हरिश्चन्द्र बाग, कञ्चनपुर, २४ फागुन । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल जिल्ला समिति कञ्चनपुरको चौथो जिल्ला अधिवेशनबाट प्रितिधिर भण्डारीको अध्यक्षतामा जिल्ला समिति गठन गरिएको छ । सोमबार महेन्द्रनगरमा आयोजित अधिवेशनको बन्द सत्रबाट सर्वसम्मत रूपमा जिल्ला समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा प्रकाश थापा र पूजा महता, सचिवमा मदन साउद, सहसचिवमा विष्णु खत्री तथा कोषाध्यक्षमा पुष्कर सिंह कठायतलाई चयन गरिएको छ ।
त्यस्तै सदस्यहरूमा हर्क बहादुर भण्डारी, दीपक चन्द, चन्द्रलाल चौधरी, रितु गैरे, द्रोपति बिष्ट, सीमा देवकोटा, सरिता पाण्डेय, कृष्ण प्रसाद राना र मञ्जु चौधरी चयन हुनु भएको छ । अधिवेशनले प्रदेश प्रतिनिधिमा नरेन्द्र गैरे, कृष्ण नाथ र प्रेमसिंह धामीलाई छनौट गरेको छ भने केन्द्रीय प्रतिनिधिमा तिलक प्रसाद जोशी, सुरेश बहादुर धामी, विजय जोशी र उर्मिला जोशीलाई चयन गरेको छ ।
अध्यक्ष मण्डलले जिल्ला समिति गठन गर्नु पूर्व राष्ट्रिय स्वास्थ्यकर्मी संघका कञ्चनपुर जिल्ला अध्यक्ष प्रितिधिर भण्डारीको अध्यक्षता, केन्द्रीय अध्यक्ष राम बहादुर चन्दको प्रमुख आतिथ्यता र नेकपा एमालेका जिल्ला सचिव पल्लवराज भट्ट, उपसचिव कर्ण बहादुर चन्द, सचिवालय सदस्य खेमराज ओझा, पानका केन्द्रीय सदस्य सरन शाही, निजामती कर्मचारी सङ्गठनका जिल्ला अध्यक्ष मान बहादुर चन्द तथा जिल्ला कमिटी सदस्य राजेन्द्र आग्रीको विशिष्ट आतिथ्यतामा सोमबार समुद्घाटन समारोह गरिएको थियो ।