कञ्चनपुर, १८ चैत्र । नेकपा (एकीकृत समाजवादी) निकट शिक्षक सङ्गठन प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कञ्चनपुरको अध्यक्षमा रामनारायण कँडेल चयन भएका छन् । बिहीबार पुनर्वासमा बसेको प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कञ्चनपुरको प्रथम भेलाबाट कँडेलको अध्यक्षतामा जिल्ला कार्यसमिति गठन भएको हो । त्यसै गरी उपाध्यक्षमा विकल्प शर्मा, महिला उपाध्यक्ष तुलसी जोशी, सचिव प्रकाश बडूवाल, सह सचिव लोक बहादुर थापा,कोषाध्यक्ष टेकराज भट्ट, सह-कोषाध्यक्ष मिना कुँवर चयन भएका छन् ।
यस्तै जिल्ला सदस्य तर्फ पुष्पराज ओझा, महादेव भट्ट, दल बहादुर रोकाया, शारदा पौडेल, खेमराज जोशी, राजु भट्ट, गोरख बहादुर विष्ट, जयलक्ष्मी, दयाराम राना, शुकदेव राना, रविलाल चौधरी, निमा राना, धर्मानन्द भट्ट, जानकी जोशी, दीपेन्द्र सिंह भण्डारी, निर्मला भट्ट, भानुभक्त जोशी, हर्कराज जोशी, भोजराज खरेल, रेवती बोहरा, यज्ञराज पाण्डेय, मना खडका, सरस्वती भाट (विष्ट), जमुना पाण्डेय, इन्द्रावती राना, जलवीर सुनार, एसएन चौधरी, टेक बहादुर वि.क., राम बहादुर निदाल, मान बहादुर शाही चयन भएका छन् । भने केन्द्रीय प्रतिनिधि तर्फ गणेश कुँवर, माधव प्रसाद पोखरेल, डिल्ली प्रसाद खरेल रहेका छन् ।
प्रगतिशील राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य केशव साउदको अध्यक्षता तथा नेकपा एकीकृत समाजवादीका सु.प. प्रदेश उप-सचिव एवम् आर्थिक योजना मन्त्री तारा लामा तामाङ, समाजवादी कञ्चनपुरका इन्चार्ज एव सामाजिक विकास मन्त्री लाल बहादुर खडका, समाजवादी जिल्ला सह-इन्चार्ज एवम् पूर्व राज्यमन्त्री प्रकाश रावल, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष तथा पुनर्वास नगर प्रमुख जीवनराज थापा सहितको उपस्थितिमा सो प्रथम भेला सम्पन्न भएको हो । नेकपा एमाले फुटेर नेकपा एकीकृत समाजवादीको जन्म भएसँगै प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको पनि जन्म भएको हो । देशको सतहत्तरै जिल्लामा आफ्नो सङ्गठन विस्तार गर्ने क्रममा कञ्चनपुरमा पनि प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कञ्चनपुरको नयाँ कार्यसमिति गठन भएको हो ।