भएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राधा रानालाई ६८ मत अन्तरले पराजित गर्नुभयो । गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित नेकपा एमालेका सपना चौधरी रानाले ३ हजार ५ सय ६१ मत प्राप्त गर्नुभयो भने प्रतिद्वन्द्वीहरू नेपाली काँग्रेसका राधा रानाले ३ हजार ४ सय ९३, नेकपा माओवादी केन्द्रका सत्य देवी महराले २ हजार ७ सय ३२ र जनता समाजवादी पार्टी नेपालका इन्द्रावती बडायकले १३ मतमा सीमित रहेको बताइएको छ । लालझाडी गाउँपालिका वडा नम्बर १, २ र ५ मा नेकपा एमाले, वडा नम्बर ३ र ४ मा नेकपा माओवादी केन्द्र र वडा नम्बर ६ मा नेपाली काँग्रेसको पुरै प्यानल निर्वाचित भएको जानकारी दिनुभयो ।