गणेश सिंह ऐरी, कञ्चनपुर । तेह्रौँ दक्षिण एसियाली खेलकुद प्रतियोगीता (साग) मा पदक जितेका स्थानिय खेलाडीहरुलाई कृष्णपुर नगरपालीकाले सम्मान गरेको छ । सागमा विभिन्न विधामा पदक विजेता स्थानिय ४ जना खेलाडीहरुलाई नगरपालीकाले नगद सहित सम्मानीत गरेको हो । १३औ दक्षिण एसियाली खेलकुद प्रतियोगीता (साग) मा तेक्वान्दो खेलबाट कृष्णपुर नगरपालीका वडा नं. ९ का विर बहादुर महराले स्वर्ण पदक र वडा नं. ९ कै मनोज मल्लले कास्य पदक जितेका थिए ।
यसैगरी फेन्सिङ्ग खेलबाट कृष्णपुर–२ की रमा सिँहले ग्रुपिङ्गमा रजत र एकल मा कास्य पदक जितेकी थिईन भने फेन्सिङ्गमै सोही वडाका दिनेश पाण्डेयले कास्य पदक जितेका थिए । मंगलबार एक कार्यक्रमका बिच स्वर्ण पदक विजेता विरबहादुर महरा र कास्य पदक विजेता मनोज मल्ललाई नगद सहित सम्मानित गरिएको छ । सोमबार गृह जिल्ला फर्किएका तेक्वान्दोमा पदक विजेता दुवैलाई सम्मानीत गरिएको र फेन्सिङ्गमा पदक विजेता २ जना खेलाडीहरु नआईसकेकाले अर्काे दिन सम्मानित गरिने कृष्णपुर नगरपालीकाले जनाएको छ ।
कृष्णपुर नगरपालीकाका नगरप्रमुख कर्ण बहादुर हमालको अध्यक्षतामा आयोजित सम्मान कार्यक्रममा नगरउपप्रमुख रमिता राना, प्रमुख प्रसाशकिय अधिकृत बिष्णु दत्त भट्ट, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालीका सदस्य, विभिन्न राजनितिक दल एवम् संघसंस्थाका प्रतिनिधि लगायत स्थानिय समाजसेवी, बुद्विजिविहरुको सहभागीता रहेको थियो । नगरपालीकाले स्वर्ण पदक विजेतालाई ५१ हजार, रजत पदक विजेतालाई ३१ हजार र कास्य पदक विजेतालाई २१ हजार का दरले नगद वितरण गरेको हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख हमालले विजेता खेलाडीहरुले नगरको मात्र नभई राष्ट्रकै गौरव बढाउन सफल भएको बताए । ‘सुदुरपश्चिम प्रदेशको एक कुनाबाट गई खेलाडी भाईबहिनिहरुले पदक जित्न सफल भएका छन’ उनले भने ‘उनिहरुको पदकले अन्तरराष्ट्रियस्तरमा कृष्णपुर नगरपालीका चिनिएको छ ।’ विजेता खेलाडीहरुलाई सफलताको शिखरमा पु¥याउन नगरको तर्फबाट गर्न सकिने जस्तोसुकै सहयोग गर्न तयार रहेको उनले बताए ।
खेल जगतमा लागेकाहरुको मनोबल बढाउन नगरपालीकाले थुप्रै खेलकुदका प्रतियोगीताहरु आयोजना गर्दै आएको बताउदै उनले गत वर्ष ४२ वटा विधामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता सफलतापुर्वक सम्पन्न गरेको स्मरण गरे । राष्ट्रिय, अन्तरराष्ट्रिय, प्रादेशिकस्तरिय, जिल्लास्तरिय तथा नगरस्तरिय खेलहरुमा खेलाडीहरुको मनोबल उच्च राख्न र हौसला बढाउन आर्थिक सहयोगहरु गरी कृष्णपुरमा खेल जगतलाई अगाडी बढाएको उनले बताए ।