हरिश्चन्द्र बाग, कञ्चनपुर, ०५ चैत्र । नेकपा एमालेले कञ्चनपुर जिल्लाभर एकैसाथ पालिका स्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गरेको छ । कञ्चनपुरका ९ वटै पालिकाहरूमा शनिबार एकै दिन स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गरिएको नेकपा एमाले कञ्चनपुरका जिल्ला कमिटी सचिव पल्लवराज भट्टले जानकारी दिनुभयो । सबै पालिका कमिटीहरूले आ–आफ्नो पालिकामा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको बताइएको छ । एमालेले समसामयिक राजनीति विषयवस्तु, पार्टीको वैचारिक र सैद्धान्तिक रणनीति, स्थानीय तहको निर्वाचन रणनीति, गठबन्धन सरकारका जनविरोधी कार्य लगायतका विषयमा प्रशिक्षण तथा अभिखिकरण आयोजना गरेको हो । पार्टी प्रशिक्षण कार्यक्रमका लागि नेताहरूलाई स्थानीय तहगत जिम्मेवारी दिइएको थियो ।
पार्टी प्रशिक्षण कार्यक्रमका लागि पुनर्वास नगरपालिकामा राजेन्द्र सिंह रावल, हरिश प्रसाद जोशी र फैरु तामाङ, बेलौरी नगरपालिकामा नर बहादुर धामी, रामचन्द्र नेपाल, बलदेव सिंह बुडाल र पल्लवराज भट्ट, लालझाडी गाउँपालिकामा कृपाराम राना, भवानी शङ्कर रेग्मी, राम बहादुर राना र बचन बहादुर सिंह, बेलडाँडी गाउँपालिकामा कमला बोहरा, खेम सुवेदी र विष्णु अवस्थी, कृष्णपुर नगरपालिकामा निरुदेवी पाल, भोजराज जोशी र लक्ष्मी बुढा, शुक्लाफाँटा नगरपालिकामा इन्दु कडरिया, गोविन्द प्रसाद कलौनी, रण बहादुर महरा र टेक बहादुर हमाल, वेदकोट नगरपालिकामा ईश्वरी प्रसाद खरेल र जयराज पाण्डेय, भीमदत्त नगरपालिकामा भक्त बहादुर अधिकारी, सुरेन्द्र बिष्ट र कर्ण बहादुर चन्द तथा दोधाराचाँदनी नगरपालिकामा हिरा सार्की, सुरेन्द्र बिष्ट र हरि प्रसाद जोशीलाई जिम्मेवारी दिइएको थियो ।