हरिश्चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ५ मा रहेको रौतेली विचवा स्वास्थ्य चौकी झिलमिलालाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । कोभिड १९ को महामारी नियन्त्रणका लागि विशेष पहल गरी स्वास्थ्य सेवा विभागबाट ल्याइएका स्वास्थ्य सामाग्रीहरू नेकपा एमालेका नेता एवं पूर्व जिल्ला विकास समितिका सदस्य खेम सुवेदीले बिहीबार एक कार्यक्रमका बिच बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीलाई हस्तान्तरण गर्नुभएको छ ।
रौतेली स्वास्थ्य चौकीका लागि विभागबाट ल्याइएका स्वास्थ्य सामग्रीहरूमा भरिएका अक्सिजन सिलिन्डरहरू ३ थान, अक्सिजन कन्सनट्रेटर १ थान, सर्जिकल मास्क ४ सय थान, पल्स अक्सिमिटर २ थान, एन नाइन्टी फाइभ मास्क ५० थान, थर्मल गन २ थान, फेस सिल्ड ५० थान, गोगल्स २ थान, हेण्ड स्यानिटाइजर २५ लिटर, इक्जामिनेसन ग्लोब्स ६ सय थान रहेको बताइएको छ ।
बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले विभागबाट स्वास्थ्य सामग्री ल्याई रौतेली विचवा स्वास्थ्य चौकी झिलमिलालाई उपलब्ध गराउनु भएकोमा नेता सुवेदीलाई धन्यवाद ज्ञापन गर्नुभयो । हस्तान्तरण कार्यक्रममा पूर्व जिल्ला विकास समितिका सदस्य लाल बहादुर रावत, वडा नम्बर ५ का कार्यवाहक वडाध्यक्ष कमला देवी ओखेडा, नेकपा एमालेका नेता करमसाय राना, महिला नेतृ मञ्जु बोहरा, स्वास्थ्य चौकीका इन्चार्ज अरविन्द कुमार शाही लगायतको उपस्थिति रहेको थियो ।