होम योगी, कञ्चनपुर, २० मंसिर । महेन्द्रनगरको कबर्डहलमा भएको दोस्रो किशोर स्मृति क्रिकेट कपमा बाल जागृती कलेज पहिलो खेलमा २७ रनले बिजयी भएको छ । टस हारेर ब्याटिङ पाएको बाल जागृती कलेज निर्धारित १० ओभरको खेलमा ७९ रन बनाएको थियो । बाल जागृतिका लागि जनक बिष्टले १२ बलमा २२ रन र टेकेन्द्र जोशिले १३ बलमा १८ रन बनाएका थिए । लिटिल बुद्धका लागि आकास महरा र प्रेम पातलिले समान २-२ बिकेट लिएका थिए । ८० रनको बिजयी लक्ष पाएको लिटिल बुद्ध सबै बिकेट गुमाउदै ५२ रन मात्र बनाउन सक्यो । बाल जागृतिका लागि मुकेश चन्दले ३ बिकेट लिए भने जनक बिष्टले २ बिकेट हात पारे । म्यान अफ द म्याच जनक बिष्ट घोषित भए ।
सनराइज ३ रनले बिजयी !!
टस जित्दै सनराइजले ब्याटिङ गर्ने निर्णय गरेको थियो । सनराइजका लागि हेमन्त धामिले सर्बाधिक १५ बलमा २७ रन बनाए । भने उमेश गिरिले १४ बलमा २४ रन बनाएका थिए । मुकेश जोशिले ३ बिकेट लिए भने तेजेन्द्र बोहरा र महेन्द्र बोहराले समान २-२ बिकेट लिए । ७८ रनको बिजयी लक्षका साथ मैदानमा उत्रेको बैजनाथ इन्जिनियर कलेज ३ रनले पराजित भएको थियो । बैजनाथका लागि मुकेश जोशिले १८ बलमा ३५ रन बनाएका थिए । सनराइजका लागि बिपिन धामिले २ बिकेट र धिरज साउदले २ बिकेट हात पारे । म्यान अफ द म्याच उमेश गिरि घोषित भएका थिए ।
सिएस आइटी ५ बिकेटले बिजयी !!
टस जित्दै रेडियन्टले ब्याटिङ गर्ने निर्णय गरेको थियो । रेडियन्टका लागि रबिन चन्दले ७ बलमा १९ रन बनाएका थिए । केबि चन्दले १३ बलमा अबिजित २२ रन बनाएका थिए । सिएस आइटिका लागि मन्दिप कुवर र धर्म अवस्थीले समान ३-३ बिकेट लिएका थिए । जवाफमा ५ बिकेटको क्षतिमा सिएस आइटी लक्ष पूरा गरेको थियो । सिएस आइटीका लागि कृष्ण पान्डेयले २७ रन बनाएका थिए । भने धर्म अवस्थिले अबिजित १५ रन बनाएका थिए । रेडियन्टका लागि जितेश भट्ट र कृष्ण चन्दले समान २-२ बिकेट लिएका थिए । म्यान अफ द म्याच सिएस आइटीका कृष्ण पान्डेय घोषित भएका थिए ।
अमिटी कलेज २७ रनले बिजयी !!
टस जितेर ब्याटिङ गरेको अमिटी कलेजले निर्धारित १० ओभरमा ५ बिकेट गुमाएर ८२ रन बनाएका थिए । रमेश जोशिले २२ रन र पवन भट्टले अबिजित २२ रन बनाएका थिए । जनज्योतिका लागि पुरन धामीले २ बिकेट लिए । जवाफमा जनज्योती ५५ रन मात्र बनाउन सकेको थियो । जनज्योतिका लागि दिपक गिरिले १८ बलमा ३७ रन बनाएका थिए । अमिटी कलेजका लागि पवन भट्ट र आक्रोश पालले समान ३-३ बिकेट हात पारे । रमेश जोशी जोशिले २ बिकेटलाई थिए । म्यान अफ द म्याच रमेश जोशी र पवन भट्ट घोषित भएका थिए ।
मर्निङ ग्लोरि ५ रनले बिजयी !!
टस हारेर ब्याटिङ गर्न आएको मर्निङ ग्लोरिले १० ओभरमा ८४ रन बनाउन सफल भएको थियो । मर्निङ ग्लोरिका लागि महेश जोशिले ५ बलमा २२ रन बनाए भने बिमल भण्डारीले १८ रन बनाएका थिए । राहुल चन्द, सुरेन्द्र एस.के. र दिनेश जोशीले समान १-१ बिकेट लिएका थिए । गोदावरिका राहुल चन्दले ३८ रन बनाएका थिए भने सचीन जोशिले १५ रन बनाए पनि आफ्नो टिमलाई जित दिलाउन सकेन । मर्निङ ग्लोरिका सचिन जोशी म्यान अफ द म्याच घोषित भए ।