हरिश्चन्द्र बाग, कञ्चनपुर, १२ कार्तिक । नेकपा एमालेको वडा अधिवेशन अन्तर्गत कञ्चनपुरको बेलौरी नगरपालिकाका १० वटै वडाहरूमा सर्वसम्मत वडा कमिटी गठन गरिएको छ । शुक्रबार प्रत्येक वडाहरूको भिन्नाभिन्नै स्थानमा आयोजित वडा अधिवेशनमा नयाँ कमिटी चयन गरिएको नेकपा एमालेका बेलौरी नगर कमिटी अध्यक्ष बाबुराम न्यौपानेले जानकारी दिनुभयो । बेलौरी नगरपालिका वडा नम्बर १ को वडा कमिटीमा अध्यक्ष नयाँ राम ढुङ्गाना, उपाध्यक्ष माया विक, सचिव कृष्ण बगाले तथा उपसचिव नरबहादुर रोकाया र नन्द बहादुर शाही सहित १८ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।
त्यस्तै, बेलौरी नगरपालिका वडा नम्बर २ को वडा कमिटीमा अध्यक्ष सरस्वती रेग्मी, उपाध्यक्ष रामलाल नेपाली, सचिव बलराम चौधरी तथा उपसचिव खगेन्द्र कुँवर र सविना सुनार सहित २० सदस्यीय वडा कमिटी गठन गरिएको छ । वडा नम्बर ३ मा अध्यक्ष शिवराज जोशी, उपाध्यक्ष विष्णु पौडेल, सचिव धर्मेन्द्र गिरी तथा उपसचिव बिसराम चौधरी र गीता साउँद सहित ३१ सदस्यीय वडा कमिटी गठन गरिएको नगर कमिटी अध्यक्ष न्यौपानेले बताउनु भयो । वडा नम्बर ४ मा अध्यक्ष रुद्र प्रसाद अधिकारी, उपाध्यक्ष नैनादेवी शाही, सचिव कृष्ण नाथ तथा उपसचिव चित्रकला चापागाईँ र शान्ता विक सहित ३१ सदस्यीय कमिटी गठन गरिएको छ ।
बेलौरी नगरपालिका वडा नम्बर ५ मा अध्यक्ष गुरीलाल चौधरी, उपाध्यक्ष बन्धुराम चौधरी, सचिव बहादुर बिष्ट तथा उपसचिव नारायण चौधरी र अमृता कुँवर सहित १९ सदस्यीय कमिटी गठन गरिएको छ । वडा नम्बर ६ मा अध्यक्ष सन्तोष चौधरी, उपाध्यक्ष नारायण प्रसाद जैसी, सचिव प्रदीप तिवारी तथा उपसचिव असिया राना र मान बहादुर चौधरी सहित २१ सदस्यीय वडा कमिटी गठन गरिएको छ । वडा नम्बर ७ मा अध्यक्ष दिनेश चौधरी, उपाध्यक्ष धर्मराज चौधरी, सचिव जग्गुराम चौधरी तथा उपसचिव मधु न्यौपाने र राजकुमारी चौधरी सहित १५ सदस्यीय कमिटी गठन गरिएको बताइएको छ ।
बेलौरी नगरपालिका वडा नम्बर ८ मा अध्यक्ष जवाहरलाल राना, उपाध्यक्ष धीर बहादुर खत्री, सचिव कृतिलाल चौधरी तथा उपसचिव धनी राम चौधरी र टेक बहादुर चौधरी सहित २७ सदस्यीय वडा कमिटी गठन गरिएको छ । वडा नम्बर ९ मा अध्यक्ष गङ्गादत्त भट्ट, उपाध्यक्ष माधव जोशी, सचिव सुरेन्द्र प्रसाद जोशी तथा उपसचिव मान प्रसाद भट्ट र मिठ्ठु सुनार सहित २१ सदस्यीय वडा कमिटी चयन गरिएको छ । वडा नम्बर १० मा अध्यक्ष भानुभक्त ओझा, उपाध्यक्ष रमेश चौधरी, सचिव कालु सिंह विक, उपसचिव अस्मिता चौधरी र बालकुमारी चौधरी सहित ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत रूपमा गठन गरिएको नगर कमिटी अध्यक्ष न्यौपानेले बताउनु भयो ।
बेलौरी नगर अधिवेशन सम्पन्न गर्न जिल्लाबाट खटाइएका सहजकर्ता पल्लवराज भट्टले बेलौरी नगरपालिका भरीका सबै वडाहरूमा शान्तिपूर्ण ढङ्गबाट अधिवेशन सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने निर्वाचन समितिहरू, सुरक्षा निकाय, सङ्गठित सदस्यहरू सहित सबै नेता कार्यकर्ताहरू, नगर तथा तत्कालीन वडा कमिटीहरू र स्थान उपलब्ध गराउने सबै संस्थाहरूलाई धन्यवाद व्यक्त गर्दै निर्वाचित सबैलाई बधाई ज्ञापन गर्नुभयो । संवैधानिक अधिकारसहित स्थानीय तहको वडासम्मै अधिकार पुगेपछि नेकपा एमालेको वडा अधिवेशन पहिलो पटक भएको हो । देशका अधिकांश क्षेत्रमा यसअघि नै वडा अधिवेशन भए पनि वर्षाका कारण बाढी र पहिरोबाट बढी प्रभावित कञ्चनपुर सहित केही क्षेत्रमा शुक्रबार वडा अधिवेशन भएको छ । ती क्षेत्रहरूमा यही कार्तिक १५ गतेका दिन पालिका अधिवेशन हुने बताइएको छ ।