हरिश्चन्द्र बाग, कञ्चनपुर, ०९ बैशाख । कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर २ ले पछिल्लो ५ वर्ष अवधिमा भए गरेका उपलब्धिमूलक कार्यहरूको विवरण सार्वजनिक गरिएको छ । शुक्रबार बिहान वडा कार्यालयमा पत्रकार सम्मेलन गरी वडाध्यक्ष प्रेमराज खातीले स्थानीय तहको निर्वाचन पछि गरिएका कार्यहरूको विवरण सार्वजनिक गर्नु भएको हो ।
बेलडाँडी गाउँपालिका वडा नम्बर २ अन्तर्गत भएका विभिन्न विकास निर्माणका कार्यक्रमहरू :
१. कान्छी बजार देखि चवन्नी बजार हुँदै कञ्चन आ.वि. सम्म सडक स्तरोन्नति
२. बेलडाँडी बजार हुँदै चवन्नी बजार जोड्ने सडक स्तरोन्नति तथा कालोपत्रे
३. ढकनिया प्लाट हुँदै गाउँपालिका कार्यालय जाने बाटो सडक स्तरोन्नति तथा कालोपत्रे
४. ढकनिया देखि गाउँपालिका कार्यालय जाने बाटो सडक स्तरोन्नति तथा कालोपत्रे
५. क्याम्प नहर देखि कालीकिच सडक स्तरोन्नति
६. कालीकिच सहकारी देखी क्याम्प सम्म सडक कालोपत्रे तथा स्तरोन्नति
७. चवन्नी गाउँभित्र सबै बाटाहरू खोली ग्राभेल तथा स्तरोन्नति
८. ढकनिया गाउँ भित्रका सबै बाटाहरू खोली ग्राभेल तथा स्तरोन्नति
९. साबिक वडा नं ८ भित्रका सबै बाटाहरू खोली ग्राभेल तथा स्तरोन्नति
१०. साबिक वडा नं ७ भित्रका सबै बाटाहरू खोली ग्राभेल तथा स्तरोन्नति
११. चवन्नी बजार पछाडि खेलमैदान DPR
१२. रौलेश्वर क्याम्पस DPR
१३. चवन्नी बजार पछाडि मञ्च निर्माण
१४. १५ शय्या अस्पताल निर्माणका लागी टेन्डर
१५. चवन्नी बजार पछाडि मिनी कभर्ड हल निर्माण
१६. बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा अल्ट्रासाउन्ड मेसिन तथा भिडियो एक्स-रे जडान
१७. बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति
१८. बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा फार्मेसी निर्माण
१९. कक्षा १ देखि ५ सम्मका सम्पूर्ण विद्यार्थीहरूलाई पोसाक वितरण
२०. विभिन्न विद्यालयका भौतिक संरचना निर्माण
२१. रिङ्ग रोड निर्माण
२२. वडाको बास्तुचित्र तयार
२३. कालिकिच पर्यटन विकास
२४. महिला सुरक्षित आवास निर्माण
२५. चवन्नी बजारमा ढल निकास निर्माण
२६. खानेपानी ट्याङ्की निर्माण
२७. क्याम्पस भवन निर्माण ।
२८. जङ्गल किनारामा बाटो ,चोकहरूमा सोलार बत्ती तथा सडक बत्ती जडान गरिएको ।
२९. महिला स्वयं सेविकाहरूलाई प्रोत्साहन कार्यक्रम ।
३०. विभिन्न स्थानमा आवागमन सहजताका लागी ९ वटा स्लाब निर्माण ।
३१. एकल महिलाहरूका लागी सम्पर्क कार्यालय स्थापनाका लागी आवश्यक बजेटको व्यवस्था गरिएको ।
३२. साना सिचाई का लागी सिचाई नहर नपुग्ने ठाउँमा बोरिङ्गको व्यवस्था गरिएको ।
३३. मोसमी तथा बेमौसमी तरकारी बिउ वितरण .
३४. युवाहरूका लागी सीपमूलक तालिम सञ्चालन ।
३५. ज्येष्ठ नागरिक सम्मान कार्यक्रम ।
३६. कृषि बिउ बिजनका लागी सङ्कलन केन्द्र निर्माणका लागी बजेटको व्यवस्था गरिएको ।