कञ्चनपुर । नेपाल निजामती कर्मचारी सङ्गठन कञ्चनपुरको अध्यक्षमा मान बहादुर चन्द चयन हुनु भएको छ । शनिबार महेन्द्रनगरमा आयोजित ११ औँ जिल्ला अधिवेशनबाट मान बहादुर चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । सङ्गठनको उपाध्यक्षमा दिनेश राज भट्ट, महिला उपाध्यक्षमा माधवी साउँद, सचिवमा महेश्वरी विष्ट, सह–सचिवमा देवराज कोली र कोषाध्यक्षमा सन्तोष जोशी चयन हुनु भएको छ ।
नेपाल निजामती कर्मचारी सङ्गठन कञ्चनपुरको नयाँ कार्यसमिति सदस्यहरूमा तिलक प्रसाद जोशी, मनि राम पाण्डेय, राम बहादुर राना, कृतिका कुमारी भट्ट, सरिता चौधरी, नरेन्द्र चन्द, टेकराज जोशी, हरिश बडाल, करन सिंह बोहरा, सपना थापा, लोकराज पन्त, दीपेन्द्र कुमार ओड, महादेव भट्ट, जय बहादुर कुँवर चयन हुनु भएको छ । करिब ५४० जना भन्दा बढी सङ्गठित सदस्य भएको सङ्गठनले सभ्य र भव्य रूपमा अधिवेशन सम्पन्न गर्दै युवा पुस्तालाई नेतृत्व दिएको छ ।
त्यस्तै प्रदेश र केन्द्रीय अधिवेशन लागि पनि प्रतिनिधि चयन गरिएको छ । केन्द्रीय प्रतिनिधिमा मान बहादुर चन्द, अन्तराम खत्री, माला गौतम, गिरि धामी, राधिका पन्त, मोहन ठगुन्ना र राजेन्द्र विष्ट चयन हुनु भएको छ । प्रदेश अधिवेशन प्रतिनिधिमा रतन बडाल, चन्द्रकला तिमिल्सिना, राम बहादुर थापा, दिनेशराज भट्ट, दिनेश खड्का, लोकराज जोशी र दुर्गा चौधरी चयन हुनु भएको बताइएको छ ।