हरिश्चन्द्र बाग, कञ्चनपुर, ०४ मङ्सिर । नेपाली काँग्रेसको प्रदेश सभा क्षेत्रीय अधिवेशन अन्तर्गत शुक्रबार भएको चुनावबाट कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को क मा मान बहादुर रोकाया र ख मा चेतन कुमार राई प्यानल निर्वाचित भएको छ । प्रदेश सभा निर्वाचन क्षेत्रीय कार्य समिति र प्रदेश सभा अधिवेशन प्रतिनिधिहरूका लागि चुनाव भएको थियो ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को क ।।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को क प्रदेश सभा क्षेत्रीय कार्यसमितिको सभापतिमा मानबहादुर रोकाया १२५ मत सहित विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी पदम देउवाले ११७ मत मात्रै पाउनु भयो । उपसभापतिमा जगदीश राना (२१०) र प्रेमसिंह ठगुन्ना (१२२) निर्वाचित हुनु भएको छ । उपसभापतिका उम्मेदवार प्रकाश तामाङले भने ११५ मत मात्रै प्राप्त गर्नुभयो ।
त्यस्तै, सचिवमा जयबहादुर बिष्ट (१७९) र दीपक कुमार श्रेष्ठ (१४६) निर्वाचित हुनु भयो भने सचिव पदका अर्का उम्मेदवार लालबहादुर खड्काले १०० मत मात्रै पाउनु भयो । सहसचिवमा केशव एस.के. (१४७) र चूडामणि भट्ट (१४२) निर्वाचित हुनु भएको छ । प्रतिद्वन्द्वी उम्मेदवार भीम दमाई (८७) र लक्ष्मीसिंह भण्डारी (५८) निर्वाचित हुन सक्नु भएन ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को ख ।।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को ख को प्रदेश सभा क्षेत्रीय कार्यसमितिको सभापतिमा १४९ मत सहित चेतन कुमार राई निर्वाचित हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी अर्जुन बहादुर सिंहले १०४ मत प्राप्त गर्नुभयो । त्यस्तै, उपसभापतिमा राई प्यानलका रामलाल राना (१७०) र रङ्गवीर चौधरी (१३६) निर्वाचित हुनु भएको छ । उपसभापतिका अन्य उम्मेदवारहरू प्यारे लाल राना (१०३) र भागिराम डगौरा (९३) निर्वाचित हुन सक्नु भएन ।
सचिवमा राई प्यानलका खगेन्द्र प्रसाद पण्डित (१४१) र दिनेश बहादुर कुँवर (१४३) निर्वाचित हुनुभयो भने प्रतिद्वन्द्वी गोपालसिंह कुँवर (१०८) र श्यामबहादुर खत्री (९६) असफल हुनुभयो । त्यस्तै, सहसचिवमा राई प्यानलका गीता सबखोली रोकाया (१५३) र महादेव पाण्डेय (१४५) निर्वाचित हुनुभयो भने प्रतिद्वन्द्वी बिजेन्द्र डगौरा (१०४) र शेरबहादुर राना (९५) पराजित हुनुभयो ।