कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कञ्चनपुरको अध्यक्षमा गजेन्द्र बहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । आइतबार जिल्ला अधिवेशनबाट राप्रपा कञ्चनपुरका युवा नेता चन्द अध्यक्षमा सहमतीय आधारमा सर्वसम्मत चयन भएका हुन् । त्यसै गरी सदस्य तर्फ वीरेन्द्र बहादुर चन्द, महेश्वरी सिंह, दिल बहादुर नाथ, रमेश भट्ट, दीपक नाथ, राजेन्द्र प्रसाद भट्ट, लोक बहादुर कुँवर, कैलाश भट्ट, कल्लु राना, दिनेश बिष्ट, हेमबाबु लेखक, धिरेन्द्र बहादुर चन्द, सुरेश चटौत, सुकमान सुनार, बल बहादुर तामाङ, केशव राज जोशी, प्रकाश थापा, गङ्गा कठायत, महेश भाट, मोहनजंग रोकाया, दिलीप बलायर, खडक बहादुर बिष्ट, नन्दादेवी जोशी, धुव्रराज भट्ट, अम्बादत्त पन्त, गोर्बधन खड्का, नन्दादेवी खत्री र रमेश गौतम चयन भएका छन् ।
राप्रपा कञ्चनपुरको अध्यक्षमा चयन भएका नव निर्वाचित अध्यक्ष गजेन्द्र बहादुर चन्दले जिल्लामा राप्रपालाई एकीकृत रूपमा अघि बढाउँदै गतिशील बनाउने योजना रहेको बताए । ‘जिल्लाको विकास निर्माण एवं विकृतिलाई हटाउँदै जान्छु, ‘अध्यक्ष चन्दले भने, ‘राप्रपालाई एकीकृत रूपमा अघि बढाउँदै गतिशील बनाउँछु ।’ उनले राप्रपालाई लाग्दै आएको आरोप चिर्दै पार्टी युवाहरूको काँधमा आएको पनि बताए । ‘यो एउटा भ्रम छरिएको छ, राप्रपामा बुढापाका मात्रै हुन्छन्, भन्ने मेरो नेतृत्वले हटाएको छ, ‘उनले भने, ‘राप्रपा अब युवा पुस्ताको काँधमा आएको छ ।’
नयाँ कमिटी गठन अघि राप्रपा कञ्चनपुरका अध्यक्ष पूर्ण बहादुर चन्दको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि राप्रपा केन्द्रीय निर्देशन समिति सदस्य धर्मराज जोशी रहेका थिए भने विशिष्ट अतिथिमा राप्रपा केन्द्रीय कार्य सम्पादन समिति सदस्यत्रय तीर्थ राज चटौत, हिक्मत भण्डारी र रण बहादुर बलायर तथा केन्द्रीय सदस्यहरू दशरथ जोशी, बलराम चटौत, इन्द्र बहादुर केसी, शान्तिमाया सुनुवार, गजेन्द्र बहादुर चन्द, हेम बाबु लेखक, पतिराम चुनारा तथा पूर्व जिल्ला अध्यक्ष विनोद बिष्ट एवं निर्वाचन कमिटी सदस्य बहादुर सिंह बिष्ट र हरिहर पाण्डे सहित कञ्चनपुर जिल्लाभरका ९ वटै स्थानीय तहका राप्रपाका वडा अध्यक्षहरू, नगर अध्यक्षहरू, क्षेत्रीय अध्यक्षहरू तथा राप्रपामा आस्था राख्ने व्यक्तिहरूको उपस्थिति रहेको थियो ।