कञ्चनपुर ।
समृद्धिका लागि पर्यटन भन्ने नारा सहित शुक्लाफाँटा पर्यटन महोत्सव २०७५ सुरु भएको छ । मझगाउँ स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा औपचारिक कार्यक्रम गरी महोत्सव उद्घाटन गरिएको छ । महोत्सव मूल आयोजक समितिका संयोजक भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको सभापतित्वमा कार्यक्रममा कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा. दिपक प्रकाश भट्टले महोत्सव उद्घाटन गरे । उनले गमलामा राखिएको विरुवमा पानी हालेर महोत्सव उद्घाटन गरे ।
उद्घाटन समारोहमा प्रमुख अतिथि भट्टले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार गरी आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्न सकिने उल्लेख गर्र्दैै आगामी वर्षदेखि महोत्सव आयोजनालाई निरन्तरता दिने बताए । ‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनका लागि सबै क्षेत्र लागेका छन्, यस वर्ष भीमदत्त नगरपालिका सहित विभिन्न निकायले महोत्सव आयोजना गरेका छन्’ उनले भने,‘आगामी वर्षदेखि यसलाई निरन्तरता दिन संघ सरकार सक्दो सहयोग गर्छ ।’
कार्यक्रमका विशिष्ठ अतिथि सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावलले महोत्सवबाट शुक्लाफाँटामा पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा शुक्लाफाँटा नगरपालिका नगर प्रमुख दिल बहादुर ऐर, कञ्चपुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पिताम्बर जोशीले महोत्सव पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण हुने बताए । शुक्लाफाँटाका नगर प्रमुख ऐरले अर्को महोत्सव शुक्लाफाँटा नगरपालिकाले आयोजना गर्ने घोषणा गरे ।
कार्यक्रमका सभापति मूल आयोजक समितिका संयोजक भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले शुक्लाफाँटाको पर्यटन प्रवद्र्धन र नेपाल भ्रंमण वर्ष २०२० लाई मध्यनजर गरी महोत्सव आयोजना गरिएको बताए । ‘शुक्लाफाँटा पर्यटन महोत्सव सबै स्थानीय तह र सरोकारवाला निकायको संयुक्त आयोजना गरिएको छ,’ उनले भने, ‘यो महोत्सवबाट शुक्लाफाँटा निकुञ्जको पर्यटन प्रवद्र्धनमा टेवा पुग्छ, यसको अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार हुन्छ ।’
शुक्लाफाँटा निकुञ्ज खुला विश्वविद्यालय भएको उल्लेख गर्दै नगर प्रमुख विष्टले शुक्लाफाँटाबाट समृद्धि ल्याउन भीमदत्त नगरपालिका सबै पक्षसित सहकार्य र समन्वय गर्न तयार भएको बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण प्रसाद पौडेलले सहभागीहरुलाई स्वागत मन्तव्य राखे । उनले प्रचारप्रसार कमीले निकुञ्जमा न्यून संख्यामा पर्यटक आउने गरेको बताए । उद्घाटनपछि कार्यक्रम प्रमुख अतिथि डा. भट्ट, सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री रावल, नगर प्रमुख विष्ट सहित स्थानीय तहका प्रमुख उप प्रमुख, सुरक्षा अधिकारी, उद्यमी व्यवसायी लगायतले शुक्लाफाँटा निकुञ्ज भ्रमण गरेका छन् ।
भीमदत्त नगरपालिकाले संयोजन गरेको महोत्सवमा कञ्चनपुरका सबै स्थानीय तह, नाटा, कञ्चनपुर उद्योग बाणिज्य संघ, कञ्चनपुर होटल व्यवसायी संघ, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगायतका सरोकारवाला निकाय आयोजक छन् । चैत २१ गतेसम्म सञ्चालन हुने महोत्सवमा दैनिक पर्यटकलाई निकुञ्जभित्र घुमाउने कार्यक्रम छ । उद्घाटन कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका छन् । विमानस्थलदेखि कार्यक्रल स्थलसम्म बाजागाजा सहित ¥याली निकालिएको छ ।